Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

पाँचथरमा दोस्रोपटक भिड्दै आङ्देम्बे र नेम्बाङ, दलहरूमा असन्तुष्ट समूह निर्णायक बन्ने

खबरडबली संवाददाता

पाँचथर । एकमात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा प्रतिनिधिसभा सदस्य पदमा १५ जना चुनावी मैदानमा रहे पनि मुख्यतः वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे र नेकपा (एमाले)का तर्फबाट पूर्वमन्त्री वसन्तकुमार नेम्बाङबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

यी दुई नेताबीच दोस्रोपटक हुन लागेको प्रतिस्पर्धामा नयाँ मतदाता, दलहरूमा असन्तुष्ट समूह निर्णायक बन्ने आकलन गरिएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतका आधारमा यहाँ गठबन्धनका दलको मत एमालेको भन्दा बढी छ । वडाध्यक्षले पाएको मतमा एमाले पहिलो पार्टी छ भने दोस्रोमा कांग्रेस र तेस्रोमा माओवादी केन्द्र छन् । साठीमध्ये आधा दर्जन वडामा अन्य दलका उम्मेदवारलाई समर्थन गरेको एमालेले बाँकी वडाबाट वडाध्यक्षमा कुल ३० हजार नौ सय ५८ मत पाएको छ । यस्तै नेपाली कांग्रेसले २५ हजार ६५, नेकपा (माओवादी केन्द्र)ले ११ हजार आठ सय आठ र नेकपा (एकीकृत समाजवादी)ले दुई हजार एक सय ६१ मत पाएका छन् । 

पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका प्रेमराज लावती, राष्ट्रिय प्रजातन्त्र पार्टीका कमलबहादुर चेम्जोङ, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जसबहादुर योङहाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका दलप्रसाद लिङ्देन, नेपाल कम्युनिष्ट पार्टी ९माले०का दीननाथ घिमिरे, राष्ट्रिय जनमुक्ति पार्टीका नरेन्द्रप्रसाद कुरुम्बाङ, जनसमाजवादी पार्टीका भीमबहादुर तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका मदनकुमार पोखरेल र मङ्गोल नेसनल अर्गनाइजेशनका रामकुमार तुम्रोकसमेत प्रतिस्पर्धामा छन्भने स्वतन्त्र उम्मेदवार मिक्लाजुङ–२ का दलबहादुर आङदेम्बे, फिदिम–१२ का बालकृष्ण काफ्ले, हिलिहाङ–३ का लाखबहादुर पालुङ्वा र मिक्लाजुङ–८ का बिस्टन लावतीसमेत चुनावी मैदानमा छन् । 

उम्मेदवारले विकास निर्माण, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनजस्ता विषयलाई चुनावी एजेण्डा बनाएका छन् । कतिपय पहिचान पक्षधर उम्मेदवारले पहिचानका विषयमा समेत चुनावी एजेण्डा बनाएका छन् । 

पाँचथर प्रदेशसभा क्षेत्र नं १ मा १० जना प्रतिस्पर्धामा हुनुहुन्छ । यस क्षेत्रमा एमालेबाट जिल्ला अध्यक्ष राजकुमार भण्डारी तथा गठबन्धनबाट नेकपा ९एकीकृत समाजवादी०का जिल्ला अध्यक्ष कमलप्रसाद जबेगुबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ । यहाँ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सागर केरुङ, जनता समाजवादी पार्टीका मचिन्द्रप्रसाद बेघा, राप्रपाका ओमनाथ बजगाईँ, राष्ट्रिय जनमुक्ति पार्टीका दुर्गाप्रसाद साँवा लिम्बू, राप्रपा नेपालका नेत्रकुमार बस्नेत र मङ्गोल नेशनल अर्गनाइजेशनका मनकुमार गुरुङ प्रतिस्पर्धामा छन्। यस क्षेत्रबाट फालेलुङ गाउँपालिकाका निवर्तमान अध्यक्ष सञ्चकुमार केरुङ स्वतन्त्र उम्मदवारी दिई चुनावी मैदानमा छन्। यस क्षेत्रमा जिल्लाको याङवरक, हिलिहाङ र फालेलुङ गाउँपालिका तथा फिदिम नगरपालिकाका ११ वटा वडा पर्दछन् । 

पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा आठ जनाको उम्मेदवारी छ । यस क्षेत्रमा एमालेका अइन्द्रसुन्दर नेम्वाङ र गठबन्धनबाट माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यस क्षेत्रबाट जनता समाजवादी पार्टीका एबिराज आङदेम्बे, राप्रपाका प्रवक्ता सगुनसुन्दर लावती, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपेन्द्र चेम्जोङ ९लाबाहाङ०, राप्रपा नेपालका चन्द्रमाया बोहोरा, राष्ट्रिय जनमुक्ति पार्टीका सूर्यहाङ तुम्बापो र मङ्गोल नेशनल अर्गनाइजेशनका बलबहादुर बुर्जामगर समेत चुनावी प्रतिस्पर्धामा रहको छन् । यस क्षेत्रमा फाल्गुनन्द, कुम्मायक, तुम्बेवा र मिक्लाजुङ गाउँपालिका तथा फिदिम नगरपालिकाका तीनवटा वडा पर्दछन् ।
 
आगामी निर्वाचनका लागि जिल्लामा कुल एक लाख ३८ हजार नौ सय ३२ जना मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी कुमारप्रसाद भट्टराईले जानकारी दिए । मतदातामध्ये पुरुष ७३ हजार तीन सय ६६ र महिला ६५ हजार पाँच सय ६६ रहेका छन् । एक सय दुईवटा मतदान केन्द्र र एक सय ७७ वटा मतदानस्थल रहेको भट्टराईले जानकारी दिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला तथा बालबालिका मन्त्री श्रेष्ठले गरिन् पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र  पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...

च्यासलमा महाधिवेशन लक्षित एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...

नवनियुक्त चार मन्त्रीले गरे शपथ ग्रहण

काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीमा नियु...

नेपाली राजनीतिमा अब युवाको दबदबालाई कसैले रोकेर रोकिदैन: मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताएको छन्।  राष्ट्रिय यु...

हेटौँडा बजार सडक विस्तारविरुद्ध सर्वोच्चमा मिसिल झिकाउने आदेश

हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...

'जेनजी सुशासन योद्धा'का ४५ जनाको शालिक संसद् भवन परिसरमा बनाइने

काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...

रवि लामिछानेबारे स्पष्ट धारणा सार्वजनिक गर्न सरकारलाई डीपी अर्यालको आग्रह

सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...

हिमपातपछि हुम्लाको लिमी गाउँ पूर्ण रुपमा बन्द

हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...

दुधौरा पुल पुसभित्र सम्पन्न गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending