लन्डन । कन्जरभेटिभ्स पार्टीकी नेता लिज ट्रस बेलायतकी नयाँ प्रधानमन्त्री बन्ने भएकी छन्। विदेशमन्त्री लिज ट्रस सत्तारुढ कन्जरभेटिभ पार्टी नेता चुनिएसँगै उनी बेलायतको प्रधानमन्त्री हुने निश्चित भएको हो ।
नेता छनोट गर्ने पार्टीको १९२२ कमिटीका अध्यक्ष सर ग्राहम ब्राडीले दिउँसो १२ बजेर ४० मिनेट जाँदा उनी नेता चुनिएको घोषणा गरेका थिए । ट्रसले ८१ हजार ३ सय २६ मत ल्याएकी छन् भने ऋषि सुनाकले ६० हजार ३९९ मत पाएका थिए । ८२ दशमलव ६ प्रतिशत मत खसेको थियो ।
बेलायतको तल्लो संसदमा कन्जरभेटिभ्स पार्टीको एकल बहुमत छ। संसदमा बहुमत भएकाले कन्जरभेटिभ्स पार्टीका नेता नै प्रधानमन्त्री बन्ने छन्।
यो जितसँगै ४७ वर्षीया ट्रस प्रधानमन्त्री बन्ने तेस्रो बेलायती महिला बनेकी छन्। यसअघि मार्गेट थ्याचर र थेरेसा मे बेलायतका प्रधानमन्त्री बनेका थिए।
आफ्नै क्याबिनेटका मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि नैतिक संकटमा परेका तत्कालीन प्रधानमन्त्री बोरिस जोन्सनले गत असारमा पदबाट राजीनामा दिएका थिए।
जोन्सनको सरकार ढल्नुअघि सबैभन्दा पहिला राजीनामा तत्कालीन अर्थमन्त्री सुनकले दिएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १० गते, २०८१ - ११:२६
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफीको आज अनावरण गर्दै यस लिगले नेपालको पर्यटन प्रवद्र्धन र युवा खेल प्रतिभा...
मंसिर १० गते, २०८१ - ११:१८
काठमाडौं। नेपाली बजारमा सोमबार एकैदिन सुनको भाउ १६ हजार रुपैयाँले घटेको छ । सुनको भाउ अघिल्लो दिन आईतबारको तुलनामा १५ हजार ९ सय रुपैयाँले घटेको हो । न...
मंसिर १० गते, २०८१ - १०:४१
न्युयोर्क । अमेरिकाले दक्षिण र दक्षिणपूर्वी एसियाका देशहरूबाट चोरी भएको कला फिर्ता गर्ने सिलसिला जारी रहेको छ । जसअनुसार सो पहलको एक भागको रूपमा १०...
मंसिर १० गते, २०८१ - १०:३२
काठमाडौं। एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरण...
मंसिर ९ गते, २०८१ - १७:१२
काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित चार जनालाई चार कारणका आधारमा थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ...
मंसिर ९ गते, २०८१ - १६:५६
भक्तपुर। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले बुद्धले दिएको ज्ञानलाई आफ्नो जीवनपद्धतिमा अनुसरण गर्नु अहिलेको आवश्यकता रहेकोमा जोड...
मंसिर ९ गते, २०८१ - १६:४८
देउखुरी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले जारी गरेको आचारसंहिता र निर्देशन कार्यान्वयन भए नभएको बारेमा नागरिकस्तरबाट ख...
मंसिर ९ गते, २०८१ - १६:३६
काठमाडौं। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आइतबार नेप्से परिसूचक १३ दशमलव शून्य ती...
मंसिर ९ गते, २०८१ - १६:२६
काठमाडौं। अष्ट्रेलियाको राजदुतमा चित्रलेखा यादव नियुक्त भएकी छिन् । नेपाली कांग्रेसकी नेतृ तथा पुर्व उपसभामुख यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले ...
मंसिर ९ गते, २०८१ - १६:२२
काठमाडौं। प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीको राजिनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उनको राजिनामा स्वीकृत गरेका हुन् । सभमुख देबरा...
प्रतिकृया लेख्नुहोस्: