Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

बागलुङमा सूर्यप्रसाद पाठक र चित्रबहादुर केसी : कसलाई कति चुनौती ?

खबरडबली संवाददाता
बागलुङ । युवा पुस्ताका डा सूर्यप्रसाद पाठकसंग ८० वर्षीय चित्रबहादुर केसी चुनावी मैदानमा छन्। व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला गर्दैन भन्ने मान्यता राख्ने केसीलाई मतदाताले कत्तिको रुचाउने हुन् त्यो त हेर्न बाँकी छ ।
 
बागलुङ–१ बाट प्रतिनिधिसभामा छिर्ने दाउसहित राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी र नेकपा ९एमाले०का केन्द्रीय सदस्य पाठक मङ्सिर ४ को चुनावमा आमनेसामने हुँदैछन् । जीवनभर निष्ठाको राजनीति गर्दै आउनुभएका केसी र युवा जोशले ओतप्रोत पाठकबीचको प्रतिस्पर्धा रोचक हुने कतिपयको ठम्याइँ छ ।
 
संसदीय यात्रामा यी दुवै नेता नयाँ भने होइनन् । यो चुनाव जितेमा केसी चौँथोपटक सांसद बन्नुहुनेछ भने पाठक दोस्रोपटक । विसं २०५६ र २०६४ को चुनावमा बागलुङ–२ बाट प्रत्यक्ष निर्वाचित केसी विसं २०७० को दोस्रो संविधानसभा चुनावमा समानुपातिकतर्फबाट संसद् छिरेका थियो ।
 
विसं २०७० को चुनावमा बागलुङ–२ मा पराजित पाठक विसं २०७४ को चुनावमा भने जीत निकाल्न सफल हुनुभएको थियो । वाम गठबन्धनको साझा उम्मेदवार बनेर बागलुङ–१ मा चुनाव लड्नुभएका पाठकले नेपाली कांग्रेसका चम्पादेवी खड्कालाई १३ हजार २९ मतले पछि पार्नुभएको थियो । पाठकको ३३ हजार छ सय ४५ र खड्काको २० हजार छ सय १६ मत आएको थियो ।
 
यो पाँच वर्षमा चुनावी समीकरण फेरिएको छ । हिजो एकै मोर्चामा रहेका दल अहिले एकार्काविरुद्ध प्रतिस्पर्धामा छन् । हिजो दुई धु्रवमा बाँडिएका आज एकैठाउँ उभिएका छन् । दलमा विभाजन आएको छ । यो स्थितिले चुनावी गणितमा पनि फेरबदल ल्याएको छ । विसं २०७४ को चुनावमा वाम गठबन्धनमा रहेका दुई मुख्य शक्ति नेकपा ९माओवादी केन्द्र० र राष्ट्रिय जनमोर्चा अहिले कांग्रेसलगायतको पाँच दलीय मोर्चामा छन् । 
 
यहीबीचमा एमालेबाट अलग्गिएर बनेको नेकपा ९एकीकृत समाजवादी० पनि गठबन्धनमा सामेल छ । अहिले सत्ता गठबन्धनका विरुद्ध एमाले एक्लै चुनावमा होमिएको छ । अघिल्लो चुनाव ९२०७४० मा माओवादी र जनमोर्चासहितको मत लिएर जित्नुभएका पाठकलाई यसपाली पाँच दलीय गठबन्धनको चुनौती छ । 
 
गत वैशाखमा भएको स्थानीय तह चुनावमा पनि जिल्लामा सत्ता गठबन्धनसामु एमाले कमजोर देखिएको थियो । दसमध्ये एमालेले एउटा मात्र स्थानीय तहको प्रमुख जितेको थियो । बागलुङ–१ मा रहेका चारवटै स्थानीय तहमा पनि प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षलगायत अधिकांश वडामा गठबन्धन दलका उम्मेदवारले चुनाव जितेका थिए । 
 
चौध वडा भएको बागलुङ नगरपालिकामा तीन, १० वडाको जैमिनी नगरपालिकामा एक र आठ वडा भएको काठेखोला गाउँपालिकाका तीन वटा वडामा मात्र एमालेले वडाध्यक्ष जितेको थियो । पाँच वडा रहेको वरेङ गाउँपालिकामा भने एमालेले एउटा पनि वडा जित्न सकेको थिएन । यस क्षेत्रका कूल ३७ वडामध्ये एमालेका उम्मेदवार जम्मा सात वटा वडामा मात्र विजयी बनेका थिए ।
 
गत स्थानीय चुनावका उम्मेदवारले पाएको मतभारलाई आधार मान्दा गठबन्धनको जनमत बढी छ । तर गठबन्धनमा आबद्ध दललाई पनि आफ्ना मतदाता जोगाउने र चुनावी तालमेलको कागजी सम्झौतालाई मतमा परिणत गर्नुपर्ने चुनौती उत्तिकै छ । 
 
आआफ्नै दाबी
 
राष्ट्रिय जनमोर्चाका जिल्लास्तरीय नेता एवं सत्ता गठबन्धनको चुनाव परिचालन समितिका सदस्य थानेश्वर सुवेदीले स्थानीय चुनावमा झैँ यसपालि पनि गठबन्धनका पक्षमा परिणाम आउने दाबी गरे ।
 
“गठबन्धनमा रहेका दलको जनाधार, विगत चुनावको मत आदिलाई हेर्दा चुनावी अङ्कगणितमा गठबन्धन धेरै अघि छ, ठूलो मतान्तरले हामी चुनाव जित्छौँ”, उनले भने, “अभियानमा मसिनो गरी लाग्ने, गठबन्धनको मर्मलाई शिरोधार्य गर्ने र हाम्रा मुद्दामा मतदातालाई सहमत गराउने कुरामा मेहनत चाहिँ गर्नुपर्छ ।”
 
चुनावमा हुनसक्ने गलत अभ्यास र चलखेललाई रोक्दै गठबन्धनमा आबद्ध पाँचै दलले आफ्नो मत सुरक्षित गर्नसके सजिलै चुनाव जितिने उहाँको भनाइ छ । नेपाली कांग्रेसका जिल्ला सचिव हरिहर शर्माले गठबन्धन दलबीचको हार्दिकता र चुस्त समन्वयका कारण मत ‘ट्रान्सफर’मा कुनै समस्या नहुने बताउनुभयो । “यत्तिकै गठबन्धन बनेको होइन, राजनीतिक मुद्दामा हामी सही ठाउँमा छौँ, यो विषयमा मतदाता पनि स्पष्ट हुनुहुन्छ”, उनले भने, “गत स्थानीय तहको मत हेर्दा पनि पालिका र वडास्तरमा गठबन्धन अघि छ, गठबन्धनले चुनाव जित्नेमा कुनै शङ्का छैन ।”
 
अनुभवी, विवादरहित छवि, सङ्घर्षपूर्ण विगत र सरल जीवनशैली भएका अग्रज नेता केसीलाई मतदाताले सहजै जिताउने सचिव शर्माको भनाइ छ । “उमेरले पाको भए पनि विचार र जनजीविकाका मुद्दामा चित्रबहादुर केसी तन्नेरी हुनुहुन्छ, सधँै लोकतन्त्र र अग्रगमनका पक्षमा आफूलाई उभ्याउनुभएको छ”, उनले भने ।
 
राष्ट्रिय राजनीतिमा प्रभाव राख्नसक्ने र ओजनदार व्यक्तित्व भएका कारण मतदाताले केसीलाई अनुमोदन गर्ने सचिव शर्माले बताउनुभयो । जसरी गठबन्धन दल आफ्नो मत सुरक्षित गरे मात्रै पनि चुनाव जितिने ठानिरहेका छन् उसैगरी अरु दलका र स्वतन्त्र मत तानेर चुनाव जित्ने रणनीतिमा एमाले छ । एमालेका जिल्ला सचिव विष्णु भुसालले राष्ट्रिय राजनीतिमा एमालेले खेलेको भूमिकाका कारण पनि मतदाताले यो चुनावमा एमाले रोज्ने बताए। 
 
“विकास अभियानको थालनी, राष्ट्रियताका पक्षमा लिएको अडान आदि कारणले एमालेका उम्मेदवारलाई मतदाताले जिताउँछन्”, उनले भने, “बागलुङ–१ का हकमा पनि गठबन्धनकोभन्दा एमालेको उम्मेदवार नै अब्बल छन्, संसद्मा अर्थपूर्ण उपस्थिति देखाउनसक्ने उम्मेदवारलाई चुनावी मैदानमा उतारेका छौँ ।”
 
पाठकले विगत पाँच वर्षमा संसद्मा खेलेको सक्रिय भूमिकालाई मतदाताले स्मरणमा राखेको सचिव भुसालले बताए । “नवीन सोच भएको, जोश र हिम्मतले भरिएको युवा पुस्ताको नेता एमालेबाट उम्मेदवार हुनुहुन्छ”, उनले भने, “जिल्लाको विकास निर्माणमा अगुवाइ गर्नेदेखि संसदीय राजनीति र अभ्यासमा पाठक छोटो समयमै लोकप्रिय हुनुभएको छ ।”
 
यस क्षेत्रमा ९६ हजार छ सय ६५ मतदाता छन् । तीमध्ये प्रदेशतर्फ ९१० मा ५० हजार पाँच सय ८० र ९२० मा ४६ हजार ८६ मतदाता छन् । विसं २०७४ को चुनावमा ९१० बाट प्रदेशसभा सदस्यमा एमालेका इन्द्रलाल सापकोटा र ९२० बाट जनमोर्चाका कृष्ण थापा विजयी बन्नुभएको थियो । 
 
अहिले प्रदेशसभा सदस्यका लागि सत्ता गठबन्धनबाट ९१० मा दीपेन्द्रबहादुर थापा र एमालेबाट हिराबहादुर खत्री चुनावी मैदानमा न्छन् । ९२० मा गठबन्धनले डिल्लीराम सुवेदी र एमालेले नवराज पौडेललाई उम्मेदवार बनाएको छ । थापा गत चुनावमा एमालेका सापकोटासँग पराजितभएका थिय ।
 
खत्री, सुवेदी र पौडेल भने प्रदेशसभा सदस्य उम्मेदवारमा नयाँ अनुहार हुन् । विसं २०७० को दोस्रो संविधानसभा चुनावमा बागलुङ–१ मा पराजित खत्रीलाई एमालेले प्रदेशको उम्मेदवार बनाएको छ । विद्यार्थी राजनीतिबाट उदाएका सुवेदी ३९ वर्षको उमेरमा प्रदेशसभामा छिर्ने दाउमा हुनुहुन्छ । कांग्रेस त्यागेर केही महिनाअघि एमाले प्रवेश गरेका पौडेल पहिलोपटक संसदीय प्रतिस्पर्धामा उत्रनुभएका छन् । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इनिसा विकको बलपूर्वक यौनसम्पर्कले मृत्यु

सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...

निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म कम गरेको छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...

इनिशा विकका बुवा दुबईबाट सुर्खेत आइपुगे, न्याय नपाए शव नबुझ्ने

सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...

बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...

बैठकमा बोल्दै गर्दा ढलेका एमालेका केन्द्रीय सदस्य कृष्ण थापाको निधन

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...

क्रोसियामा दुर्घटनामा परेका विकको शव ल्याउन ढिलाइ

सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...

इनिसा विकको न्याय माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...

रास्वपा हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तयार भए दुईतिहाइ सिटका लागि हामी सहयोग गर्छाै: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...

कम्बोडियामा अलपत्र परेका १६ नेपाली उद्धार गरी स्वदेश फर्काइयो

काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...

कञ्चनपुरमा जिप–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: