Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

स्याउ उत्पादनदेखि बजारीकरणसम्म सरकारको प्राथमिकतामाः अर्थमन्त्री शर्मा

खबरडबली संवाददाता
जुम्ला । अर्थमन्त्री जनार्दन शर्माले जुम्लाको स्याउ उत्पादनदेखि बजारीकरणसम्म सरकारको विशेष प्राथमिकतामा रहेको बताएका छन्। जुम्ली स्याउको पहिचान र महत्व छुट्टै रहेको उल्लेख गर्दै उनले किसानलाई प्रोत्साहनदेखि सहुलियत कर्जा र उत्पादित बस्तुको बजारीकरणमा सहयोग गर्न सरकार गम्भीर भएर लागिपरेको स्पष्ट पारे।
 
जुम्लाको गुठिचौर गाउँपालिका–५ स्थित गुठीचौर एग्रोफर्मको उद्घाटन गर्न शनिबार जुम्ला पुगेका अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रलाई उकास्न र बलियो बनाउन कृषि क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे । उनले भने, “मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रको उल्लेखीय योगदान छ । एक किसानले एक वर्षमा पाँचसय स्याउका बिरुवा रोप्नुपर्छ ।”
 
कृषि उत्पादन वृद्धिविना मुलुकको आर्थिक समृद्धि सम्भव नभएको उल्लेख गर्दै मन्त्री शर्माले भने, “कर्णालीसँग समग्र मुलुकलाई नै पाल्नसक्ने क्षमता भएकाले कर्णालीमा लगानी बढाउन जरुरी छ ।” उहाँले किसान पेसन कार्यक्रमलाई दुर्गममा पु¥याउने र किसानलाई उपयुक्त प्रविधि मल बीउ समयमै वितरण गर्ने सरकारको पहिलो काम भएको जानकारी दिए। 
 
“जुम्लाको स्याउ, सिमी र ओखरले नै जुम्लाको अर्थतन्त्रमा सुधार ल्याउँछ । तीनै तहका सरकारले कृषिमा युवा आकर्षित गर्ने नीति ल्याउन जरुरी छ । गुठिचौर एग्रो फार्म जुम्लाको आर्थिक विकासका एक आयाम हो”, अर्थमन्त्री शर्माले भन्नुभयो, “सङ्घीय सरकारले दुर्गमक कृषि क्षेत्र उत्थानका लागि आवश्यक लगानीको नीति बनाउँछ ।” उनले कर्णाली कृषि, पर्यटन, जडीबुटीका हिसाबले प्रचुर सम्भावनायुक्त प्रदेश भए पनि ठोस नीति र पर्याप्त बजेट अभावले कर्णालीको अर्थतन्त्र सुधार नभएको बताए।
 
सांसद गजेन्द्रबहादुर महतले गुठिचौर एग्रोफर्म जुम्लाकै नमूना र आर्थिक समृद्धिको आधार रहेको बताए । उनले गुठिचौर एग्रोफर्मले सयौँलाई रोजगारी सिर्जनादेखि कृषि क्रान्तीको सुरुआत भएको उल्लेख गरे। 
 
विसं २०७५ देखि सुरुआत गरिएको गुठिचौर एग्रोफर्ममा १३ करोड लगानी गरेर ३३ हजार बिरुवा रोपिएको सञ्चालक मिमबहादुर भण्डारीले बताए। उनका अनुसार ५० हजार बिरुवा रोप्ने लक्ष्य राखिएको छ । जुम्लाकै ठूलो स्याउ बगैँचा उद्घाटन गर्न अर्थमन्त्री ल्याउनु जुम्लाको सम्भावनालाई देखाउन खोजिएको हो । जुम्लाले कृषि क्रान्तीमा यसले सुरु गर्छ । स्याउलाई आर्थिक समृद्धिको मेरुदण्डका रुपमा खेती गर्न जरुरी छ । जुम्लाले एक घर एक बगैँचाको अवधारणा अघि सारेपछि स्याउ बगैँचा लगाउनेको होडबाजी नै चलेको सञ्चालक भण्डारीले जानकारी दिए। 
 
गत वर्षभन्दा यो वर्षमा स्याउ उत्पादनमा केही वृद्धि भएकाले किसानले स्याउको उचित मूल्य पाउन नसकेको स्याउ किसानको गुनासो छ । जिल्लाको उत्पादनमूलक स्याउ सुर्खेत, नेपालगञ्ज, कोहलपुर, काठमाडौँ, बुटवल, दाङ र नारायणघाटको सहरसम्म पुगे पनि बजारमा जुम्लाको स्याउले खासै मूल्य नपाएको स्याउ व्यापारी धर्मसंह कठायतले बताए ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयरल्याण्डविरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको पहिलो खेल आज हुदैछ । यस खेलमा नेपाल ए का कप्तान विनोद भण्डारीले टस जितेर पहिला बलिङ गर्न...

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने भएका छन् । शुक्रबारविश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदे...

देउवाले मनोनित गरे पार्टीको सहकारी र जनजाति विभागका १०-१० सदस्य

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सहकारी विभाग र आदिवासी जनजाति विभागका सदस्य मनोनयन गरेका छन् ।  पार्टीका मुख्य सचिव ...

गृहमन्त्री लामिछाने बनाए प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे छानबिन गर्न समिति गठन गरेका छन् ।  गृहमन्त्री लाम...

वालिङमा मृतकका आफन्तले पाए क्षतिपूर्ति

स्याङ्जा । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा मृतकका आफन्तले झन्डै रु दुई करोड क्षतिपूर्ति प्राप्त गरेका छन् । विशेषगरी ...

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको बताएको छन् ।   आज यहाँ आयोजित ...

महासभामा भाग लिएर सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर–व्यवस्थापिका सङ्‍घको १४८ औँ महासभामा भाग लिएर सभामुख घिमिरे स्वदेश फर्किए...

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, एक तोलाको सुनको मुल्य एक लाख ३० हजार

काठमाडौं । बजारमा सुनको मूल्यले  तोलामा २ हजार एक सय रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँ ...

हाम्रो नेपाली पार्टीले नवनियुक्त मन्त्री बज्रचार्यलाइ कारबाही गर्ने

हेटौंडा। हाम्रो नेपाली पार्टी (हानेपा) ले प्रदेशमा हालै नियुक्त भएका पार्टीकालाई कारबाही गर्ने भएको छ । हिजो मात्रै बागमती प्रदेश सरकारमा सहभागी भए...

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि कामविहीन भएको छ । तेस्रो मुलुकबाट आउने पर्यटक नभएपछि जमुनाह नाकामा रहेको उ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies