Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

सात वर्षमा पनि कालोपत्र सकिएन चाबहिल–जोरपाटी–थली–साँखु सडक

खबरडबली संवाददाता
काठमाडौँ ।  तलमाथि यात्रा गर्दा कालोपत्र भइसकेको सडक, बीचमा केही भागमा अझै चार पाँच वटा साना ठूला पानी जमेको ताल भेटिँदा लाग्छ यो किन बनेन ? 
  
कागेश्वरी मनोहरा नगरपालिका–६ तिवारीटोलको यो अवस्था एक दशकअघिदेखि यस्तै छ । जहिले पानी जम्ने यो सडकको समस्या कसैले समाधान गर्न सकेका छैनन् । यही मार्गका धेरै काम भइसक्दा पनि यहाँको अवस्था भने सुध्रिएको छैन । सडकको उपलब्ध चौडाइमा कालोपत्र गर्नु भनी सरकारले निर्णय गरेको लामो समयसम्म पनि चावहिल–जोरपाटी–वाग्मती–साँखु सडकका विभिन्न खण्डका काम अझै अलपत्र छ । 
 
मूलपानीका स्थानीयवासी रणेन्द्र फुँयाल तिवारीटोलको सडकमा हुने खाल्डाखुल्डी टाल्न सरोकार भएका निकायलाई पटक–पटक आग्रह गरेपनि पूरा हुन नसकेको बताउनुहुन्छ । वर्षा याममा तिवारीटोलको सडकमा हिँड्दा जुत्ता खोलेर हिँड्नुपर्ने अवस्था आउने गरेको गुनासो गर्नुहुन्छ । 
 
काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले केन्द्रबिन्दुबाट ११÷११ मिटर बढाएर कालोपत्र गर्ने गरी विसं २०७२ ठेक्का सम्झौता गरेको थियो । सम्झौता गरेर काम सुरु गरेको सात वर्षसम्म पनि सडक अलपत्र छ । यसबीचमा सडक किनार दायाँबायाँका घर तथा जग्गा धनीले सर्वोच्चमा दायर गरेको मुद्दामा सर्वोच्चले घर जग्गाकै मुआब्जा दिएर मात्र सडक विस्तारगर्नु भनी सरकारका नाममा २०७४ असोजमा आदेश दिएको थियो । सरकारले पुनरावलोकनको माग गरेकामा मुआब्जा नै दिनु भन्ने आदेश भएको थियो । यसपछि सरकारले चावहिल–जोरपाटी–साँखु र त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडकमा उपलब्ध चौडाइमै कालोपत्र गर्ने निर्णय गरेको पनि पाँच वर्ष बितिसकेको छ । तर सडक भने बन्न सकेको छैन । 
 
सडक विस्तारका लागि ‘राइट अप क्लियर’ नगरी ठेक्का गर्दा समस्या आएको हो । एउटा समूह सडक छिटो बनाऊ भन्छ । अर्को समूह सर्वोच्चको आदेश कार्यान्वयन गर भन्छ । उपलब्ध सडकमा छिटो कालोपत्रगर्न सरकारले भनेको वर्षौ वितिसक्दा पनि यात्रु र स्थानीयवासी सास्ती खेप्न बाध्य छन् । वर्षौ चुप लागेर बस्ने निर्माण व्यवसायी सरोकार भएका निकायले अनुगमनगर्ने भनेपछि यन्त्रसहित सडकमा काम गरेझैँ गरी रिझाउन खोज्छन् । चावहिलका स्थानीयवासी शङ्करकुमार श्रेष्ठ अनुगमन टोली फर्कने वित्तिकै काम बन्द हुने गरेको अनुभव सुनाउछन् । कालोपत्र गरिएका स्थानको पनि किनारका भागमा अझै अलपत्र छोड्दा सडकमा समस्या भएको उनले गुनासो गरे । टुसालचोकमा हायात होटलको पौडीपोखरीबाट निस्कने पानी र महाङ्कालबाट वर्षाद्का समयमा आउने बाढीले सडक जीर्ण छ । 
 
दुवैको व्यवस्थापन नभएसम्म सडक सुध्रिँदैन । हायात होटलबाट टुसालसम्म गरिएको कालोपत्र पौडी पोखरीको पानी र वर्षाद्को भेलले केही दिनमै बिगारेको थियो । टुसालचोकबाट महाङ्काल निस्कने अमिताभ बुद्ध मार्गमा काठमाडौँ महानगरपालिकाले बनाएको सडक पनि दुई महिना पनि टिकेन । दुवै सडकमा निर्माण व्यवसायीले हायात होटलबाट आउने भेलले सडक बिगारेको दाबी गर्दै आएका छन् ।
 
टुसालसम्म २२ मिटरकै हाराहारीको सडक भए पनि त्यसपछि साँघुरो देखिन्छ । महानगरीय प्रहरी वृत्त बौद्धको भवनसमेत काठमाडौँ उपत्यका विकास प्राधिकरणले तोकेको मापदण्डविपरीत छ । मापदण्ड विपरीतको सरकारी भवन पहिलो चरणमा भत्काउनुपर्ने भनी सङ्घीय संसद्को विकास समितिले दिएको निर्देशन अझै कार्यान्वयन भएको छैन । 
   
प्रत्येक वर्ष डुबानमा पर्ने गर्छ विश्व सम्पदा क्षेत्र बौद्ध स्तुप विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध स्तुपसहितको सांस्कृतिकस्थल एवं यस वरपरको सडक तीन चुलेबाट आउने बाढीका कारण प्रत्येक वर्ष वर्षाद्मा डुब्ने गरेको छ ।
 
यद्यपि यो सडकमा कालोपत्र भइसकेको छ । कालोपत्र गर्दा पनि ढल व्यवस्थित नगर्दा सम्पदा क्षेत्र डुबान हुन नछोडेको हो । डुबानका बेला यस क्षेत्रमा सवारी आवागमनमा समेत बाधा पुग्ने गरेको छ । सवारी घण्टौँ जाममा पर्दा टाढा पुग्ने यात्रुले सास्ती भोग्छन् । बौद्ध पिपलबोटबाट जोरपाटीतर्फ तल्लोपट्टि भागमा सडक बढाउन खोजेपछि स्थानीयवासीले घर भत्काएका छैनन् । प्राधिकरणले पक्षपात गरेर एकातर्फमात्र ‘डिमार्केसन’ गरेको स्थानीय महेन्द्र लामाले बताउनुभयो ।
 
केन्द्रबिन्दुबाट दुवैतिर उत्तिकै जग्गा लिए दिन तयार रहेको उहाँले बताउनुभयो । जोरपाटी क्षेत्रका केही घर भत्किए पनि धेरैले मुआब्जा माग गरेका छन् । यस क्षेत्रको सडककोबीच भाग कालोपत्र भए पनि दायाँबायाँ अझै जीर्ण छ । कति ठाउँमा कालोपत्र भएको केही समयमै सडक भत्कन थालिसकेको छ । दक्षिणढोकामा पुलको चौडाइ सानो हुँदा गोकर्ण जङ्गलतिरबाट आउने खोलाको बाढीले वर्षाद्मा यहाँको बस्ती डुब्ने गरेको गोकर्णेश्वर नगरपालिका–७ का अध्यक्ष केशव गुरुङले बताउनुभयो । दशकौँदेखि यो समस्या समाधान हुन नसकेको उहाँले गुनासो गर्नुभयो ।
 
तिवारीटोल, थली एवं डाँछी बजारका स्थानीयवासीले घर जग्गाको मुआब्जा माग गर्दै सडक विस्तार गर्न मानेका छैनन् । करिब १२ किमीको यो सडक पाँच खण्डमा काम भइरहेको छ । चावहिलबाट वाग्मती पुलसम्मको ३।६ किमी खण्डमा युनाइटेड विल्डर्स एण्ड इञ्जिनीयर्स प्रालिले काम गरिरहेको छ । दक्षिणढोकाबाट थली उकालोसम्म २।४ किमी दूरीमा बज्रगुरु÷च्याङमिला÷खानी जेभीको ठेक्का छ । 
 
थलीबाट डाँछी तीन किमी दूरीमा बज्रगुरु÷बिरुवा÷खानी जेभी, डाँछीबाट सलम्बुटार वनकोबीच सडकसम्म बिटी÷सुनकोसी÷वल्र्डवाइड जेभी र त्यहाँबाट साँखुसम्मको एक किमी सडकमा लामा÷समानान्तर जेभीले ठेक्का पाएका छन् । लामा÷समानान्तर जेभीको केही काम मात्र बाँकी रहेको विस्तार आयोजनाले जनाएको छ । 
 
साइड पोष्ट र रोड मार्कको काम मात्र बाँकी छ । आयोजना प्रमुख कृष्णनाथ ओझा यो सडकका लागि पुससम्मको समय दिएको बताउनुहुन्छ । त्यससमयसम्ममा काम सक्न निर्देशन दिइएको छ । करिब दुई किमी क्षेत्रको काममात्र बाँकी रहेको पनि उनले सुनाए।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सांसद राईको असंसदीय अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेका सांसद राजेन्द्र राईले बुधबारको प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको असंसदीय अभिव्यक्ति संसद्को अभिलेख (र...

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?

काठमाडौं। प्रधानमन्त्रीले आज बुधबार दिउँसो ३:३० बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारमा बस्न...

प्रशासकीय भवनबाट खसेका मजदुरको मृत्यु

बिर्तामोड। झापाको बाह्रदशी गाउँपालिकाको नयाँ प्रशासकीय भवनबाट लडेर घाइते भएका कामदारको उपचारको क्रममा  मृत्यु भएको छ ।  मंगलवार बिहान ९:४० बजे बाह्...

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ। प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । एमालेका सांसद राजेन्द्रकुमार राईले सभामुखले कान सुन्नुहुन्छ कि हुन्न ? भनि आफ्नो अभिव्य...

नियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

रुपन्देही । विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनल चिटिक्क परेको छ । अत्याधुनिक भवन, चम्किला काउन्टर, एक्स–रे मेसिन, अध्यागमन डेस्क, प्रस्थान कक्ष र धावनम...

अर्थतन्त्रलाई चलायमान बनाउन प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउन उद्योगी तथा व्यवसायीहरूसँग बुधबार विशेष स...

व्यवस्थापनबिनै विस्थापन गरेको भन्दै सुकुमवासीको मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । काठमाडौं उपत्यकाबाट विस्थापित सुकुमवासीहरूले आफ्नो मानव अधिकार उल्लंघन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। राष्ट्रि...

ठूला विद्युतीय सवारीमा कर्जा–मूल्य अनुपात बढाइने

काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...

राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदै: आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...

संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending