Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

प्रधानमन्त्री देउवा र सङ्घका पदाधिकारीबीच छलफल, ११ बुँदे प्रस्ताव पेश

खबरडबली संवाददाता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भक्तपुर उद्योग वाणिज्य सङ्घको टोलीबीच आज भक्तपुरको विकासका बारेमा छलफल भएको छ । भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवप्रसाद मानन्धर नेतृत्वको पदाधिकारीसहितको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेट गरी ११ बुँदे प्रस्ताव पेश गर्दै भक्तपुरको पूर्वाधार विकासका लागि पहल गरिदिन अनुरोध गरेको हो ।  
 
सङ्घले प्रधानमन्त्री देउवासमक्ष लोकतन्त्रको संस्थागत विकास र संविधानको पूर्ण पालनाप्रति प्रतिबद्ध वर्तमान सरकारले भक्तपुरको विकासमा टेवा दिन अनुरोध गरेको हो । सङ्घका अध्यक्ष मानन्धरले प्रधानमन्त्रीको दृढ अठोट र सङ्कल्पका कारण हालै मुलुकमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, भयरहित एवं व्यवस्थितरूपमा सम्पन्न भएको भन्दै निजी क्षेत्र पनि राजनीतिक स्थायित्व र आर्थिक समृद्धिप्रति अत्यन्त उत्साहित बन्न पुगेको बताए । 
 
प्रधानमन्त्रीसमक्ष भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय सञ्चालनका लागि स्वीकृत प्रदान गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले ख्वप विश्वविद्यालय सञ्चालनमा आए जनताले न्यून शुल्कमा नेपालमै विशेषज्ञ चिकित्सक उत्पादन गर्नसक्ने जानकारी गराए । 
 
सङ्घले प्रधानमन्त्री देउवासँग भक्तपुर नगरकोट जोड्ने सडक यथाशीघ्र कालोपत्रसहित निर्माण सम्पन्न गर्न, सूर्यविनायक नगरपालिकामा पर्ने राष्ट्रिय प्राणी उद्यानको अविलम्ब निर्माण तथा सञ्चालनमा ल्याउन, भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र सभाहल निर्माण गर्न, पर्यटन पूर्वाधारको विकास गरी भक्तपुर आउने पर्यटकको बसाइँ अवधि लम्ब्याउन तारे होटल निर्माणको प्रबन्ध गरिदिन, हालको भक्तपुर औद्योगिक क्षेत्रलाई हस्तकला ग्रामका रूपमा विकास गरी औद्योगिक क्षेत्रलाई यथाशीघ्र उचित स्थानमा स्थानान्तरण गर्न पहल गरिदिन आग्रह गरेको छ । 
 
त्यस्तै व्यावसायिक कृषिखेती गर्नका लागि नेपालमै मल कारखाना सञ्चालन गर्न, जिल्लाभित्र उत्पादित कृषिउपजको बजारीकरणका लागि कृषि थोक बजार केन्द्रको निर्माण गरिदिन, स्वदेशी उत्पादनको प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न श्रम ऐनमा आवश्यक सुधार गरी श्रम लागत छिमेकी मुलुकसरह बनाउन, नेपाली गार्मेन्ट उद्योगबाट उत्पादित वस्तु निर्यात गर्दा डण्डी र सिमेन्टमा जस्तै आठ प्रतिशत निर्यात अनुदान व्यवस्था गरिदिन, आव २०७९र०८० को बजेटमा विद्युतीय सवारी साधनामा लगाइएको करको दर खारेज गर्न, युवालाई स्वदेशमै बसेर उद्योग व्यवसाय गर्न प्रोत्साहन मिल्ने कार्यक्रम ल्याउन र स्वदेशमा रोजगारी सिर्जना गरिदिन सङ्घले प्रधानमन्त्री देउवासँग आग्रह गरेको छ । 
 
भेटमा प्रधानमन्त्री देउवाले सङ्घको आग्रहलाई स्वीकार्दै आवश्यक पहल गर्ने जानकारी गराएको सङ्घका सदस्य नवीन प्रजापतिले जानकारी दिए।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरको दुवाकोटमा केएमसी अस्पतालको सेवा, सुनील शर्माद्धारा उद्घाटन

भक्तपुर । दुवाकोटमा काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालको सेवा सुरु भएको छ । आइतबार आयोजित एक समारोहका बिच अस्पतालका सञ्चालक डा। सुनील शर्माले अस्पत...

अमेरिकी–इरानी तनाव : ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम

वासिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार यदि इरानले ४८ घण्टाभित्र होर्मुज सत्र पूर्ण रूपमा खुला नगरे, अमेरिकाले इरानी पावर प्लान्टहरू ध्वस्...

राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा, महाधिवेशनको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी ले पदबाट राजीनामा दिएका छन्। गत २१ गते भएको प्...

हिमपात र असिनाको चिसोले १२ भेडा मरे

हुम्ला। शुक्रबार परेको हिमपात र असिनाको चिसोले १२ वटा भेडा मरेका छन् । खार्पुनाथ गाउँपालिका –२ को तिलाइला पाटनमा पालन गरिएका भेडा मरेका हुन् । बाक्...

हिमपात र असिनाको चिसोले १२ भेडा मरे

हुम्ला। शुक्रबार परेको हिमपात र असिनाको चिसोले १२ वटा भेडा मरेका छन् । खार्पुनाथ गाउँपालिका –२ को तिलाइला पाटनमा पालन गरिएका भेडा मरेका हुन् । बाक्...

अब एउटै विवरणका लागि छुट्टाछुट्टै फारम भर्नु पर्दैन : गृहमन्त्री अर्याल

ललितपुर। सरकारले एकीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआवद्धता गरी सेवा प्रवाह सुरु गरेको छ । ...

कुवेतमा अलपत्र परेका ३३ नेपाली साउदीमार्फत गन्तव्यतर्फ पठाइए

काठमाडौं । कुवेतको हवाई क्षेत्र बन्द भएपछि ट्रान्जिटमा रोकिएका ३३ जना नेपालीलाई साउदी अरेबियामार्फत गन्तव्यतर्फ पठाइएको छ। कुवेतस्थित नेपाली राजदूतावा...

राप्रपा र श्रम संस्कृति पार्टीले प्रमुख सचेतकको सुविधा नपाउने

काठमाडौं । प्रतिनिधिसभामा रहेका ६ वटा राष्ट्रिय दलमध्ये दुई दलले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन्। उक्त सुविधा नपाउने दलहरूमा राष्ट्रिय प्रजातन्त...

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा: पूर्वसचिव अधिकारीसहित २१ जनाविरुद्ध ४६ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पोखरा क्षेत्रीय अन्तर्र...

नेविसङ्घको ऐतिहासिक योगदान कसैले बिर्सन सक्दैन : महामन्त्री घिमिरे

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ऐतिहासिक योगदानलाई कसैले पनि कम आँक्न नसक्ने बताएको छन् । ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: