Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

प्रधानमन्त्री देउवा र सङ्घका पदाधिकारीबीच छलफल, ११ बुँदे प्रस्ताव पेश

खबरडबली संवाददाता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भक्तपुर उद्योग वाणिज्य सङ्घको टोलीबीच आज भक्तपुरको विकासका बारेमा छलफल भएको छ । भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवप्रसाद मानन्धर नेतृत्वको पदाधिकारीसहितको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेट गरी ११ बुँदे प्रस्ताव पेश गर्दै भक्तपुरको पूर्वाधार विकासका लागि पहल गरिदिन अनुरोध गरेको हो ।  
 
सङ्घले प्रधानमन्त्री देउवासमक्ष लोकतन्त्रको संस्थागत विकास र संविधानको पूर्ण पालनाप्रति प्रतिबद्ध वर्तमान सरकारले भक्तपुरको विकासमा टेवा दिन अनुरोध गरेको हो । सङ्घका अध्यक्ष मानन्धरले प्रधानमन्त्रीको दृढ अठोट र सङ्कल्पका कारण हालै मुलुकमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, भयरहित एवं व्यवस्थितरूपमा सम्पन्न भएको भन्दै निजी क्षेत्र पनि राजनीतिक स्थायित्व र आर्थिक समृद्धिप्रति अत्यन्त उत्साहित बन्न पुगेको बताए । 
 
प्रधानमन्त्रीसमक्ष भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय सञ्चालनका लागि स्वीकृत प्रदान गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले ख्वप विश्वविद्यालय सञ्चालनमा आए जनताले न्यून शुल्कमा नेपालमै विशेषज्ञ चिकित्सक उत्पादन गर्नसक्ने जानकारी गराए । 
 
सङ्घले प्रधानमन्त्री देउवासँग भक्तपुर नगरकोट जोड्ने सडक यथाशीघ्र कालोपत्रसहित निर्माण सम्पन्न गर्न, सूर्यविनायक नगरपालिकामा पर्ने राष्ट्रिय प्राणी उद्यानको अविलम्ब निर्माण तथा सञ्चालनमा ल्याउन, भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र सभाहल निर्माण गर्न, पर्यटन पूर्वाधारको विकास गरी भक्तपुर आउने पर्यटकको बसाइँ अवधि लम्ब्याउन तारे होटल निर्माणको प्रबन्ध गरिदिन, हालको भक्तपुर औद्योगिक क्षेत्रलाई हस्तकला ग्रामका रूपमा विकास गरी औद्योगिक क्षेत्रलाई यथाशीघ्र उचित स्थानमा स्थानान्तरण गर्न पहल गरिदिन आग्रह गरेको छ । 
 
त्यस्तै व्यावसायिक कृषिखेती गर्नका लागि नेपालमै मल कारखाना सञ्चालन गर्न, जिल्लाभित्र उत्पादित कृषिउपजको बजारीकरणका लागि कृषि थोक बजार केन्द्रको निर्माण गरिदिन, स्वदेशी उत्पादनको प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न श्रम ऐनमा आवश्यक सुधार गरी श्रम लागत छिमेकी मुलुकसरह बनाउन, नेपाली गार्मेन्ट उद्योगबाट उत्पादित वस्तु निर्यात गर्दा डण्डी र सिमेन्टमा जस्तै आठ प्रतिशत निर्यात अनुदान व्यवस्था गरिदिन, आव २०७९र०८० को बजेटमा विद्युतीय सवारी साधनामा लगाइएको करको दर खारेज गर्न, युवालाई स्वदेशमै बसेर उद्योग व्यवसाय गर्न प्रोत्साहन मिल्ने कार्यक्रम ल्याउन र स्वदेशमा रोजगारी सिर्जना गरिदिन सङ्घले प्रधानमन्त्री देउवासँग आग्रह गरेको छ । 
 
भेटमा प्रधानमन्त्री देउवाले सङ्घको आग्रहलाई स्वीकार्दै आवश्यक पहल गर्ने जानकारी गराएको सङ्घका सदस्य नवीन प्रजापतिले जानकारी दिए।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

शेखर कोइरालाको प्रश्न: पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिएर कस्तो चुनाव गर्न खोजिएको हो

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिने निर्णयप्रति आपत्ति जनाउँदै सरकारसँग कस्तो चुनाव गराउ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending