Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

युक्रेनको ठूलो आणविक ऊर्जा केन्द्र नियन्त्रण बाहिर, दुर्घटनाको चेतावनी

खबरडबली संवाददाता

एजेन्सी । संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले युक्रेनस्थित युरोपको सबैभन्दा ठूलो आणविक उर्जा केन्द्र पूर्णरूपमा नियन्त्रण बाहिर रहेको बताएका छन् । उनले आणविक दुर्घटना रोक्न तत्काल विज्ञलाई केन्द्रको वस्तुस्थिति आकलनका निम्ति भ्रमणको अनुमति दिन युक्रेन र रुसलाई अनुरोध गरेका छन् । 

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले एसोसिएटेड प्रेससँगका अन्तर्वार्तामा रूसी सेनाले गत मार्चको शुरुमा कब्जा गरेको दक्षिणपूर्वी सहर एनरहोदरको जापोरिझ्झ्या आणविक केन्द्रको अवस्था दिनप्रतिदिन जोखिमपूर्ण हुँदै गइरहेको बताए  ।

उक्त केन्द्रमा आणविक सुरक्षाका हरेक सिद्धान्त उल्लङ्घन गरिएका बताउँदै उनले त्यसले अत्यन्त गम्भीर र खतरनाक परिस्थिति निम्त्याउन सक्ने चेतावनी दिए । उनले केन्द्र नजिकको रुस नियन्त्रित क्षेत्रमा चर्केको भीषण युद्धले आणविक केन्द्रको सुरक्षा जोखिममा परेको बताए ।

केन्द्रका उपकरण र पार्ट पुर्जाको आपूर्ति शृङ्खला अवरूद्ध भएकाले त्यहाँ रहेका आणविक सामग्री सुरक्षित रहे नरहेको यकिन गर्न निरीक्षण विज्ञद्वारा निरीक्षण अत्यावश्यक भएको उनले बताए । चेर्नोविल दुर्घटनाजस्तो नहोस् भनेर बेलैमा सचेत हुन अति जरूरी भएकामा उनले जोड दिए ।

आणविक दुर्घटना हुनबाट रोक्न जापोरिज्ज्या केन्द्रको निरीक्षण आवश्यक भएको ग्रोसीको कथन छ । केन्द्रमा पुग्न आफू, आफ्नो टोलीलाई सुरक्षालगायत अन्य आवश्यक व्यवस्था गर्न उहाँले रुस र युक्रेनलाई अपिल पनि गरेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रमेश लेखकलाई आयोगमा बयान दिन कांग्रेस नेताहरूको सुझाव

काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...

पुरूषोत्तम यादवले दिए मानव अधिकार आयोगमा तीन घन्टा बयान

काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...

सुशीला कार्की सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न विप्लवको १० दिने अल्टिमेटम

काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...

सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी सबै रिट एकैसाथ सुनुवाइ गर्ने

काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...

बाँके २ बाट अध्यक्ष कमल थापाको एकल नाम सिफारिस

नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...

उम्मेदवारी मनोनयनअघि मन्त्री पदबाट राजीनामा दिने/नदिने निर्णय गर्छु : कुलमान घिसिङ

काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...

कुलमानले सार्वजनिक गरे सय दिनका १०१ कामको सूची, १७ अर्ब बराबरको ठेक्का रद्द

काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...

टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित आठ जनाको मृत्यु

अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...

गगन थापाले संसद् पुनर्स्थापनाको पक्षमा गरेनन् हस्ताक्षर, अरु क-कसले गरेनन् ?

काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...

नख्खु कारागारबाट फरार कैदीद्धारा ठमेलमा एक युवकको हत्या, रोल्पाबाट पक्राउ

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending