Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

अब स्याटलाइटमार्फत ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा प्रदान

खबरडबली संवाददाता
काभ्रेपलाञ्चोक । स्याटलाईटमार्फत नेपालका ग्रामीण भेगमा इन्टरनेट सेवा प्रदान गर्नेबारे काभ्रेपलाञ्चोकको धुलिखेलमा बृहत छलफलको आयोजना गरिएको छ । एशिया प्यासिफिक टेलिकम्युनिटी र नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा ‘वर्तमान प्रविधिको प्रयोग र यसको उपादेयता’ विषयक तीन दिने दक्षिण एशियाली कार्यशालामा इन्टरनेट सेवामा नयाँ प्रविधिको विकासबारे छलफल हुनेछ । 
 
कार्यशालामा नेपालको ग्रामीण भेगमा स्याटलाइटमार्फत इन्टरनेट सेवा प्रदान गर्न तथा दक्षिण एशियामा टेलिकम्यूनिकेशनको क्षेत्रमा गर्न सकिने नयाँ प्रविधिको विषयमा वृहत छलफल हुनेछ । कार्यशालामा नेपाल, भारत, बङ्गलादेश, अफ्गानिस्तान, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भूटानका टेलिकम्यूनिकेशनको उत्पादक, सेवाप्रदायक र नियामक निकाय तथा स्याटलाइट स्पेसमा कार्यरत हङ्कङ र मलेसियाका सेवाप्रदायक संस्थाका प्रतिनिधिसमेतको सहभागिता रहेको छ । 
 
कार्यशालाको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले आज उद्घाटन कार्यक्रममा कोभिड–१९ को महामारी र त्यसपछिको समयमा प्रविधिको महत्व अझ बढेको बताए । उनले नेपालका गाउँगाउँमा स्याटलाइटमार्फत इन्टरनेट सेवा प्रदान गर्न गरिने छलफलले सार्थकता पाउनेमा आफू विश्वस्त रहेको बताए । 
 
यस्तै दक्षिण एशियाली टेलिकम्यूनिकेशनका महासचिव मेनोसोरी कोण्डोले नेपालस्थित नेपाल दूरसञ्चार प्राधिकरणले दक्षिण एशियामा टेलिकम्यूनिकेशनको क्षेत्रमा गर्न सकिने नयाँ प्रविधिको विषयमा वृहत छलफल गरेकोमा खुसी व्यक्त गरे। 
 
सो अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक दिपेश आचार्यले टेलिकम्यूनिकेशनको प्रविधि ठूलो क्षेत्रमा प्रयोग भइरहेने हुँदा जुन प्रविधिको प्रयोग हुन्छ फ्रिक्वेन्सी प्रयोग, सामग्रीको उपलब्धतामा सहजताका कारण सोही प्रविधि अन्य राष्ट्रले पनि प्रयोग गर्नुपर्ने बताए। नेपालको पहाडी भू–भागमा कस्तो प्रविधिको प्रयोग गर्न सकिन्छ भन्नेबारे पनि छलफल हुने उहाँले जानकारी दिए।
 
आचार्यका अनुसार एशियाली क्षेत्रअन्तर्गत नेपालको भौगोलिक र सांस्कृतिक सामिप्यताका कारण ‘फाइभ–जी’, स्याटलाइट प्रविधि, वाइफाइ एक्सेसका क्षेत्रका लागि उपयुक्त के हुनसक्छ र प्रत्येक नागरिकको हातमा इन्टरनेट पु¥याउन के प्रयोग गर्दा ठिक हुन्छ भन्ने विषयमा विविध छलफलको योजना बनाइएको छ । 
 
कार्यशालाको मूल उद्देश्यनै टावरले नधानेको नेपालका विभिन्न स्थानमा इन्टरनेट पु¥याउने उपायको खोजी नै रहेको जनाइएको छ । “स्याटलाइटमार्फत इन्टरनेट सेवा प्रदान गर्न पहिला महँगो थियो, अहिले सस्तो आएको यसबारे उपायको खोजी गरिनेछ र वाइफाइ, अप्टिकल फाइवर, आर्टिफिसियल इन्टेलिजेन्समा पनि छलफल केन्द्रीत रहनेछ”, आचार्यले भन् । 
 
नेपालको ‘फाइभ–जी’ इन्टरनेट सेवा मोबाइलमा मात्र हैन, अब सूचना–प्रविधिका सामग्रीमा पनि इन्टरनेटबाट नियन्त्रण गर्न सकिने भएकाले प्रविधिमा नयाँपनको आवश्यकता महसुस गरिएको हो । बिहीबारसम्म सञ्चालन हुने कार्यशालामा भौतिक रुपमा ८० र भर्चुअल  माध्यमबाट एक सय जना सहभागी छन् । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसभित्र ‘हुकुमी शासन’को प्रवृत्ति देखिन थालेको छ: शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र हुकुमी शैलीको नेतृत्व र निरंकुश प्रवृत्ति देखिन थालेको टिप्पणी गरेका छन्। बुधबार न...

कालिकोटको सडक निर्माणमा अनियमितता, पूर्वउपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपैय...

‘सामाजिक लोकतन्त्र’ अपनाउनु कांग्रेसका लागि पश्चगमन हुन्छ : बिमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले कांग्रेसले ‘प्रजातान्त्रिक समाजवाद’को सिद्धान्त त्यागेर ‘सामाजिक लोकतन्त्र’लाई अंगीकार गर...

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अग्रव...

दैलेखमा सर्पको टोकाइबाट आमा–छोराको मृत्यु

दैलेख​। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ मा सर्पको टोकाइबाट आमा–छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी न...

मन्त्रीपरिषद्‍ बैठकका सात निर्णय : विशेष र श्रम अदालतमा अध्यक्ष तोकिए, मिटरब्याजसम्बन्धी फर्जी लिखत अवैध घोषणा

काठमाडौं। सरकारले विशेष अदालत र श्रम अदालतमा नयाँ अध्यक्ष नियुक्त गर्नुका साथै शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्ण...

गणेश नेपाली मृत्यु प्रकरण: छानबिनका लागि पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा समिति गठन

काठमाडौँ। सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्क...

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको...

गगन थापालाई एक्लै पार्टी चलाउने रोग लागेको छ: प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टी सभापति गगन थापामाथि पार्टी सञ्चालन शैलीलाई लिएर आलोचना गरेका छन्। बीपी कोइरालाको ४४औँ स्मृ...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रीपरिषद्‍मा पेस

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गरेको छन्। प्रधानमन्त्री...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending