चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । आज सम्पन्न मतगणनाअनुसार नगरप्रमुखमा कांग्रेसका प्रल्हाद सापकोटाले एमालेकी बिमला दुवाडीलाई आठ हजार ६९ मतले पछि पार्दै विजयी हुनुभएको हो ।
सापकोटाले २० हजार ७९६ मत प्राप्त गर्दा दुवाडीले १२ हजार ७२८ मत प्राप्त गर्नुभएको थियो । दुवाडी २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा विजयी भएका थिए । राप्रपाका हरिशरण भट्टराईले एक हजार १८५ मत प्राप्त गरे।
यस्तै उपप्रमुखमा एमालेका यादव पाठक विजयी भएका छन् । नेकपा ९एकीकृत समाजवादी०का बद्रिनाथ घिमिरेलाई एक हजार १६० मत अन्तरले पराजित गरेको हो । पाठकले १३ हजार ५१४ मत प्राप्त गर्दा घिमिरेले १२ हजार ३५४ मत प्राप्त गर्नुभयो ।
यस्तै राप्रपाका उम्मेदवार बिमला चौधरीले एक हजार ५६७ मत र स्वतन्त्रका उम्मेदवार बिरञ्जना घिमिरेले दुई हजार ३३३ मत प्राप्त गरे। यस पालिकामा गठबन्धनबाट १, २, ३, ४, ५, ६, ८, १०, १४ कांग्रेस, वडा नं १२ मा माओवादी केन्द्र, ७, ११, १३, १५ र १६ मा एमाले र वडा नं ९ मा स्वतन्त्र उम्मेदवारले विजयी हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस पालिकामा ३९ हजार ४११ मत खसेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८१ - १७:००
वालिङ। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सागर गैह्रेको निधन भएको छ । स्याङ्जा क्षेत्र नं. २ (क) का सभापति समेत रहेका नेता गैह्रेको ६२ बर्षको उमेरमा ...
पौष १० गते, २०८१ - १६:३२
ताप्लेजुङ। ताप्लेजुङस्थित लाखेजात्रा सञ्चालन समितिको अध्यक्षमा सागर मादेन चयन हुनुभएको छ।समितिको १६ औं साधारणसभाले मादेन अध्यक्ष रहेको नयाँ कार्यसमिति...
पौष १० गते, २०८१ - १६:०९
भक्तपुर। सभामुख देवराज घिमिरेले संसदीय लोकतन्त्र प्रवर्द्धनका लागि सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताएको छन । आज भक्तपुरको नगरकोटमा सम्पन्न ...
पौष १० गते, २०८१ - १५:५८
काठमाडौं। कजाकस्तानमा ६७ जना यात्रु बोकेको विमान दुर्घटना भएको छ । सो दुर्घटनामा परी दर्जनौं व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा २५ जनालाई जिबितै उ...
पौष १० गते, २०८१ - १५:४५
काठमाडौं। भारतीय चर्चित गायक सोनु निगम काठमाडौं आइपुगेका छन्। बुधबार दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका उनलाई आयोजक टिमले ढाकाटोपी...
पौष १० गते, २०८१ - १५:३५
गुल्मी। गुल्मीको रेसुङ्गा नगरपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ को हालसम्म तीन करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । १६ औं नगरसभामा नगरप्...
पौष १० गते, २०८१ - १५:२७
रौतहट । रौतहट जिल्लाको समग्र विकास र बिभिन्न समस्या समाधानको लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराइएको छ। नेकपा एमालेका केन्द्रीय सदस...
पौष १० गते, २०८१ - १५:०९
काबुल। अफगानिस्तानको पूर्वी सीमावर्ती प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु भएको तालिबान सरकारका प्रवक्ताले बुधबार एएफपीलाई जा...
पौष १० गते, २०८१ - १४:५६
रामपुर। रामपुर नगरपालिका–५ सानीअमराईका पुरुषोत्तम ढुंगानाले पशुपालन व्यवसायबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । उनले गाउँमा कृषिकर्मबाट...
पौष १० गते, २०८१ - १४:४१
काठमाडौँ। नेपालका प्रिन्स दाहाल र रसिला महर्जनको जोडी काठमाडौँमा जारी योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज अन्तर्गत मिक्स युगलको सेमिफाइनलमा प्रव...
प्रतिकृया लेख्नुहोस्: