Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

सिन्ध प्रान्तका पचासभन्दा बढी गाउँ डुबे

खबरडबली संवाददाता

बलुचिस्तान । प्रान्तका विभिन्न भागमा आएको बाढीले ५० भन्दाबढी गाउँ डुबाएको छ । 

बलुचिस्तानमा मुसलधारे वर्षासँगै अचानक बाढी आउँदा कम्बर–शाहदादकोट जिल्ला र दादु जिल्लाको कछोको पहाडी क्षेत्रमा व्यापक क्षति भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । बाढी प्रभावित क्षेत्रका बासिन्दा ज्यान जोगाउन उच्चस्थल र सुरक्षा केन्द्रमा शरण लिन बाध्य भएका छन् । एकजना ७० वर्षीयाको बाढीका कारण उपचार नपाउँदा ज्यान गएको छ । 

विशेष गरी बलुचिस्तानमा यस वर्ष  अप्रत्याशित रूपमा भारी वर्षा भएको छ । प्रकोप व्यवस्थापन अधिकारीहरूका अनुसार वर्षा र बाढीका कारण बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तमा १९ जनाको मृत्यु भएको छ । बितेका २४ घण्टामा बलुचिस्तानमा एकै परिवारका नौ जनाको मृत्यु भएको छ । बाढीले बगाउँदा सातजना बालबालिका र एक महिलाको ज्यान गएको समाचारपत्र डनले जनाएको छ । 

खैबर पख्तुनख्वामा बाढी आएसँगै केही घरका छत भत्किँदा कम्तिमा १० जनाको मृत्यु भएको र १७ जना घाइते भएका छन् ।  बाढीले एकसयभन्दा बढी घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । पेशावर, स्वाबी, चारसड्डा, साङ्ला, खैबर, डेरा इस्माइल खान र बाजौर सबैभन्दा बढी प्रभावित छन् । बाढीले जारा र तबिना नामका दुई बाँध पनि भत्काएको छ । 

यसैगरी, लस्बेला र खुजदारमा दुई प्रान्त जोड्ने  पुल र सडकमा क्षति भएपछि सिन्धसँग बलुचिस्तानको सडक सम्पर्क पूर्ण रूपमा बन्द भएको छ । क्वेटा–कराची राजमार्गमा ठूला पुल भत्किँदा यातायात सेवा अवरूद्ध भएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

जनकपुरधाम । थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय सुनाइएपछि नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। प्रहरीले उनलाई महोत्त...

आज राति तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही...

सबै प्रदेशमा राष्ट्रिय विधिविज्ञान प्रयोगशाला विस्तार गर्ने मन्त्री पुनको घोषणा

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई देशका सबै प्रदेशमा विस्तार गर्ने बताएका छन्। शिक्...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

संसद्मै इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण अवरुद्ध

काठमाडौं। संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेट समस्याका कारण संसद्को आधिकारिक...

पक्राउ परेका पत्रकार भण्डारी अदालतमा पेस

धनगढी। फैसला कार्यान्वयनका लागि पक्राउ परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निवासी ५० वर्षीय पत्रकार खेम भण्डारीलाई अदालतमा पेस गरिएको छ । फैसला क...

हेलमेट नलगाई मोटरसाइकल चलाएका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा, निवासमै पुगेर ट्राफिक प्रहरीले चीट काट्यो

कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...

काठमाडौँ उपत्यकामा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी

काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...

सवारी साधनको कालो स्टिकर हटाउने अभियान तीव्र

तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending