मकवानपुर । पटकपटक ताकेता गर्दा पनि तोकिएको राजस्व नबुझाउने मकवानपुरमा सञ्चालित पाँच क्रसर उद्योगमा आजदेखि तालाबन्दी गरिएको छ ।
लिखित र मौखिकरुपमा पटकपटक जानकारी गराएको तर राजस्व नबुझाएकाले तालाबन्दी गरिएको मकवानपुरगढी गाउँपालिकाले जनाएको छ । सो गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित क्रसर उद्योगमा गाउँपालिका उपाध्यक्ष मनकुमारी नेपालीको नेतृत्वमा गएको टोलीले तालाबन्दी गरेको बताइएको छ ।
ती उद्योगले गाउँपालिकालाई रु एक करोड ५४ लाख राजस्व दाखिला गर्नुपर्ने भएको तर दाखिला नगरेकाले तालाबन्दी गर्नुपरेको उपाध्यक्ष नेपालीले जानकारी दिए । मकवानपुरगढी गाउँपालिका–५ स्थित साइबाबा क्रसर उद्योगले रु २८ लाख, आधुनिक क्रसर उद्योगले रु २३ र आमभञ्ज्याङ एग्रिगेरले रु २८ लाख तिर्न बाँकी छ ।
त्यस्तै मकवानपुरगढी–२ स्थित नमूना बालुवा उद्योगले रु ३० लाख तथा मकवानपुरगढी वडा नं ६ मा रहेको सामरी खोला बालुवा उद्योगले रु ४५ लाख राजस्व भुक्तानी गर्न बाँकी रहेको बताइएको छ । ती उद्योगले असार १५ गतेसम्म भुक्तानी गर्ने लिखित सहमति गरे पनि त्यसको पालना नभएपछि बाध्य भएर तालाबन्दी गरिएको गाउँपालिका आर्थिक विकास समितिका संयोजक रहेका सो गाउँपालिका–६ का वडाध्यक्ष कृष्णप्रसाद बजगाईंले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८१ - १६:३५
इस्लामबाद। पाकिस्तानले आईसीसी च्याम्पियन्स ट्रफी भारतसँग खेल्नका लागि तटस्थ स्थानको रूपमा दुबईलाई रोजेको छ । आयोजक पाकिस्तानले आफ्ना प्रतिद्वन्द्वी...
पौष ८ गते, २०८१ - १६:०५
काठाडौं । हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् । ...
पौष ८ गते, २०८१ - १५:४३
काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जितपछि उनले शपथ नलिदै अर्बपति उद्योगपति एलन मस्क निकै शक्तिशाली बनेका छन् । मस्कले ट्रम्प सरकार...
पौष ८ गते, २०८१ - १५:३५
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अङ्क अर्थात् एक दशमलव ११ प्रतिशतले बढेर दुई हजार छसय १२ दशमलव २० विन्दुमा पुगेको छ ।, न...
पौष ८ गते, २०८१ - १४:४२
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि कार्ययोजना बनाएर १५ दिनभित्र ...
पौष ८ गते, २०८१ - १४:३०
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार निर्माण हुँदाको सात बुँदे सहमति अनुसार चल्न नसकेको गुनासो गरेका छन्। १०० दिने विशेष अ...
पौष ८ गते, २०८१ - १४:२४
खोटाङ। जिल्ला हुलाक कार्यालय दिक्तेलका कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनको छोरा प्रबिन आचार्यको भक्तपुरमा हत्या भएको छ । भक्तपुरको बालकोटमा हत्या ...
पौष ८ गते, २०८१ - १४:१२
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ ...
पौष ८ गते, २०८१ - १४:०६
काठमाडौं। भ्याटिकन सिटीलाई संसारकै साना देशहरूमा गनिन्छ। यसको कुल जनसंख्या ७६४ जना छ जबकि यसको क्षेत्रफल ४४ हेक्टेरछ। इटालीको रोम सहर भित्र रहेको यो द...
पौष ८ गते, २०८१ - १३:५९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आकस्मिक सचिवालय बैठक बोलाएको छ । सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएप...
प्रतिकृया लेख्नुहोस्: