Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

मोरङमा चार हजार ३४६ उम्मेदवारबीच निर्वाचनमा प्रतिस्पर्धा

खबरडबली संवाददाता
मोरङ । आगामी शुक्रबार हुने स्थानीय तह निर्वाचनमा मोरङ जिल्लामा चार हजार ३४६ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । जिल्लामा रहेको १७ स्थानीय पालिकामा विभिन्न राजनीतिक दल र स्वतन्त्रले विभिन्न सात पदमा त्यति सङ्ख्यामा उम्मेदवारी दिएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
 
विराटनगर महानगरपालिकाको प्रमुख पदमा १३, उपप्रमुखमा १४, दलित महिला सदस्यमा १२१, महिला सदस्यमा १२८, खुला दुई सदस्यमा २८५ र वडा अध्यक्षमा १६२ गरी ७२३ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । सुनवर्षी नगरपालिकाको प्रमुखमा आठ, उपप्रमुखमा नौ, दलित सदस्यमा ४८, महिला सदस्यमा ४४, खुला सदस्यमा ९९ र वडाध्यक्षमा ६३ गरी २७१ जना उम्मेदवार रहेका छन् ।
 
यसैगरी सुन्दरहरैँचा नगरपालिमा प्रमुखमा ११, उपप्रमुखमा आठ, दलित सदस्यमा ५२, महिला सदस्यमा ५४, वडाध्यक्षमा ६६ र खुला सदस्यमा १११ गरी ३०२ जनाले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । रतुवामाई नगरपालिकाको प्रमुखमा पाँच, उपप्रमुखमा पाँच, दलित सदस्यमा ३८, महिला सदस्यमा ४३, वडाध्यक्षमा ५५ र खुला सदस्यमा ९४ गरी २४० जनाले प्रतिस्पर्धा गरिरहेको  निर्वाचन कार्यालयमा सूचना अधिकारी तीर्थराज अधिकारीले बताउनुभयो । लेटाङ नगरपालिमा प्रमुख पदमा सात, उपप्रमुखमा चार, दलित सदस्यमा २२, महिला सदस्यमा २३, वडाध्यक्षमा ३७ र खुला सदस्यमा ५५ गरी १४८ जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।
 
यस्तै उर्लाबारी नगरपालिकामा प्रमुखमा सात, उपप्रमुखमा आठ, दलित सदस्यमा ४२, महिला सदस्यमा ४५, वडाध्यक्षमा ५० र खुल्ला सदस्यमा ९२ गरी २४४ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । कटहरी गाउँपालिकामा अध्यक्षमा नौ, उपाध्यक्षमा छ, दलितमा ३८, महिला सदस्यमा ३८, खुला सदस्यमा ७८ र  वडाध्यक्षमा ४४ जना गरी २१३ जनाले उम्मेदवारी दिएका छन् । कानेपोखरी गाउँपालिकामा अध्यक्षमा सात, उपाध्यक्षमा छ, दलित सदस्यमा २७, वडाध्यक्षमा ४४, खुला सदस्यमा ७७ र महिला सदस्यमा ३० गरी १८५ जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।
 
यसैगरी केराबारी गाउँपालिकामा अध्यक्षमा सात, उपाध्यक्षमा पाँच, दलित सदस्यमा ३४, महिला सदस्यमा ३३, वडाध्यक्षमा ४० र खुला सदस्यमा ६९ गरी १८८ जना उम्मेदवार बनेका छन् । ग्रामथान गाउँपालिका अध्यक्षमा सात, उपाध्यक्षमा पाँच, दलित सदस्यमा ३४, महिला सदस्यमा ३६, वडाध्यक्षमा ४२ र खुला सदस्यमा ७० गरी १९४ जनाले प्रतिस्पर्धा गरिहेका छन् ।
 
यस्तै जहदा गाउँपालिका अध्यक्षमा सात, उपाध्यक्षमा आठ, दलित सदस्यमा ४२, महिला सदस्यमा ४४, वडाध्यक्षमा ५५ र खुला सदस्यमा ९१ गरी २४७ जना रहेका छन् । धनपालथान गाउँपालिकामा अध्यक्षमा सात, उपाध्यक्षमा पाँच, दलित सदस्यमा ३२, महिला सदस्यमा ३२, वडाध्यक्षमा ३६ र खुला सदस्यमा ६६ गरी १७८ ले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । पथरीशनिश्चरे नगरपालिकामा प्रमुखमा सात, उपप्रमुख पाँच, दलित सदस्यमा ४५, महिला सदस्यमा ४९, वडाध्यक्षमा ५६ र खुल्ला सदस्यमा १०२ जना रहनुभएको छ ।
 
यसैगरी बूढीगङ्गा गाउँपालिकामा अध्यक्षमा नौ, उपाध्यक्षमा सात, दलित सदस्यमा ३३, महिला सदस्यमा ३३, वडाध्यक्षमा ४६, खुला सदस्यमा ७१ गरी १९९ जनाले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । बेलबारी नगरपालिकामा प्रमुख पदमा आठ, उपप्रमुखमा नौ, दलित सदस्यमा ४३, महिला सदस्यमा ४७, वडाध्यक्षमा ५९ र  खुला सदस्यमा १०८ गरी २७४ जना प्रतिस्पर्धामा रहेका छन् ।
 
 
यस्तै मिक्लाजुङ गाउँपालिकामा अध्यक्ष पदमा सात, उपाध्यक्षमा छ, दलित सदस्यमा २९, महिला सदस्यमा ४०, वडाध्यक्षमा ४७ र खुला सदस्यमा ७९ गरी २०८ जनाले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । रङ्गेली नगरपालिमा प्रमुख पदमा आठ, उपप्रमुखमा आठ, दलित सदस्यमा ४२, महिला सदस्यमा ५१, वडाध्यक्षमा ६० र खुला सदस्यमा ९९ गरी २६८ बीच प्रतिस्पर्धा हुन गइरहेको छ । 
 
जिल्लामा ३०० मतदानस्थलमा ८२० केन्द्रमा रहेका छन् भने प्रत्येक मतदान केन्द्रमा तीन जना स्वयंसेवक गरी जम्मा छ हजार ५६० कर्मचारी निष्पक्ष, स्वतन्त्र, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न खटिएका छन् । जिल्लामा महिला तीन लाख ५१ हजार ७६९, पुरुष तीन लाख ६३ हजार ४४८ र अन्य छ गरी सात लाख १५ हजार २२३ मतदाताले आफ्नो जनप्रतिनिधि चयन गर्ने छन् ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा मृत भेटिएको १३ दिनपछि शवको पहिचान

गुल्मी। गुल्मी रेसुङ्गा नगरपालिका–४ मोत्तियारस्थित पनाहा खोलामा भेटिएको शवको पहिचान भएको छ । उनी रेसुङ्गा नगरपालिका–का ३४ वर्षीय मनोज पोख्रेल भएको जिल...

मुस्ताङ भ्रमणमा गएका विद्यार्थी अचेत अवस्थामा उद्धार

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङमा शैक्षिक भ्रमणमा गएकी ब्रिजवाटर इन्टरनेशनल कलेजकी एक छात्राको अक्सिजनको मात्रा कम भएपछि अचेत अवस्थामा उद्धार गरि...

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही प्रस्थान, हुस्सुका कारण उडान ढिलाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान लागेका छन् । नख्खु कारा...

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending