Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

मतदाता परिचयपत्र नभएकाहरूले भोट हाल्न के गर्ने ?

आफैँ छाप लगाउन नसक्ने मतदाताले कसरी गर्न पाउँछन् मतदान

खबरडबली संवाददाता

काठमाडौं । मतदाता नामावलीमा समावेश भएका नागरिकलाई मतदाता परिचयपत्र नभए पनि अन्य उपयुक्त सरकारी कागजातको आधारमा मतदानमा सहभागी गराउने निर्वाचन आयोगले जनाएको छ।

मतदाता परिचयपत्र नभए के चाहिन्छ?

अघिल्लो स्थानीय तह निर्वाचनमा आयोगले सरकारी निकायबाट जारी भएका फोटो सहितका कुनै पनि परिचयपत्रका आधारमा मतदान गर्न दिने व्यवस्था मिलाएको थियो।

अघिल्ला निर्वाचनहरुमा जस्तै आयोगले यो पटक पनि फोटो टाँसिएका सरकारी पहिचान खुल्ने कागजातका आधारमा मतदान गर्न सकिने व्यवस्था मिलाएको आयोगका सह प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारि दिए।

"आयोगले मतदाता परिचयपत्र नभए पनि नागरिकता वा अन्य सरकारी पहिचान खुल्ने कागजात जसमा फोटो टाँसिएको हुन्छ, त्यस्ता कागजात वा प्रमाण देखाएर मतदान गर्न सक्ने निर्णय आयोगले गरेको छ" उनले बुधवार साँझ भने।

अर्यालले विसं २०७४ सालमा प्राप्त गरेको परिचयपत्र हराएर प्रतिलिपि लिनका लागि वडाको सिफारिसमा निवेदन दिएका मतदाताहरूको परिचयपत्र आयोगले मतदान केन्द्रमा पठाइसकेको समेत जानकारी दिएका छन्

आयोगले जारी गरेको सूचनामा मतदाता परिचयपत्रको विकल्पमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गा धनी प्रमाण पुर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाइने उल्लेख छ।

वैकल्पिक कागजातहरूको विवरण "अन्तिम मतदाता नामावलीसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिइएको" आयोगले जनाएको छ।

मतदानको व्यवस्था

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्गलवार पत्रकार सम्मेलनका क्रममा मतदाता नामावलीमा नाम समावेश भएका सबैले मतदान गर्न पाउने गरी व्यवस्था गरिएको जानकारी दिएका थिए।

थपलियाले भने, "स्थानीय तह मात्रै होइन, सबै तहका निर्वाचनको निम्ति पहिलो सर्त भनेको मतदाता नामावली हो। मतदाता नामावलीको पूर्वसर्त भनेको नागरिकता प्राप्ति [हो]।"

"त्यस कारण नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६,७४३ वडा भित्रका सबै (मतदाता भएका) नागरिकले मतदान गर्न पाउने गरी निर्वाचनको व्यवस्था गरिएको छ।"

मतदानस्थलमा कस्तो चेकजाँच?

स्थानीय तह निर्वाचन निर्देशिका अनुसार मतदान अधिकृतलाई दुई प्रति मतदाता नामावली आयोगले उपलब्ध गराउँछ।

मतदाताको तस्बिर समेत राखिएको यस्तो नामावली एक प्रति रङ्गिन र एक प्रति श्यामश्वेत उपलब्ध गराइएको हुन्छ।

निर्देशिका अनुसार "मतदान अधिकृतले निर्वाचनको मितिभन्दा अगावै आयोगबाट प्राप्त मतदाता परिचयपत्र सम्बन्धित मतदाता वा निजको परिवारका सदस्यलाई बुझाई बुझिलिनेको दस्तखत वा सहीछाप गराई राख्नु पर्नेछ।"

निर्देशिकाको दफा ३९ मा मतदान अधिकृत वा कर्मचारीले मतदाताको परिचयपत्र हेरेर मतदातामा नाम भए वा नभएको जाँच गर्नुपर्ने व्यवस्था गरेको छ।

मतदाता नामावलीमा समावेश भएको नाम र परिचयपत्रमा समावेश भएको नाम बाहेक कर्मचारीहरूले बुबा, आमाको नाम, उमेर र थरजस्ता विवरणहरूको पनि जाँच गर्नुपर्ने नियम छ।

"जाँच गर्दा मतदाता नामावलीमा लेखिएको व्यक्ति निज नै हो भन्ने कुरामा मतदान अधिकृत वा निजले खटाएको कर्मचारी विश्वस्त भएमा निजलाई मतपत्र दिनु पर्नेछ," निर्देशिकामा भनिएको छ।

परिचयपत्र कहाँ र कहिले पाइन्छ?

यसपालिको चुनावमा वैशाख २९ गते अर्थात् निर्वाचनको अघिल्लो दिनसम्ममा १८ वर्ष पूरा भएका एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मत खसाल्न पाउने आयोगले जनाएको छ।

मतदानका लागि निर्वाचन आयोगले देशैभरि १०,७५६ वटा मतदान स्थल र २१,९५५ वटा मतदान केन्द्र तोकिसकेको छ।

नयाँ मतदाताहरूलाई सम्बन्धित मतदान केन्द्रबाट मतदान अधिकृतले वैशाख २८ र २९ अर्थात् बुधवार र बिहीवार मतदाता परिचयपत्र उपलब्ध गराउने अधिकारीहरूको भनाइ छ।

पुरानो मतदाता परिचयपत्र हराएको वा प्रयोग योग्य नभएकाले मतदाता परिचयपत्रको माग गर्दै निवेदन पेस गरेकाहरूलाई पनि बुधवार र बिहीवार नै मतदाता परिचयपत्र उपलब्ध गराइने आयोगको भनाइ छ।

नेपालमा ७५३ स्थानीय तहमा कुल ३५,२२१ जनप्रतिनिधि रहने व्यवस्था छ।

शुक्रवार सम्पन्न हुने मतदानअघि अहिलेसम्म ३५३ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्।

१७० दलित महिला सदस्य पदमा भने उम्मेदवारी दर्ता हुन नसकेको अधिकारीहरूले जनाएका छन्।

आफैँ छाप लगाउन नसक्ने मतदाताले कसरी गर्न पाउँछन् मतदान

दृष्टिविहीन वा शारीरिक अशक्तता भएका वा अरू कुनै कारणले मतदाता आफैँले मतपत्रमा छाप हाल्न नसक्ने अवस्थामा भएका मतदाताले अरूको सहयोगमा मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार त्यस्ता व्यक्तिले आफ्नो साथमा आएका एकाघरको परिवारको सदस्यलाई मत सङ्केत गर्ने गोप्य स्थानमा आफूसँगै लैजाने अनुमति मागेमा मतदान अधिकृतले अनुमति दिनुपर्ने प्रावधान छ।

दृष्टिविहीन वा शारीरिक अशक्त भएको मतदाताको साथमा परिवारको सदस्यलाई सँगै जान अनुमति दिँदा एक्लै मतदान कक्षमा गई आफैँ मतदान गर्न असमर्थ व्यक्ति हो होइन निर्क्योल गरी अनुमति दिनुपर्ने, दृष्टिविहीन मतदाता वा मतपत्रमा मत सङ्केत गर्न नसक्ने मतदाताको साथमा जाने व्यक्तिले मतदान अधिकृतको रोहवरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिह्नमा मत सङ्केत गर्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ।

कुनै मतदाताले दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरू कुनै कारणवश आफैँ मत सङ्केत गर्न नसक्ने भई सहयोग गरिदिन अनुरोध गरेमा र मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छाअनुसार मत सङ्केत गर्ने काममा सहयोग गर्नुपर्ने व्यवस्था स्थानीय तह निर्वाचन निर्देशिकामा रहेको आयोगले जनाएको छ।

सो व्यवस्थाअनुसार कुनै मतदाताको कुनै एकाघरको परिवारको सदस्य उसको वारिस नभई सहयोगी मात्र भएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेललाई उद्धृत गर्दै निर्वाचन आयोगले जनाएको छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवन ३ मा सोविताको अग्रता, रेनुले कति मत पाइन् ?

चितवन । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् । नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । न...

भक्तपुर–२ मा राजीव खत्रीसँग पराकिलो मतान्तरले पछि परे महेश बस्नेत

काठमाडौं । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएक...

कालीकोटमा नेकपा अगाडि, पछ्याउँदै एमाले

काठमाडौं । कालीकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामअनुसार शाहीले १ हजार २६७ मत प्राप्त गरेक...

रुकुमपूर्वमा फराकिलो मतान्तरले प्रचण्डको अग्रता

काठमाडौं । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन...

काठमाडौं ३ मा रास्वपाका राजुनाथ पाण्डेले बढाए अग्रता, कुलमान पछ्याउँदै

काठमाडौं । काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्। शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ ह...

कञ्चनपुर–२ मा रास्वपाका दीपक बोहराको अग्रता

कञ्चनपुर । कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्म...

तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता

दमौली ।  तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।  उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लि...

रसुवामा कांग्रेसको अग्रता, पछ्याउँदै घण्टी

रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्य...

धनुषा ३ मा रास्वपाका मनिष झाको फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्।  झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमल...

भक्तपुर १ मा पनि रास्वपाको अग्रता, फराकिलो मतले पछि परे सुवाल

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ ।  पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE