Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

पार्टीभित्रै 'विद्रोह' सामना गर्दा पनि ब्रिटिश प्रधानमन्त्रीलाई विश्वासको मत

खबरडबली संवाददाता

काठमाडौं । ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो नेतृत्वविरुद्ध महत्त्वपूर्ण विद्रोह हुँदाहुँदै पनि विश्वासको मतमा टोरी सांसदहरूको बहुमत प्राप्त गरेका छन्।

उनसट्ठी प्रतिशत मतले जितेसँगै अब एक वर्षका लागि उनी सत्ताधारी कन्जरभेटिभ पार्टीको नेतृत्वमा रहने पक्का भएको छ।

कुल २११ टोरी सांसदले जोनसनको नेतृत्वप्रति विश्वासको मत दिए भने १ सय ४८ जनाले उनको विपक्षमा मतदान गरेका थिए।

जोनसनले विश्वास मत प्राप्त गरेको कुरालाई "निर्णायक" भनेका छन्।

उत्साहित स्वरमा उनले उक्त नतिजा "धेरै राम्रो" र "विश्वस्त" भएको बताए। यो नतिजासँगै उनको प्रधानमन्त्री पद जोगिएको छ।

आलोचकहरूले भने उनी विरुद्धको विद्रोहको मात्राले जोनसनको अधिकार खुम्चिएको बताएका छन्।

केहीले उनलाई राजीनामा दिन पनि आह्वान गरेका छन्।

जोनसनले पार्टीभित्र पाएको समर्थनको मत पूर्वप्रधानमन्त्री टरिजा मे सन् २०१८ मा पार्टीका संसदहरूको विश्वासको मत जित्दा प्राप्त गरेको ६३ प्रतिशत मतभन्दा कम हो।

त्यसबेला मेले ६ महिनापछि नै ब्रेक्जिट गतिरोधको कारण राजीनामा दिनुपरेको थियो।

लेबर पार्टीका नेता किअर स्टारमरले "विभाजित" कन्जरभेटिभ पार्टीले विश्वासको मतमा जोनसनलाई बचाएर "सम्हालिन खोजेको" बताएका छन्।

लिबरल डेमोक्र्याट नेता एड डेभीले जोनसन सत्तामा अडिग रहँदा "उनको प्रतिष्ठा ध्वस्त भएको र उनको अख्तियार अब पूर्ण रूपमा बन्द भएको" बताएका छन्।

डाउनिङ स्ट्रीटले उक्त नतिजाले "प्रधानमन्त्रीको जनादेशलाई नवीकरण गर्ने" र सरकारलाई "मतदाताले सरोकार राख्ने मुद्दामा निरन्तर ध्यान केन्द्रित गर्न" अनुमति दिने बताएको छ।

टोरी सांसद र वेल्श सेक्रेटरी साइमन हर्टले बीबीसीलाई प्रधानमन्त्रीले "प्रमाणित गर्नुपर्ने धेरै" भएको तर नतिजा "अत्यन्तै निर्णायक" भएको बताए।

जोनसन सन् २०१९ मा प्रधानमन्त्री बनेका थिए।

कोरोनाभाइस लकडाउनको समयमा आफ्नो जन्मदिन मनाउन प्रधानमन्त्री कार्यालय रहेको डाउनिङ स्ट्रीटमा पार्टी गरेको भन्ने विवरण सार्वजनिक हुँदा उत्पन्न आक्रोशपछि जोनसनबारे उनको संसदीय दलभित्र मतदान भएको हो।

मे मा भएको स्थानीय निर्वाचनमा कन्जरभेटिभ पार्टीको कमजोर नतिजा पछि जोनसनको आलोचना बढेको थियो।

कोरोनाभाइरस महामारीबीच प्रधानमन्त्री कार्यालयमा मात्र नभई अन्य सरकारी विभागमा समेत मनोरञ्जनका लागि जमघट भएको पाइएपछि जोनसनलाई ५० पाउण्ड जरिवाना गरिएको थियो।

ती भोज तथा जमघट हुँदा यूकेमा विभिन्न चरणको लकडाउन जारी थियो।

त्यति बेला कोठाभित्र दुईभन्दा बढी व्यक्तिको भेला र खुला स्थानमा हुने कार्यक्रमहरू प्रतिबन्धित थिए।

सन् २०२० को मे महिनामा डाउनिङ स्ट्रीट परिसरमा सामाजिक दूरी कायम राख्दै मदिरा पिउने कार्यक्रम आयोजना गरिएको थियो जहाँ करिब १०० जनालाई 'आफ्नो लागि आफैँ मदीरा लिएर आउनुस्' भन्ने आग्रहसहित निमन्त्रणा गरिएको थियो।

प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएअनुसार जोनसन र उनकी तात्कालीन हुनेवाला श्रीमती क्यारी साइमन्ड्स त्यस कार्यक्रममा उपस्थित ३० जनामध्ये थिए।

प्रधानमन्त्रीले आफू त्यहाँ २५ मिनेटका लागि रहेको पुष्टि गरेका थिए। तर त्यो कार्यक्रम कामसँग सम्बन्धित रहेको उनको दाबी रहेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसभित्र बढ्यो सक्रियता

बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...

लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्यमा गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...

नेकपापंक्तिमा प्रचण्डको निर्देशन- चुनावको विकल्प छैन, तयारीमा जट्नू

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...

यी हुन् नयाँ नेतृत्व चयनका लागि भोट नहाल्ने ३६ प्रतिनिधि (सूचीसहित)

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

एमाले महाधिवेशन- २२२७ मत खस्यो, मतगणना सुरु भएको तीन घण्टाभित्र नतिजा आउने

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...

पदीय मर्यादा अनुरूप काम नगर्नेलाई कारबाही

धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...

निर्वाचन ७७ दिन बाँकी: निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending