Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

मोरङमा चार हजार ३४६ उम्मेदवारबीच निर्वाचनमा प्रतिस्पर्धा

खबरडबली संवाददाता
मोरङ । आगामी शुक्रबार हुने स्थानीय तह निर्वाचनमा मोरङ जिल्लामा चार हजार ३४६ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । जिल्लामा रहेको १७ स्थानीय पालिकामा विभिन्न राजनीतिक दल र स्वतन्त्रले विभिन्न सात पदमा त्यति सङ्ख्यामा उम्मेदवारी दिएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
 
विराटनगर महानगरपालिकाको प्रमुख पदमा १३, उपप्रमुखमा १४, दलित महिला सदस्यमा १२१, महिला सदस्यमा १२८, खुला दुई सदस्यमा २८५ र वडा अध्यक्षमा १६२ गरी ७२३ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । सुनवर्षी नगरपालिकाको प्रमुखमा आठ, उपप्रमुखमा नौ, दलित सदस्यमा ४८, महिला सदस्यमा ४४, खुला सदस्यमा ९९ र वडाध्यक्षमा ६३ गरी २७१ जना उम्मेदवार रहेका छन् ।
 
यसैगरी सुन्दरहरैँचा नगरपालिमा प्रमुखमा ११, उपप्रमुखमा आठ, दलित सदस्यमा ५२, महिला सदस्यमा ५४, वडाध्यक्षमा ६६ र खुला सदस्यमा १११ गरी ३०२ जनाले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । रतुवामाई नगरपालिकाको प्रमुखमा पाँच, उपप्रमुखमा पाँच, दलित सदस्यमा ३८, महिला सदस्यमा ४३, वडाध्यक्षमा ५५ र खुला सदस्यमा ९४ गरी २४० जनाले प्रतिस्पर्धा गरिरहेको  निर्वाचन कार्यालयमा सूचना अधिकारी तीर्थराज अधिकारीले बताउनुभयो । लेटाङ नगरपालिमा प्रमुख पदमा सात, उपप्रमुखमा चार, दलित सदस्यमा २२, महिला सदस्यमा २३, वडाध्यक्षमा ३७ र खुला सदस्यमा ५५ गरी १४८ जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।
 
यस्तै उर्लाबारी नगरपालिकामा प्रमुखमा सात, उपप्रमुखमा आठ, दलित सदस्यमा ४२, महिला सदस्यमा ४५, वडाध्यक्षमा ५० र खुल्ला सदस्यमा ९२ गरी २४४ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । कटहरी गाउँपालिकामा अध्यक्षमा नौ, उपाध्यक्षमा छ, दलितमा ३८, महिला सदस्यमा ३८, खुला सदस्यमा ७८ र  वडाध्यक्षमा ४४ जना गरी २१३ जनाले उम्मेदवारी दिएका छन् । कानेपोखरी गाउँपालिकामा अध्यक्षमा सात, उपाध्यक्षमा छ, दलित सदस्यमा २७, वडाध्यक्षमा ४४, खुला सदस्यमा ७७ र महिला सदस्यमा ३० गरी १८५ जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।
 
यसैगरी केराबारी गाउँपालिकामा अध्यक्षमा सात, उपाध्यक्षमा पाँच, दलित सदस्यमा ३४, महिला सदस्यमा ३३, वडाध्यक्षमा ४० र खुला सदस्यमा ६९ गरी १८८ जना उम्मेदवार बनेका छन् । ग्रामथान गाउँपालिका अध्यक्षमा सात, उपाध्यक्षमा पाँच, दलित सदस्यमा ३४, महिला सदस्यमा ३६, वडाध्यक्षमा ४२ र खुला सदस्यमा ७० गरी १९४ जनाले प्रतिस्पर्धा गरिहेका छन् ।
 
यस्तै जहदा गाउँपालिका अध्यक्षमा सात, उपाध्यक्षमा आठ, दलित सदस्यमा ४२, महिला सदस्यमा ४४, वडाध्यक्षमा ५५ र खुला सदस्यमा ९१ गरी २४७ जना रहेका छन् । धनपालथान गाउँपालिकामा अध्यक्षमा सात, उपाध्यक्षमा पाँच, दलित सदस्यमा ३२, महिला सदस्यमा ३२, वडाध्यक्षमा ३६ र खुला सदस्यमा ६६ गरी १७८ ले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । पथरीशनिश्चरे नगरपालिकामा प्रमुखमा सात, उपप्रमुख पाँच, दलित सदस्यमा ४५, महिला सदस्यमा ४९, वडाध्यक्षमा ५६ र खुल्ला सदस्यमा १०२ जना रहनुभएको छ ।
 
यसैगरी बूढीगङ्गा गाउँपालिकामा अध्यक्षमा नौ, उपाध्यक्षमा सात, दलित सदस्यमा ३३, महिला सदस्यमा ३३, वडाध्यक्षमा ४६, खुला सदस्यमा ७१ गरी १९९ जनाले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । बेलबारी नगरपालिकामा प्रमुख पदमा आठ, उपप्रमुखमा नौ, दलित सदस्यमा ४३, महिला सदस्यमा ४७, वडाध्यक्षमा ५९ र  खुला सदस्यमा १०८ गरी २७४ जना प्रतिस्पर्धामा रहेका छन् ।
 
 
यस्तै मिक्लाजुङ गाउँपालिकामा अध्यक्ष पदमा सात, उपाध्यक्षमा छ, दलित सदस्यमा २९, महिला सदस्यमा ४०, वडाध्यक्षमा ४७ र खुला सदस्यमा ७९ गरी २०८ जनाले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । रङ्गेली नगरपालिमा प्रमुख पदमा आठ, उपप्रमुखमा आठ, दलित सदस्यमा ४२, महिला सदस्यमा ५१, वडाध्यक्षमा ६० र खुला सदस्यमा ९९ गरी २६८ बीच प्रतिस्पर्धा हुन गइरहेको छ । 
 
जिल्लामा ३०० मतदानस्थलमा ८२० केन्द्रमा रहेका छन् भने प्रत्येक मतदान केन्द्रमा तीन जना स्वयंसेवक गरी जम्मा छ हजार ५६० कर्मचारी निष्पक्ष, स्वतन्त्र, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न खटिएका छन् । जिल्लामा महिला तीन लाख ५१ हजार ७६९, पुरुष तीन लाख ६३ हजार ४४८ र अन्य छ गरी सात लाख १५ हजार २२३ मतदाताले आफ्नो जनप्रतिनिधि चयन गर्ने छन् ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् ।  राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना...

सुन प्रतितोला सात हजार २०० र चाँदी १६५ ले बढ्यो

काठमाडौँ। स्थानीय बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ। बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला रु सात हजार २०० र चाँदीको मूल्य प्रतितोला रु १...

अल्जेरियालाई २–० ले हराउँदै स्विट्जरल्यान्ड अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा स्विट्जरल्यान्डले अल्जेरियालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। ...

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई रु ५० करोड निकासा गर...

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ । काठमाडौँ उपत्यक...

खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

दुबई। इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको शुक्रबारदेखि सुरु हुने दिनभरको अन्त्येष्टि कार्यक्रमको तयारी भइरहेका बेला लामो समयदेखि सार्वजनिक रूप...

एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

जनकपुरधाम । थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय सुनाइएपछि नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। प्रहरीले उनलाई महोत्त...

आज राति तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही...

सबै प्रदेशमा राष्ट्रिय विधिविज्ञान प्रयोगशाला विस्तार गर्ने मन्त्री पुनको घोषणा

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई देशका सबै प्रदेशमा विस्तार गर्ने बताएका छन्। शिक्...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending