काठमाडौं । यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका ८५ मतदान केन्द्रमध्ये १९ केन्द्रमा आउँदो जेठ १, २ र ३ गतेका लागि नयाँ निर्वाचन मिति तय गरिएको छ ।
स्थगन भएकामध्ये १० मतदानस्थलमा पुनः मतदानको मिति तय भएको हो भने अन्य ३४ मतदानस्थलमा निर्णय हुन बाँकी छ । तीमध्ये प्रदेश नं. १ को ३, मधेस प्रदेशको २, बागमती प्रदेशको ५, कर्णाली प्रदेशको २ र सुदूरपश्चिम प्रदेशका ५ मतदान केन्द्रमा नयाँ मिति तय भएको हो ।
निर्वाचन आयोगका अनुसार जेठ १ गते निर्वाचन हुने
मतदानस्थलमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकाको जनता माविको २ केन्द्र, कालीकोटको रास्कोट गाउँपालिकाको जनता माविको १, कालीकोटकै पचालभरना गाउँपालिकाको जनता माविको १, बझाङको जयपृथ्वी नगरपालिका, सुनीपिपल चौर माविको २ मतदान केन्द्र रहेको छ ।
जेठ २ गते निर्वाचन हुने मतदानस्थलमा धनकुटाको शहीदभूमि गाउँपालिकाको ठाकुरदेवी माविको ३ केन्द्र, रामेछापको खाँडादेवी नगरपालिकाको राकमथुमको ३ केन्द्र, बझाङको केदारस्युँ गाउँपालिकाको जगन्नाथ माविका २ केन्द्र, बझाडको सुर्मा गाउँपालिकाको कृष्ण प्राविको १ केन्द्र र सोही पालिकाको आधाबगर माविको २ केन्द्र रहेका छन् ।
जेठ ३ गते निर्वाचन हुने मतदानस्थलमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको श्रीराम माविको २ मतदान केन्द्र रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा आज साँझसम्म प्राप्त विवरणअनुसार लुम्बिनी प्रदेशबाहेकका छ वटा प्रदेशका १७ जिल्लाका ४४ मतदानस्थलका गरी ८५ मतदान केन्द्रमा मतदान स्थगन भएको जनाएको छ ।
पुनः निर्वाचनको मिति तय गर्नुपूर्व स्थगन हुने कारण विश्लेषण, निर्वाचन सामग्रीको भण्डारण, सुरक्षा स्थितिको आँकलन गर्न निर्देशन दिएको छ ।
भिडियो प्रणालीबाट मतगणना अनुगमन
निर्वाचन सम्पन्न भएका स्थानको जारी मतगणना प्रक्रियालाई निर्वाचन आयोगले बहादुर भवनस्थित कार्यालयबाट भिडियो-अनुगमनसमेत गरिरहेको छ ।
मतगणना भइरहेका विभिन्न मुख्य निर्वाचन कार्यालयका मतगणस्थलमा जोडिएका सीसी क्यामेरा र ‘भोट काउन्टिङ भिडियो म्यानेजमेन्ट सिस्टम’ (भीसीभीएमएस) प्रविधिबाट सो अनुगमन भइरहेको हो । तथ्याङ्क प्रविष्टीका लागि आयोगको बेग्लै सूचना प्रणाली सञ्चालित छ ।
भिडियो अनुगमनका लागि आयोगमा ठूला स्क्रिनसहित अलग्गै कक्षा स्थापना गरेको छ । उक्त प्रणालीमा एकै पटक सानो आकारमा ९६ वटासम्म स्थलको प्रत्यक्ष विवरण हेर्न सकिन्छ भने कुनै खास स्थलको जुम गरेर पनि हेर्न सकिन्छ । अहिलेसम्म ३३६ पालिकाका गणनास्थलमा यो प्रणाली जडान गरिएको छ ।
उक्त कक्षका टोली प्रमुख विवेक शर्माका अनुसार यस प्रकारको प्रणाली निर्वाचनका सन्दर्भमा नेपालमा पहिलो पटक लागू गरिएको हो । आजै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुले काठमाडौँका विभिन्न मतगणना स्थलको अनुगमन गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: