काठमाडौं । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ९ मा ४२ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये स्वतन्त्रबाट १६ र विभिन्न राजनीतिक दलबाट २६ जनाको उम्मेदवारी परेको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीको अनुसार प्रतिनिधिसभा एक सदस्यका लागि काठमाडौँ क्षेत्र नं ९ बाट २२ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । त्यसमध्ये दलबाट १२ र स्वतन्त्रतर्फबाट १० उम्मेदवारी परेको छ । तीमध्ये महिला उम्मेदवारको सङ्ख्या पाँच र पुरुष उम्मेदवारको सङ्ख्या १७ रहेको छ । यसैगरी काठमाडौँ क्षेत्र नं ९ मा प्रदेशसभामा दुई पदका लागि २० उम्मेदवार प्रतिस्पर्धामा छन् ।
प्रदेशसभा (क) मा दलका तर्फबाट सात र स्वतन्त्र उम्मेदवार तीन गरी १० उम्मेदवार रहेको अधिकारीले बताउनुभयो । त्यसमा महिला उम्मेदवारको सङ्ख्या दुई र पुरुष उम्मेदवारको सङ्ख्या आठ रहेको छ । प्रदेशसभा ९ख० मा दलको तर्फबाट सात र स्वतन्त्र तीन गरी दश जनाको उम्मेदवारी परेको छ ।
तीमध्ये दशँैजना पुरुष उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । काठमाडौँ क्षेत्र नं ९ बाट ३५ पुरुष र सात महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । उक्त क्षेत्रमा जम्मा ७२ हजार एक सय ७३ मतदाता रहेका छन् । त्यसमध्ये प्रदेश (क) मा कूल ३७ हजार एक सय र प्रदेश (ख) मा ३५ हजार ७३ मतदाता रहेका छन् ।
काठमाडौँ क्षेत्र नं ९ मा ३४ मतदानस्थल तोकिएको छ भने ८५ मतदान केन्द्र निर्धारण गरिएको छ । उक्त क्षेत्रमा काठमाडौँ महानगरपालिकाका चार, चन्द्रागिरी नगरपालिकाका पाँच र नागार्जुन नगरपालिकाका पाँच वडा समेटिएका छन् ।
यो क्षेत्रमा काठमाडौँ महानगरपालिकाका वडा नं १२, १४, २१ र २२ तथा चन्द्रागिरि नगरपालिकाका वडा नं १, १२, १३, १४, १५ र नागार्जुन नगरपालिकाका वडा नं ६, ७, ८, ९, १० छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - १७:१५
काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...
मंसिर २७ गते, २०८२ - १६:३५
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...
मंसिर २७ गते, २०८२ - १६:२३
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...
मंसिर २७ गते, २०८२ - १५:४९
काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीमा नियु...
मंसिर २७ गते, २०८२ - १५:३६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताएको छन्। राष्ट्रिय यु...
मंसिर २७ गते, २०८२ - १५:२०
हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...
मंसिर २७ गते, २०८२ - १५:१२
काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...
मंसिर २७ गते, २०८२ - १४:४४
सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...
मंसिर २७ गते, २०८२ - १४:३३
हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...
मंसिर २७ गते, २०८२ - १४:१८
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...




प्रतिकृया लेख्नुहोस्: