Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

प्रधानमन्त्री देउवाद्वारा उपभोक्तालाई ठगीबाट बचाउन निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उपभोक्तालाई कुनै पनि किसिमको ठगीबाट बचाउन र उनीहरूको अधिकतम हित सुनिश्चित हुने गरी कार्य गर्न सरकारका सरोकारवाला निकायहरूलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा उनले मुलुकमा दसैँँ, तिहार, छठ जस्ता राष्ट्रिय चाडपर्वहरूको चहलपहल सुरु भएसँगै बजारमा कृत्रिमरूपमा हुने मूल्य वृद्धिलाई नियमन र नियन्त्रण गर्न आग्रह गरे। उनले भने, “अत्यावश्यक उपभोग्य वस्तुको अभाव हुन नदिन तथा उपभोग्य वस्तुहरूमा जथाभावी मिसावट हुन नदिई खाद्य वस्तुहरूको गुणस्तर कायम राख्न सबैले आआफ्नो क्षेत्रमा अनुगमन र सुपरीवेक्षणलाई बढाउनुपर्ने हुन्छ ।”

प्रधानमन्त्री देउवाले अस्वाभाविक मूल्य वृद्धिलाई नियन्त्रण गर्न, अत्यावश्यक वस्तुको सहज र सर्वसुलभ उपलब्धता कायम गर्न, खाद्य वस्तुको स्वच्छता कायम गर्न र वस्तुको गुणस्तर तथा नापतौलमा कुनै मोलाहिजा हुन नदिन सरोकारवाला सबै निकायहरूलाई सक्रियता साथ बजार अनुगमन कार्यमा खटिन निर्देशन दिए।

उनले भने, “बजार अनुगमन गर्दा थोक तथा खुद्रा सबै किसिमका अनुचित व्यापारिक क्रियाकलापलाई प्रत्यक्षरूपमा निगरानी गर्नुपर्ने हुन्छ । यस क्रममा सम्बन्धित सबै निकायको प्रतिनिधित्व हुने गरी संयुक्त अनुगमन टोली गठन गरी केन्द्रदेखि स्थानीय तहसम्म परिचालित हुन म सम्बन्धित निकायहरूलाई निर्देश गर्दछु ।”

उहाँले केन्द्रीयस्तरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्त मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालय र अन्य सम्बन्धित मन्त्रालय तथा निकायहरूले पनि बजार अनुगमन कार्यको समन्वय गरी बजारका गतिविधिलाई स्वच्छ र उपभोक्तामैत्री बनाउन विशेष पहलकदमी लिन आवश्यक छ भने ।

अहिले इन्धन, खाने तेल, गहुँलगायतका कतिपय खाद्य वस्तुहरूको अन्तर्राष्ट्रिय बजारमा भएको मू्ल्य वृद्धि तथा रुस–युक्रेन युद्धका कारण विश्व आपूर्ति प्रणाली शृङ्खलामा आएको व्यवधानले कतिपय उपभोग्य वस्तुको मूल्य बढेको र उपभोक्ताहरू बढी मारमा परिरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले त्यसमाथि बजारमा हुने कृत्रिम अभाव, कालोबजारी र अस्वाभाविक मूल्यले सर्वसाधारण जनतालाई थप आहत बनाउने बताए। यस पृष्ठभूमिमा बजार अनुगमनलाई तीव्र बनाउँदै उपभोक्तालाई कुनै पनि किसिमको ठगीबाट बचाउन र उनीहरूको अधिकतम हित सुनिश्चित हुने गरी कार्य गर्न सम्पूर्ण सरोकारवाला निकायहरूलाई उहाँले आग्रह गरे।

विभिन्न चार मन्त्री र सचिवहरुसहितको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले १२ बुँदे निर्देशन दिएको हो । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, अर्थमन्त्री जनार्दन शर्मा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, स्वास्थ तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, गृहसचिव विनोद सिंह, अर्थसचिव कृष्णहरी पुष्कर, उद्योगसचिव तोयानारायण ज्ञवाली, वाणिज्य तथा आपूर्तिसचिव तोयम राया, काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराईलगायतका उच्च सरकारी अधिकारीको सहभागिता रहेको थियो ।

छलफलमा उद्योगमन्त्री बडूले बजार अनुगमनको विद्यमान अवस्थाका बारेमा जानकारी गराउँदै आफू मातहत सबै निकायलाई प्रभावकारी बजार अनुगमनका लागि निर्देशन दिइसकेको बताए । साथै उहाँले अन्तरमन्त्रालय समन्वय गरी अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन लाग्नुपर्ने बताएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

एनपिएलमा च्याम्पियन बन्ने दौडमा यी चार टोली

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ ...

पोखरा विमानस्थल भ्रष्टाचारमा प्रदीप अधिकारी पनि संलग्न

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडि...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटाला : ५ पूर्वमन्त्रीसहित ५५ जनामाथि ८ अर्ब भ्रष्टाचार मुद्दा

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको व्यापक अनियमिततामा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध अख्तियार दुरु...

नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइयो

धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा...

सिंहदरबारमा पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...

धरानमा गाडी दुर्घटना : एकको मृत्यु, एघार जना घाइते

धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...

बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...

महिलामाथिको हिंसाको स्वरुप बदलिँदै छ, कम भएको छैन : सपना मल्ल

काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending