काठमाडौं । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ९ मा ४२ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये स्वतन्त्रबाट १६ र विभिन्न राजनीतिक दलबाट २६ जनाको उम्मेदवारी परेको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीको अनुसार प्रतिनिधिसभा एक सदस्यका लागि काठमाडौँ क्षेत्र नं ९ बाट २२ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । त्यसमध्ये दलबाट १२ र स्वतन्त्रतर्फबाट १० उम्मेदवारी परेको छ । तीमध्ये महिला उम्मेदवारको सङ्ख्या पाँच र पुरुष उम्मेदवारको सङ्ख्या १७ रहेको छ । यसैगरी काठमाडौँ क्षेत्र नं ९ मा प्रदेशसभामा दुई पदका लागि २० उम्मेदवार प्रतिस्पर्धामा छन् ।
प्रदेशसभा (क) मा दलका तर्फबाट सात र स्वतन्त्र उम्मेदवार तीन गरी १० उम्मेदवार रहेको अधिकारीले बताउनुभयो । त्यसमा महिला उम्मेदवारको सङ्ख्या दुई र पुरुष उम्मेदवारको सङ्ख्या आठ रहेको छ । प्रदेशसभा ९ख० मा दलको तर्फबाट सात र स्वतन्त्र तीन गरी दश जनाको उम्मेदवारी परेको छ ।
तीमध्ये दशँैजना पुरुष उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । काठमाडौँ क्षेत्र नं ९ बाट ३५ पुरुष र सात महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । उक्त क्षेत्रमा जम्मा ७२ हजार एक सय ७३ मतदाता रहेका छन् । त्यसमध्ये प्रदेश (क) मा कूल ३७ हजार एक सय र प्रदेश (ख) मा ३५ हजार ७३ मतदाता रहेका छन् ।
काठमाडौँ क्षेत्र नं ९ मा ३४ मतदानस्थल तोकिएको छ भने ८५ मतदान केन्द्र निर्धारण गरिएको छ । उक्त क्षेत्रमा काठमाडौँ महानगरपालिकाका चार, चन्द्रागिरी नगरपालिकाका पाँच र नागार्जुन नगरपालिकाका पाँच वडा समेटिएका छन् ।
यो क्षेत्रमा काठमाडौँ महानगरपालिकाका वडा नं १२, १४, २१ र २२ तथा चन्द्रागिरि नगरपालिकाका वडा नं १, १२, १३, १४, १५ र नागार्जुन नगरपालिकाका वडा नं ६, ७, ८, ९, १० छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - १५:३१
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...
फाल्गुन २९ गते, २०८२ - १४:५५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...
फाल्गुन २९ गते, २०८२ - १४:३७
तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...
फाल्गुन २९ गते, २०८२ - १४:२८
काठमाडौँ। स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराएकामा सरकारलाई बधाई ज्ञापन गरेको छ । अभिया...
फाल्गुन २९ गते, २०८२ - १४:१९
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको...
फाल्गुन २९ गते, २०८२ - १४:०६
काठमाडौँ । प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाह लाई संसदीय दलको नेता बना...
फाल्गुन २९ गते, २०८२ - १३:५६
दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालि...
फाल्गुन २९ गते, २०८२ - १३:५६
दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालि...
फाल्गुन २९ गते, २०८२ - १३:५०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली का पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ। उनको निधनप्रति नेपाली कांग्रेस र नेकपा दु...
फाल्गुन २९ गते, २०८२ - १३:३६
काठमाडौँ । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री हटाउन थालेको छ । सार्वजनिक निजी ...


प्रतिकृया लेख्नुहोस्: