Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

स्याउ उत्पादनदेखि बजारीकरणसम्म सरकारको प्राथमिकतामाः अर्थमन्त्री शर्मा

खबरडबली संवाददाता
जुम्ला । अर्थमन्त्री जनार्दन शर्माले जुम्लाको स्याउ उत्पादनदेखि बजारीकरणसम्म सरकारको विशेष प्राथमिकतामा रहेको बताएका छन्। जुम्ली स्याउको पहिचान र महत्व छुट्टै रहेको उल्लेख गर्दै उनले किसानलाई प्रोत्साहनदेखि सहुलियत कर्जा र उत्पादित बस्तुको बजारीकरणमा सहयोग गर्न सरकार गम्भीर भएर लागिपरेको स्पष्ट पारे।
 
जुम्लाको गुठिचौर गाउँपालिका–५ स्थित गुठीचौर एग्रोफर्मको उद्घाटन गर्न शनिबार जुम्ला पुगेका अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रलाई उकास्न र बलियो बनाउन कृषि क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे । उनले भने, “मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रको उल्लेखीय योगदान छ । एक किसानले एक वर्षमा पाँचसय स्याउका बिरुवा रोप्नुपर्छ ।”
 
कृषि उत्पादन वृद्धिविना मुलुकको आर्थिक समृद्धि सम्भव नभएको उल्लेख गर्दै मन्त्री शर्माले भने, “कर्णालीसँग समग्र मुलुकलाई नै पाल्नसक्ने क्षमता भएकाले कर्णालीमा लगानी बढाउन जरुरी छ ।” उहाँले किसान पेसन कार्यक्रमलाई दुर्गममा पु¥याउने र किसानलाई उपयुक्त प्रविधि मल बीउ समयमै वितरण गर्ने सरकारको पहिलो काम भएको जानकारी दिए। 
 
“जुम्लाको स्याउ, सिमी र ओखरले नै जुम्लाको अर्थतन्त्रमा सुधार ल्याउँछ । तीनै तहका सरकारले कृषिमा युवा आकर्षित गर्ने नीति ल्याउन जरुरी छ । गुठिचौर एग्रो फार्म जुम्लाको आर्थिक विकासका एक आयाम हो”, अर्थमन्त्री शर्माले भन्नुभयो, “सङ्घीय सरकारले दुर्गमक कृषि क्षेत्र उत्थानका लागि आवश्यक लगानीको नीति बनाउँछ ।” उनले कर्णाली कृषि, पर्यटन, जडीबुटीका हिसाबले प्रचुर सम्भावनायुक्त प्रदेश भए पनि ठोस नीति र पर्याप्त बजेट अभावले कर्णालीको अर्थतन्त्र सुधार नभएको बताए।
 
सांसद गजेन्द्रबहादुर महतले गुठिचौर एग्रोफर्म जुम्लाकै नमूना र आर्थिक समृद्धिको आधार रहेको बताए । उनले गुठिचौर एग्रोफर्मले सयौँलाई रोजगारी सिर्जनादेखि कृषि क्रान्तीको सुरुआत भएको उल्लेख गरे। 
 
विसं २०७५ देखि सुरुआत गरिएको गुठिचौर एग्रोफर्ममा १३ करोड लगानी गरेर ३३ हजार बिरुवा रोपिएको सञ्चालक मिमबहादुर भण्डारीले बताए। उनका अनुसार ५० हजार बिरुवा रोप्ने लक्ष्य राखिएको छ । जुम्लाकै ठूलो स्याउ बगैँचा उद्घाटन गर्न अर्थमन्त्री ल्याउनु जुम्लाको सम्भावनालाई देखाउन खोजिएको हो । जुम्लाले कृषि क्रान्तीमा यसले सुरु गर्छ । स्याउलाई आर्थिक समृद्धिको मेरुदण्डका रुपमा खेती गर्न जरुरी छ । जुम्लाले एक घर एक बगैँचाको अवधारणा अघि सारेपछि स्याउ बगैँचा लगाउनेको होडबाजी नै चलेको सञ्चालक भण्डारीले जानकारी दिए। 
 
गत वर्षभन्दा यो वर्षमा स्याउ उत्पादनमा केही वृद्धि भएकाले किसानले स्याउको उचित मूल्य पाउन नसकेको स्याउ किसानको गुनासो छ । जिल्लाको उत्पादनमूलक स्याउ सुर्खेत, नेपालगञ्ज, कोहलपुर, काठमाडौँ, बुटवल, दाङ र नारायणघाटको सहरसम्म पुगे पनि बजारमा जुम्लाको स्याउले खासै मूल्य नपाएको स्याउ व्यापारी धर्मसंह कठायतले बताए ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यूएईस्थित नेपाली दूतावासद्वारा सुरक्षा सम्बन्धी सचेतना, अफवाह नफैलाउन अपिल

काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले त्यहाँको सुरक्षा परिस्थिति ध्यानमा राख्दै नेपाली समुदायलाई सामाजिक सञ्जालमा अफवाह नफैला...

अमेरिकी लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल काठमाडौंमा

काठमाडौँ । अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल नेपाल आएका छन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार उनले नेपाल भ्रमण गरेका नेपाली सेनाका प्रवक्ता ...

रास्वपाको सचिवालय बैठक भर्चुअल हुने, समानुपातिक सांसद सूची टुंग्याउने

काठमाडौँ । समानुपातिक सांसदहरूको सूची टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक भर्चुअल रूपमा बस्ने भएको छ। बैठक भर्चुअल हुन...

डीएसपी यादवमाथि छानबिन, रुकुम पूर्व प्रहरी जिम्मेवारीबाट हटाइयो

काठमाडौँ । रुकुम पूर्वका डीएसपी उमाशंकर प्रसाद यादवमाथि छानबिन थालिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालयको जिम्मेवारीबाट हटाएर लुम्बिनी प्रदेश प्रहरी का...

रास्वपाले आज समानुपातिक सांसदको सूची बुझाउने, नयाँ सरकार गठन १० दिन लाग्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीबाट समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरूको नामावली आज निर्वाचन आयोग मा बुझाउने तयारी गरेको ...

सुनको मूल्य तोलामा चार हजार ८ सयले घट्यो

काठमाडौँ । शुक्रवारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा रु चार  हजार ८००  र चाँदीको मोल रु २२५ ले घटेको हो ।  ...

तानसेनमा पिकअपको ठक्करबाट युवकको मृत्यु

तानसेन। पिकअप जिपको ठक्करबाट एक जना युवकको मृत्यु भएको छ । पाल्पास्थित सिद्धार्थ राजमार्ग हुँदै शनिबार साँझ आर्यभाङ्ज्याङ्बाट बर्तुङ्तर्फ गइरहेको ल...

भेडेटार-राजारानी-रविराँके सडक ४८ घण्टादेखि अवरुद्ध

धनकुटा। निर्माणधीन भेडेटार-राजारानी-रविराके सडक खण्डअन्तरगत साँगुरीगढी गाउँपालिका भेडेटार–६, स्थित थुम्की क्षेत्रको करिब ४८ घण्टादेखि सडक अवरुद्व भएको...

ठूलो परिमाणको गाँजासहित भारतीय कार नियन्त्रणमा

बर्दीबास। महोत्तरीको रामगोपालपुर क्षेत्रमा प्रहरीले करिब १०९ किलो गाँजासहित भारतीय नम्वर प्लेटको कार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका...

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

सुनसरी। हरिनगर गाउँपालिका–१ मा गएराति सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीया दीपक दास रहेको जिल्ला प्रहरी कार्यालय...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: