काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गाउँगाउँमा गएर सङ्गठन निर्माणमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन्।
पुष्पलाल स्मृति प्रतिष्ठान कैलालीले सोमबार आयोजना गरेको ‘ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सङ्घ र प्रदेशको निर्वाचन आउँदै गरेकाले गाउँगाउँमा गएर सङ्गठन निर्माण गरी जनसमक्ष पार्टीलाई स्थापित गर्न आग्रह गरे।
उनले समाजवादी पार्टीमा इमान्दार र निष्ठावान् कार्यकर्ताको ठूलो पङ्क्ति रहेकाले सङ्गठन निर्माणसँगै इमान्दारीका साथ जनताको सेवामा लाग्नुपर्ने बताए।
पार्टी स्थापना भएको छोटो अवधिमा नै नौ लाख जनताले मत जाहेर गरेको बताउँदै उनले आउँदो निर्वाचनमा २० लाख मत पाउने दाबी गरे। उनले आफ्नो पार्टीको नीति ज्येष्ठ नागरिकप्रति कदर र सम्मान गर्ने भएको बताए।
ज्येष्ठ नागरिकको अनुभव र युवापुस्ताको जाँगरले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
अध्यक्ष नेपालले आगामी प्रदेश तथा सङ्घीय निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने चर्चा गर्दै बलियो भएको स्थानमा एक्लै लड्ने र कमजोर स्थानमा सम्मानजनक ढङ्गले अरू दलहरुसँग चुनावी तालमेल गरिने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - ०९:२४
सिद्धार्थनगर । रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय देव...
फाल्गुन १९ गते, २०८२ - ०९:२१
पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन...
फाल्गुन १९ गते, २०८२ - ०९:१६
काठमाडौं । लेबननको बेरुतमा इजरायलले आक्रमण तीव्र पारेको छ। इजरायली सेनाले हेजबुल्लाहसँग सम्बद्ध स्थानीय च्यानल अल-मनार टीभी स्टेसन रहेको भवनमा हमला गर...
फाल्गुन १९ गते, २०८२ - ०९:०१
वीरगन्ज । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट...
फाल्गुन १९ गते, २०८२ - ०८:१२
काठमाडौं । यूएईको आबुधाबीमा कार्यरत बुटवलका आकाश खनालले सोमवार मध्याह्न बीबीसीसँग कुराकानी गर्दा आफूले दुई मिनेटअघि विस्फोटनको ठूलो आवाज सुनेको बताए। ...
फाल्गुन १९ गते, २०८२ - ०७:५३
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बाग...
फाल्गुन १९ गते, २०८२ - ०७:५०
गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षी...
फाल्गुन १९ गते, २०८२ - ०७:४५
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक ...
फाल्गुन १९ गते, २०८२ - ०७:३९
तनहुँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणन...
फाल्गुन १९ गते, २०८२ - ०७:३०
जुम्ला । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा आ...



प्रतिकृया लेख्नुहोस्: