मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार रूस–यूक्रेन युद्धलाई लिएर पश्चिमी मुलुकहरूले लगाएको प्रतिबन्धको प्रारम्भका कारण देशले सामना गरिरहेको उच्च प्रविधिको ‘जटील’ समस्यामाथि विजय हासिल गर्ने बताएका छन् ।
रूसी प्रशासन केन्द्र, क्रेमलिन प्रमुखले देशको विकासलाई निषेध गर्न पश्चिमले उच्च प्रविधिका उत्पादनबाट रूसलाई कटौती गर्न प्रतिबन्ध लगाएको बताए । उनले एउटा सभामा सम्बोधन गर्दै भने,, “यो हाम्रो देशको लागि ठूलो चुनौती हो ।
“हामीले सामना गरिरहेका समस्याहरूको समग्र परिमाणलाई बुझेर हामीले सक्रियरूपमा नयाँ समाधान खोज्नेछौं ।”
उनले भने, “रूसले घरेलु कम्पनीहरूको नयाँ आविस्कारका प्रविधि र उत्पादनहरूलाई प्रतिबन्धको सामना गर्ने उपकरणका रूपमा पनि प्रयोग गर्नेछ ।”
प्रतिबन्धको कारण अनलाइन रिटेलर ओजोन वा टेक्नोलोजी कम्पनी यान्डेक्सजस्ता धेरै द्रूत गतिमा बढ्दै गइरहेका रूसी कम्पनीहरूलाई पश्चिमी वित्त व्यवस्थापनबाट हटाइएको उनले बताए ।
त्यस्ता कम्पनीले घरमै आवश्यक वित्तीकरणलाई आकर्षित गर्न र आफ्नो विकासलाई निरन्तरता दिन सकियोस् भनेर रूसले छिट्टै विकल्पहरू सोच्नुपर्नेमा उनले जोड दिए ।
“म वित्त मन्त्रालय र बैंक अफ रसिया दुवैका विस्तृत प्रस्तावहरूको प्रतीक्षामा छु,” पुटिनले थपे ।
फेब्रुअरी २४ मा पुटिनले युक्रेनमा फौज पठाएपछि एप्पल, माइक्रोसफ्ट र इन्टेललगायत धेरै प्रमुख प्राविधिक कम्पनीहरूले रूसमा आफ्नो सेवा निलम्बन गरेका छन् । कतिपयले पूरै देशबाट बाहिरिएको घोषणा गरिसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ०९:१९
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...
मंसिर २३ गते, २०८२ - ०७:४०
वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...
मंसिर २३ गते, २०८२ - ०७:३७
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...
मंसिर २३ गते, २०८२ - ०७:३४
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ । तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...
मंसिर २३ गते, २०८२ - ०७:०७
काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ । भौतिक पूर्...
मंसिर २३ गते, २०८२ - ०७:०४
काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...
मंसिर २३ गते, २०८२ - ०७:०१
काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...
मंसिर २३ गते, २०८२ - ०६:५८
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...




प्रतिकृया लेख्नुहोस्: