बलुचिस्तान । प्रान्तका विभिन्न भागमा आएको बाढीले ५० भन्दाबढी गाउँ डुबाएको छ ।
बलुचिस्तानमा मुसलधारे वर्षासँगै अचानक बाढी आउँदा कम्बर–शाहदादकोट जिल्ला र दादु जिल्लाको कछोको पहाडी क्षेत्रमा व्यापक क्षति भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । बाढी प्रभावित क्षेत्रका बासिन्दा ज्यान जोगाउन उच्चस्थल र सुरक्षा केन्द्रमा शरण लिन बाध्य भएका छन् । एकजना ७० वर्षीयाको बाढीका कारण उपचार नपाउँदा ज्यान गएको छ ।
विशेष गरी बलुचिस्तानमा यस वर्ष अप्रत्याशित रूपमा भारी वर्षा भएको छ । प्रकोप व्यवस्थापन अधिकारीहरूका अनुसार वर्षा र बाढीका कारण बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तमा १९ जनाको मृत्यु भएको छ । बितेका २४ घण्टामा बलुचिस्तानमा एकै परिवारका नौ जनाको मृत्यु भएको छ । बाढीले बगाउँदा सातजना बालबालिका र एक महिलाको ज्यान गएको समाचारपत्र डनले जनाएको छ ।
खैबर पख्तुनख्वामा बाढी आएसँगै केही घरका छत भत्किँदा कम्तिमा १० जनाको मृत्यु भएको र १७ जना घाइते भएका छन् । बाढीले एकसयभन्दा बढी घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । पेशावर, स्वाबी, चारसड्डा, साङ्ला, खैबर, डेरा इस्माइल खान र बाजौर सबैभन्दा बढी प्रभावित छन् । बाढीले जारा र तबिना नामका दुई बाँध पनि भत्काएको छ ।
यसैगरी, लस्बेला र खुजदारमा दुई प्रान्त जोड्ने पुल र सडकमा क्षति भएपछि सिन्धसँग बलुचिस्तानको सडक सम्पर्क पूर्ण रूपमा बन्द भएको छ । क्वेटा–कराची राजमार्गमा ठूला पुल भत्किँदा यातायात सेवा अवरूद्ध भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १७:१६
काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...
पौष ९ गते, २०८२ - १७:००
काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...
पौष ९ गते, २०८२ - १६:४७
काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...
पौष ९ गते, २०८२ - १६:३३
काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...
पौष ९ गते, २०८२ - १६:२६
नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...
पौष ९ गते, २०८२ - १४:३६
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...
पौष ९ गते, २०८२ - १४:२४
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...
पौष ९ गते, २०८२ - १४:१४
अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...
पौष ९ गते, २०८२ - १४:०१
काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...
पौष ९ गते, २०८२ - १३:५२
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...




प्रतिकृया लेख्नुहोस्: