काठमाडौं । युक्रेनको राजधानी किएभमा भएका शृङ्खलाबद्ध हवाई हमलाका कारण कैयन् आवासीय भवनहरू क्षतिग्रस्त भएको मेयर भिताली क्लित्स्कोले बताएका छन्।
उनले मानिसहरूलाई आश्रयस्थलमा शरण लिन भनेका छन्।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सचिव आन्द्री यर्माकले ती हमलाहरू इरानले दिएका रुसी 'कामिकाजी ड्रोन'को प्रयोग गरेर गरिएका बताएका छन्।
राजधानी किएभको मध्ये भागस्थित शेभ्चेनकिभ्स्की इलाकामा त्यस्ता तीनवटा विस्फोट भए। हरेक विस्फोटन १० मिनेटको फरकमा भएको थियो। त्यसबाट भएका हताहतीको विवरण आएका छैनन्।
खासगरि द्वितीय विश्वयुद्धका बेला जापानले लडाकू विमानलाई दुश्मनको सैनिक संरचनामा ठोक्काएर गर्ने आत्मघाती हवाई हमला दस्ताका सदस्यलाई कामिकाजी भन्ने गरिन्छ।
लगातार हमला
गतसाता युक्रेनमा रुसले कैयन् क्षेप्यास्त्र प्रहार गर्दा १९ जनाको ज्यान गएको थियो। सोमवार विहान भएका हमलापश्चात उद्धारकर्ताहरू खटाइएको मेयर क्लित्स्कोले बताएका छन्।
शहरमा रहेका बीबीसी सम्वाददाता पल एडम्सका अनुसार स्थानीय समय अनुसार विहानको सात बजे ती विस्फोटनहरू भएका छन्।
यर्माकले चाहिँ टेलिग्राममा लेख्दै ती हमला कामिकाजी ड्रोनको प्रयोग गरेर गरिएको भन्दै युक्रेनलाई सक्दो चाँडो थप हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन भनेका छन्।
इरानले रुसलाई दिएको भनिएका त्यस्तो ड्रोनहरू आकाशमा घण्टौँ रहन सक्छन्। ती ड्रोन लक्षित निशानामा ठोक्किन जान्छन् र विस्फोट हुन्छन्।
रुसले तिनको प्रयोग यसअघि पनि गरेको युक्रेनले बताएको छ। गत साता भएका हमलाहरू रुस र क्राइमियाबीचको पुलमा भएको आक्रमणको बदलास्वरूप गरिएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका थिए।
युद्ध सुरु भएयता राजधानी किएभको मध्ये भागमै हमला भएको त्यो पहिलोपटक थियो। यो साताको सुरुमा बोल्दै राष्ट्रपति पुटिनले युक्रेनमा तत्काल ठूलो स्तरका थप हमला जरुरी नभएको बताएका थिए।
लक्षित गरिएकामध्ये अधिकांश निशानामा प्रहार गरिएको भन्दै युक्रेन देशलाई नै ध्वस्त पार्ने आफ्नो उद्देश्य नभएको बताएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ७ गते, २०८१ - ०९:३२
तनहुँ । तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन् । भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउन...
आश्विन ७ गते, २०८१ - ०९:१५
म्याग्दी । नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ । नेपाली कागज बनाउन कच...
आश्विन ७ गते, २०८१ - ०८:५८
काठमाडौं । गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समितिका सदस्य छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदैछ। आइतबार काठमाडौंको शंखमुलबाट पक्राउ पर...
आश्विन ७ गते, २०८१ - ०८:४०
काठमाडौं । नेपालको एकमात्र ‘ढोरपाटन शिकार आरक्ष’ पेशेवर विदेशी शिकारीहरूका लागि विश्वमै प्रख्यात छ। यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउ...
आश्विन ७ गते, २०८१ - ०८:१२
पोखरा । गाउँघरतिर अरिङ्गाल शिकार गर्नुलाई आँटिलो काम मानिन्छ। अरिङ्गालका गोला पोल्दा अरिङ्गालले टोकेर मृत्यु भएका घटना बेला–बेला सार्वजनिक भइरहन्छन्। ...
आश्विन ७ गते, २०८१ - ०८:०३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्युयोर्कमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ। न्युयोर्कस्थित नेपाली महावाणिज्यदूता...
आश्विन ७ गते, २०८१ - ०७:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वदेश फर्किएपछि बसेर कुरा गर्ने प्रस्ताव गरेक...
आश्विन ७ गते, २०८१ - ०७:५०
मोगादिसु । द्वन्द्व, असुरक्षा र जलवायु परिवर्तनका कारण सन् २०२४ को पहिलो आठ महिनामा सोमालियामा तीन लाख ४२ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त र...
आश्विन ७ गते, २०८१ - ०७:४७
अमेरिका । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी...
आश्विन ७ गते, २०८१ - ०७:४१
धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट आठ थुनुवा भागेका छन्। सोमबार बिहान साढे ३ बजेतिर भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएको जिप्रका धनुष...
प्रतिकृया लेख्नुहोस्: