Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

भारत–चीन सैन्य वार्ता चुशुलमा शुरू

खबरडबली संवाददाता

नयाँदिल्ली । भारत र चीनका सैन्य अधिकारी सम्मिलित १६औँ चरणको वार्ता चुशुलमा शुरु भएको छ । भारतीय भूमि चुशुल–मोल्दो सीमा बिन्दुमा जारी बैठक पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) बाट सेना फर्काउनेमा केन्द्रित रहेको स्रोतले जनाएको छ । 

वार्तामा भारतीय पक्षको नेतृत्व फायर एन्ड फ्युरी कोर कमाण्डर लेफ्टिनेन्ट जनरल ए सेनगुप्ताले गरेका छन् । द्विपक्षीय उच्चस्तरीय सैन्यवार्ताका निम्ति आजको बैठकले मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ । यसअघि दुवै पक्षले सिमा क्षेत्रमा सुरक्षा र स्थायित्व कायम गर्न सहमति जनाएका थिए । साथै दुवै देशले समाधान हुन बाँकी समस्या सैन्य र कूटनीतिक वार्ताका माध्यमबाट टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । 

सन् २०२० को अप्रिल–मेमा  चीन–भारत सिमानाको पश्चिमी क्षेत्रको वास्तविक नियन्त्रण रेखा ९एलएसी० मा चिनियाँ पक्षले एकतर्फी रूपमा यथास्थिति परिवर्तनको धेरै पटक प्रयास गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो । 

कैयौँ चरणका वार्तापछि दुवै पक्षले आफ्ना मतभेदलाई व्यवस्थापन गर्न र कुनै पनि विषयमा विवाद नगर्ने सहमति जनाएका थिए । साथै दुवै पक्षले सीमा विवादको अन्तिम टुङ्गो नलागेसम्म सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नु द्विपक्षीय सम्बन्धको समग्र विकासका लागि आवश्यक आधार भएको स्वीकार गरेका थिए । 

हालै इण्डोनेशियाको बालीमा  भएको जी २० का विदेशमन्त्रीहरूको बैठकमा भाग लिने क्रममा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भएको भेटमा भारतका विदेशमन्त्री एस जयशङ्करले सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने दिशामा बाँकी रहेका कामलाई गति दिनुपर्नेमा जोड दिएका थिए । 

दुई वर्षअघि गलवान उपत्यकामा भारत र चीनबीच भएको भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु भएपछि दुई देशबीचको सम्बन्ध सुमधुर बन्न सकेको छैन । यद्यपि द्विपक्षीय व्यापार निर्वाधरूपमा भइरहेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अगस्टमा विश्वव्यापीरूपमा उच्च तापमान रेकर्ड

सिंगापुर । अगस्ट महिनामा विश्वव्यापी तापमान सूचकाङ्कमा उच्च रेकर्ड कायम भएपछि बढ्दो तापक्रमका कारण विश्वव्यापी ‘रेड अलर्ट’ जारी गर्नुपर्ने अवस्था आएको...

मेरो नियुक्तिलाई रोक्ने प्रावधान कहीँ कतै छैन, भए देखाउनुस् : कपिल श्रेष्ठ

काठमाडौं । दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठले नेपालको संविधान २०१९ र २०४७ मा समेत रहेको उल्लेख गर्दै राजदूत राजनीतिक नियुक्ति भ...

केरा बगानमा कलिला दुई छोरीलाई विष खुवाएर हत्या गरी फरार भएकी आमा पक्राउ

काठमाडौं । मोरङमा कलिला दुई छोरीको विष सेवन गराएर हत्या गरी फरार भएकी आमा पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका-७ मालती टोलकी २१...

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा अजिङ्गर भेटियो

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा आज दिउँसो अजिङ्गर भेटिएको छ । ...

सेयर बजारमा पहिरो, नेप्से २७३९ अंकमा झर्‍यो

काठमाडौं । बुधबार सेयर बजार २७३९ अंकमा कायम भएको छ ।  अघिल्लो दिन १३ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९२ करोडको भयो । ३१ कम्पनीको मूल्य बढ्...

युक्रेनका विदेशमन्त्री कुलेबाको राजीनामा

काठमाडौँ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले राजीनामा दिएका छन् । रसियाले युक्रेनमा भिषण मिसाइल आक्रमण गरिरहेको बेला राष्ट्रपति भोलोदिमिर जे...

चिया निर्यातका लागि विकल्प खोज्दै व्यवसायी

इलाम । चिया निर्यातको ठूलो हिस्सा ओगटेको भारतमा वर्सेनी चिया निर्यातमा समस्या आउन थालेपछि इलामका चिया व्यवसायीले चिया निर्यातका लागि वैकल्पिक उपाय खोज...

सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन गर्छौं : गृहमन्त्री लेखक

धनगढी। गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा (एमाले) बिच असार १७ गते भएको सहमति, सम्झौतालाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने बताएको छन् ।  ...

पलेशालाई महानगरले गर्यो नगद पाँच लाख पुरस्कारसहित सम्मान

काठमाडौँ । काठमाडौं महानगरले पेरिसमा जारी पारालिम्पिक काश्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । बु...

देशलाई दुई दलीय शासनतिर लैजान खोजिँदैछ, जनतालाई सुसूचित गर्नुपर्छः प्रचण्ड

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशलाई दुई दलीय शासनतिर लैजान खोजिएको भन्दै त्यसलाई रोक्न जनतालाई सुसूचित गर्नुपर्ने बता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy