काठमाडौं । युक्रेन युद्धका लागि जगेडा सैनिकहरूलाई बोलाउने क्रेमलिनको निर्णयबाट बच्न रुसी पुरुषहरूले देश छाड्ने प्रयास गर्दा रुसको सिमानामा लामा लामहरू देखा परेका छन्।
राष्ट्रपति भ्लादिमिर पुटिनले बुधवार आंशिक सैन्य परिचालनको घोषणा गरेका थिए। उक्त निर्णयसँगै थप तीन लाख जना मानिसले युद्धमा सामेल हुनुपर्ने देखिएको छ।
यद्यपि क्रेमलिनले लडाकु उमेरका पुरुषहरू भागेको भन्ने विवरणहरू अतिरञ्जित भएको बताएको छ।
तर जर्जियासँगको सीमामा युद्धबाट भाग्न खोज्ने पुरुषसहितका सवारीसाधनका कैयौँ किलोमिटर लामा ताँती बनेका छन्।
लामो लाइन
नाम खुलाउन नचाहने एक व्यक्तिले बीबीसीका रेहान दिमित्रीलाई राष्ट्रपति पुटिनको घोषणालगत्तै आफू आफ्नो राहदानी समातेर सीमातर्फ हिँडेको बताए।
उनी पनि युद्धका लागि पठाउन सकिने सम्भावित समूहमा परेका थिए। केही प्रत्यक्षदर्शीले अपर लार्स जाँचचौकीमा कारहरूको लाइन करिब पाँच किलोमिटरसम्म लामो भएको अनुमान गरेका छन्।
त्यस्तै अर्को समूहले सीमा पार गर्न सात घण्टा लागेको बताएको छ। उक्त स्थानको भिडिओमा केही चालकले आफ्नो कार वा ट्रकलाई अस्थायी रूपमा रोकिएको ट्राफिकमा छाडेको देखाइएको छ।
जर्जिया रुसीहरूले भिसा आवेदन नदिई प्रवेश गर्न मिल्ने केही छिमेकी देशमध्ये एक हो। त्यस्तै रुसीहरूलाई यात्रा गर्न भिसा आवश्यक पर्ने अर्को छिमेकी देश फिनल्यान्डको रुससँग एक हजार तीन सय किलोमिटर सीमा जोडिएको छ।
उक्त देशमा प्रवेश गर्ने ट्राफिकमा पनि रातभरि वृद्धि भएको बताइएको छ। तर त्यो व्यवस्थित स्तरमा रहेको जनाइएको छ।
हवाई टिकटको मूल्यवृद्धि
क्रेमलिनको सैन्य परिचालनसम्बन्धी घोषणा लगत्तै हवाईमार्गबाट पुग्न सकिने अन्य गन्तव्यहरू इस्तानबुल, बेलग्रेड तथा दुबईलगायतमा जाने टिकटको मूल्य ह्वात्तै बढेको देखिएको छ।
कतिपय ती गन्तव्यमा टिकटहरू पूर्ण रूपमा बिक्री भइसकेका छन्। टर्कीका सञ्चारमाध्यमले एकातर्फी टिकट बिक्रीमा व्यापक वृद्धि भएको जनाएका छन्।
जर्मनीका आन्तरिक मामिलासम्बन्धी मन्त्रीले बिहीवार क्रेमलिनको निर्णयपछि भागेका रुसीहरूलाई आफ्नो देशमा स्वागत गर्ने सङ्केत गरेकी छन्।
उनले "गम्भीर दमन"को धम्कीको सामना गर्नेहरूले सुरक्षा जाँचपछि उनीहरूको घटनाका आधारमा सुरक्षा पाउने बताएकी छन्।
रुस र युक्रेन के भन्छन्?
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई त्यसबारे सोध्दा त्यसो गर्नु कानुन विपरीत नभएको बताए।
युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले बिहीवार रातिको सम्बोधनमा रुसीहरूलाई क्रेमलिनको निर्णयको प्रतिरोध गर्न आग्रह गरेका छन्।
उनले युद्धमा रुसीहरूको मृत्युलाई उल्लेख गर्दै भने, "थप मारिन चाहनुहुन्छ? होइन? त्यसो भए विरोध गर्नुहोस्, लड्नुहोस्, भाग्नुहोस् वा युक्रेनीसँग आत्मसमर्पण गर्नुहोस्।"
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: