Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

बागलुङमा सूर्यप्रसाद पाठक र चित्रबहादुर केसी : कसलाई कति चुनौती ?

खबरडबली संवाददाता
बागलुङ । युवा पुस्ताका डा सूर्यप्रसाद पाठकसंग ८० वर्षीय चित्रबहादुर केसी चुनावी मैदानमा छन्। व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला गर्दैन भन्ने मान्यता राख्ने केसीलाई मतदाताले कत्तिको रुचाउने हुन् त्यो त हेर्न बाँकी छ ।
 
बागलुङ–१ बाट प्रतिनिधिसभामा छिर्ने दाउसहित राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी र नेकपा ९एमाले०का केन्द्रीय सदस्य पाठक मङ्सिर ४ को चुनावमा आमनेसामने हुँदैछन् । जीवनभर निष्ठाको राजनीति गर्दै आउनुभएका केसी र युवा जोशले ओतप्रोत पाठकबीचको प्रतिस्पर्धा रोचक हुने कतिपयको ठम्याइँ छ ।
 
संसदीय यात्रामा यी दुवै नेता नयाँ भने होइनन् । यो चुनाव जितेमा केसी चौँथोपटक सांसद बन्नुहुनेछ भने पाठक दोस्रोपटक । विसं २०५६ र २०६४ को चुनावमा बागलुङ–२ बाट प्रत्यक्ष निर्वाचित केसी विसं २०७० को दोस्रो संविधानसभा चुनावमा समानुपातिकतर्फबाट संसद् छिरेका थियो ।
 
विसं २०७० को चुनावमा बागलुङ–२ मा पराजित पाठक विसं २०७४ को चुनावमा भने जीत निकाल्न सफल हुनुभएको थियो । वाम गठबन्धनको साझा उम्मेदवार बनेर बागलुङ–१ मा चुनाव लड्नुभएका पाठकले नेपाली कांग्रेसका चम्पादेवी खड्कालाई १३ हजार २९ मतले पछि पार्नुभएको थियो । पाठकको ३३ हजार छ सय ४५ र खड्काको २० हजार छ सय १६ मत आएको थियो ।
 
यो पाँच वर्षमा चुनावी समीकरण फेरिएको छ । हिजो एकै मोर्चामा रहेका दल अहिले एकार्काविरुद्ध प्रतिस्पर्धामा छन् । हिजो दुई धु्रवमा बाँडिएका आज एकैठाउँ उभिएका छन् । दलमा विभाजन आएको छ । यो स्थितिले चुनावी गणितमा पनि फेरबदल ल्याएको छ । विसं २०७४ को चुनावमा वाम गठबन्धनमा रहेका दुई मुख्य शक्ति नेकपा ९माओवादी केन्द्र० र राष्ट्रिय जनमोर्चा अहिले कांग्रेसलगायतको पाँच दलीय मोर्चामा छन् । 
 
यहीबीचमा एमालेबाट अलग्गिएर बनेको नेकपा ९एकीकृत समाजवादी० पनि गठबन्धनमा सामेल छ । अहिले सत्ता गठबन्धनका विरुद्ध एमाले एक्लै चुनावमा होमिएको छ । अघिल्लो चुनाव ९२०७४० मा माओवादी र जनमोर्चासहितको मत लिएर जित्नुभएका पाठकलाई यसपाली पाँच दलीय गठबन्धनको चुनौती छ । 
 
गत वैशाखमा भएको स्थानीय तह चुनावमा पनि जिल्लामा सत्ता गठबन्धनसामु एमाले कमजोर देखिएको थियो । दसमध्ये एमालेले एउटा मात्र स्थानीय तहको प्रमुख जितेको थियो । बागलुङ–१ मा रहेका चारवटै स्थानीय तहमा पनि प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षलगायत अधिकांश वडामा गठबन्धन दलका उम्मेदवारले चुनाव जितेका थिए । 
 
चौध वडा भएको बागलुङ नगरपालिकामा तीन, १० वडाको जैमिनी नगरपालिकामा एक र आठ वडा भएको काठेखोला गाउँपालिकाका तीन वटा वडामा मात्र एमालेले वडाध्यक्ष जितेको थियो । पाँच वडा रहेको वरेङ गाउँपालिकामा भने एमालेले एउटा पनि वडा जित्न सकेको थिएन । यस क्षेत्रका कूल ३७ वडामध्ये एमालेका उम्मेदवार जम्मा सात वटा वडामा मात्र विजयी बनेका थिए ।
 
गत स्थानीय चुनावका उम्मेदवारले पाएको मतभारलाई आधार मान्दा गठबन्धनको जनमत बढी छ । तर गठबन्धनमा आबद्ध दललाई पनि आफ्ना मतदाता जोगाउने र चुनावी तालमेलको कागजी सम्झौतालाई मतमा परिणत गर्नुपर्ने चुनौती उत्तिकै छ । 
 
आआफ्नै दाबी
 
राष्ट्रिय जनमोर्चाका जिल्लास्तरीय नेता एवं सत्ता गठबन्धनको चुनाव परिचालन समितिका सदस्य थानेश्वर सुवेदीले स्थानीय चुनावमा झैँ यसपालि पनि गठबन्धनका पक्षमा परिणाम आउने दाबी गरे ।
 
“गठबन्धनमा रहेका दलको जनाधार, विगत चुनावको मत आदिलाई हेर्दा चुनावी अङ्कगणितमा गठबन्धन धेरै अघि छ, ठूलो मतान्तरले हामी चुनाव जित्छौँ”, उनले भने, “अभियानमा मसिनो गरी लाग्ने, गठबन्धनको मर्मलाई शिरोधार्य गर्ने र हाम्रा मुद्दामा मतदातालाई सहमत गराउने कुरामा मेहनत चाहिँ गर्नुपर्छ ।”
 
चुनावमा हुनसक्ने गलत अभ्यास र चलखेललाई रोक्दै गठबन्धनमा आबद्ध पाँचै दलले आफ्नो मत सुरक्षित गर्नसके सजिलै चुनाव जितिने उहाँको भनाइ छ । नेपाली कांग्रेसका जिल्ला सचिव हरिहर शर्माले गठबन्धन दलबीचको हार्दिकता र चुस्त समन्वयका कारण मत ‘ट्रान्सफर’मा कुनै समस्या नहुने बताउनुभयो । “यत्तिकै गठबन्धन बनेको होइन, राजनीतिक मुद्दामा हामी सही ठाउँमा छौँ, यो विषयमा मतदाता पनि स्पष्ट हुनुहुन्छ”, उनले भने, “गत स्थानीय तहको मत हेर्दा पनि पालिका र वडास्तरमा गठबन्धन अघि छ, गठबन्धनले चुनाव जित्नेमा कुनै शङ्का छैन ।”
 
अनुभवी, विवादरहित छवि, सङ्घर्षपूर्ण विगत र सरल जीवनशैली भएका अग्रज नेता केसीलाई मतदाताले सहजै जिताउने सचिव शर्माको भनाइ छ । “उमेरले पाको भए पनि विचार र जनजीविकाका मुद्दामा चित्रबहादुर केसी तन्नेरी हुनुहुन्छ, सधँै लोकतन्त्र र अग्रगमनका पक्षमा आफूलाई उभ्याउनुभएको छ”, उनले भने ।
 
राष्ट्रिय राजनीतिमा प्रभाव राख्नसक्ने र ओजनदार व्यक्तित्व भएका कारण मतदाताले केसीलाई अनुमोदन गर्ने सचिव शर्माले बताउनुभयो । जसरी गठबन्धन दल आफ्नो मत सुरक्षित गरे मात्रै पनि चुनाव जितिने ठानिरहेका छन् उसैगरी अरु दलका र स्वतन्त्र मत तानेर चुनाव जित्ने रणनीतिमा एमाले छ । एमालेका जिल्ला सचिव विष्णु भुसालले राष्ट्रिय राजनीतिमा एमालेले खेलेको भूमिकाका कारण पनि मतदाताले यो चुनावमा एमाले रोज्ने बताए। 
 
“विकास अभियानको थालनी, राष्ट्रियताका पक्षमा लिएको अडान आदि कारणले एमालेका उम्मेदवारलाई मतदाताले जिताउँछन्”, उनले भने, “बागलुङ–१ का हकमा पनि गठबन्धनकोभन्दा एमालेको उम्मेदवार नै अब्बल छन्, संसद्मा अर्थपूर्ण उपस्थिति देखाउनसक्ने उम्मेदवारलाई चुनावी मैदानमा उतारेका छौँ ।”
 
पाठकले विगत पाँच वर्षमा संसद्मा खेलेको सक्रिय भूमिकालाई मतदाताले स्मरणमा राखेको सचिव भुसालले बताए । “नवीन सोच भएको, जोश र हिम्मतले भरिएको युवा पुस्ताको नेता एमालेबाट उम्मेदवार हुनुहुन्छ”, उनले भने, “जिल्लाको विकास निर्माणमा अगुवाइ गर्नेदेखि संसदीय राजनीति र अभ्यासमा पाठक छोटो समयमै लोकप्रिय हुनुभएको छ ।”
 
यस क्षेत्रमा ९६ हजार छ सय ६५ मतदाता छन् । तीमध्ये प्रदेशतर्फ ९१० मा ५० हजार पाँच सय ८० र ९२० मा ४६ हजार ८६ मतदाता छन् । विसं २०७४ को चुनावमा ९१० बाट प्रदेशसभा सदस्यमा एमालेका इन्द्रलाल सापकोटा र ९२० बाट जनमोर्चाका कृष्ण थापा विजयी बन्नुभएको थियो । 
 
अहिले प्रदेशसभा सदस्यका लागि सत्ता गठबन्धनबाट ९१० मा दीपेन्द्रबहादुर थापा र एमालेबाट हिराबहादुर खत्री चुनावी मैदानमा न्छन् । ९२० मा गठबन्धनले डिल्लीराम सुवेदी र एमालेले नवराज पौडेललाई उम्मेदवार बनाएको छ । थापा गत चुनावमा एमालेका सापकोटासँग पराजितभएका थिय ।
 
खत्री, सुवेदी र पौडेल भने प्रदेशसभा सदस्य उम्मेदवारमा नयाँ अनुहार हुन् । विसं २०७० को दोस्रो संविधानसभा चुनावमा बागलुङ–१ मा पराजित खत्रीलाई एमालेले प्रदेशको उम्मेदवार बनाएको छ । विद्यार्थी राजनीतिबाट उदाएका सुवेदी ३९ वर्षको उमेरमा प्रदेशसभामा छिर्ने दाउमा हुनुहुन्छ । कांग्रेस त्यागेर केही महिनाअघि एमाले प्रवेश गरेका पौडेल पहिलोपटक संसदीय प्रतिस्पर्धामा उत्रनुभएका छन् । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनबीच दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा बिहीबार र आयोजित एक समारोहबिच उक्त सम्झौतामा हस्ताक्षर भएको ह...

२८ जना सहसचिवको सरुवा, कसको कहाँ भयो सरुवा ? (सूचीसहित)

काठमाडौं । सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो । जसअनुसार भर...

गृहमन्त्रीले गरे ६ एसएसपीको सरुवा, काठमाडौं प्रमुखमा बसन्त रजौरे

काठमाडौं । गृहमन्त्रालयले ६ जना एसएसपीको सरुवा गरेको छे । काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा र विभागम...

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री न...

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले सूचना प्रकाशन गरी २०८० वैशाख २ गत...

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु आर्थिक वर्षसम्मको विद्युत् बक्यौता राफसाफ गरिदिन अनुरोध गरेको छ । विद्युत्...

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको भेट

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिआइडिसिए) का अध्यक्ष लु झाउहुईले आज शिष्टाचार भे...

बैशाख २४ गते सार्वजनिक बिदा

काठमाडौँ । बागमती प्रदेशले यही बैशाख २४ गते बागमती प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरिएको छ । प्रदेश सरकारले विहिबार बसेको बैठकको निर्णय अनुसार प...

नेपाली सेनामा खुल्यो जागिर, ३१९ जनाको दरखास्त आह्वान

काठमाडौँ । नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त आह्वान गरेको छ । जंगी अड्डाले विहिबार सूचना प्रकाशित गर्दै प्राविधिक-हवाई-विव...

१४ सयले बढ्यो सुनको मुल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा १४ सयले बढेर १ लाख ३७ हज...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies