Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

पाँचथरमा दोस्रोपटक भिड्दै आङ्देम्बे र नेम्बाङ, दलहरूमा असन्तुष्ट समूह निर्णायक बन्ने

खबरडबली संवाददाता

पाँचथर । एकमात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा प्रतिनिधिसभा सदस्य पदमा १५ जना चुनावी मैदानमा रहे पनि मुख्यतः वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे र नेकपा (एमाले)का तर्फबाट पूर्वमन्त्री वसन्तकुमार नेम्बाङबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

यी दुई नेताबीच दोस्रोपटक हुन लागेको प्रतिस्पर्धामा नयाँ मतदाता, दलहरूमा असन्तुष्ट समूह निर्णायक बन्ने आकलन गरिएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतका आधारमा यहाँ गठबन्धनका दलको मत एमालेको भन्दा बढी छ । वडाध्यक्षले पाएको मतमा एमाले पहिलो पार्टी छ भने दोस्रोमा कांग्रेस र तेस्रोमा माओवादी केन्द्र छन् । साठीमध्ये आधा दर्जन वडामा अन्य दलका उम्मेदवारलाई समर्थन गरेको एमालेले बाँकी वडाबाट वडाध्यक्षमा कुल ३० हजार नौ सय ५८ मत पाएको छ । यस्तै नेपाली कांग्रेसले २५ हजार ६५, नेकपा (माओवादी केन्द्र)ले ११ हजार आठ सय आठ र नेकपा (एकीकृत समाजवादी)ले दुई हजार एक सय ६१ मत पाएका छन् । 

पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका प्रेमराज लावती, राष्ट्रिय प्रजातन्त्र पार्टीका कमलबहादुर चेम्जोङ, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जसबहादुर योङहाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका दलप्रसाद लिङ्देन, नेपाल कम्युनिष्ट पार्टी ९माले०का दीननाथ घिमिरे, राष्ट्रिय जनमुक्ति पार्टीका नरेन्द्रप्रसाद कुरुम्बाङ, जनसमाजवादी पार्टीका भीमबहादुर तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका मदनकुमार पोखरेल र मङ्गोल नेसनल अर्गनाइजेशनका रामकुमार तुम्रोकसमेत प्रतिस्पर्धामा छन्भने स्वतन्त्र उम्मेदवार मिक्लाजुङ–२ का दलबहादुर आङदेम्बे, फिदिम–१२ का बालकृष्ण काफ्ले, हिलिहाङ–३ का लाखबहादुर पालुङ्वा र मिक्लाजुङ–८ का बिस्टन लावतीसमेत चुनावी मैदानमा छन् । 

उम्मेदवारले विकास निर्माण, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनजस्ता विषयलाई चुनावी एजेण्डा बनाएका छन् । कतिपय पहिचान पक्षधर उम्मेदवारले पहिचानका विषयमा समेत चुनावी एजेण्डा बनाएका छन् । 

पाँचथर प्रदेशसभा क्षेत्र नं १ मा १० जना प्रतिस्पर्धामा हुनुहुन्छ । यस क्षेत्रमा एमालेबाट जिल्ला अध्यक्ष राजकुमार भण्डारी तथा गठबन्धनबाट नेकपा ९एकीकृत समाजवादी०का जिल्ला अध्यक्ष कमलप्रसाद जबेगुबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ । यहाँ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सागर केरुङ, जनता समाजवादी पार्टीका मचिन्द्रप्रसाद बेघा, राप्रपाका ओमनाथ बजगाईँ, राष्ट्रिय जनमुक्ति पार्टीका दुर्गाप्रसाद साँवा लिम्बू, राप्रपा नेपालका नेत्रकुमार बस्नेत र मङ्गोल नेशनल अर्गनाइजेशनका मनकुमार गुरुङ प्रतिस्पर्धामा छन्। यस क्षेत्रबाट फालेलुङ गाउँपालिकाका निवर्तमान अध्यक्ष सञ्चकुमार केरुङ स्वतन्त्र उम्मदवारी दिई चुनावी मैदानमा छन्। यस क्षेत्रमा जिल्लाको याङवरक, हिलिहाङ र फालेलुङ गाउँपालिका तथा फिदिम नगरपालिकाका ११ वटा वडा पर्दछन् । 

पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा आठ जनाको उम्मेदवारी छ । यस क्षेत्रमा एमालेका अइन्द्रसुन्दर नेम्वाङ र गठबन्धनबाट माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यस क्षेत्रबाट जनता समाजवादी पार्टीका एबिराज आङदेम्बे, राप्रपाका प्रवक्ता सगुनसुन्दर लावती, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपेन्द्र चेम्जोङ ९लाबाहाङ०, राप्रपा नेपालका चन्द्रमाया बोहोरा, राष्ट्रिय जनमुक्ति पार्टीका सूर्यहाङ तुम्बापो र मङ्गोल नेशनल अर्गनाइजेशनका बलबहादुर बुर्जामगर समेत चुनावी प्रतिस्पर्धामा रहको छन् । यस क्षेत्रमा फाल्गुनन्द, कुम्मायक, तुम्बेवा र मिक्लाजुङ गाउँपालिका तथा फिदिम नगरपालिकाका तीनवटा वडा पर्दछन् ।
 
आगामी निर्वाचनका लागि जिल्लामा कुल एक लाख ३८ हजार नौ सय ३२ जना मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी कुमारप्रसाद भट्टराईले जानकारी दिए । मतदातामध्ये पुरुष ७३ हजार तीन सय ६६ र महिला ६५ हजार पाँच सय ६६ रहेका छन् । एक सय दुईवटा मतदान केन्द्र र एक सय ७७ वटा मतदानस्थल रहेको भट्टराईले जानकारी दिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मतदाता शिक्षा कमजोर, बाँकेमा १३ हजार ४४२ मत बदर

नेपालगन्ज। प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनु अघि बाँके जिल्लाका आठवटै पालिकामा मतदाता शिक्षा प्रदान गरिएपनि बदर मतको सङ्ख्या धेरै देखिएको छ । जिल्...

बाजुरामा समानुपातिक मतगणना सकियो

बाजुरा। बाजुरामा समानुपातिकको मतगणना सम्पन्न भएको छ । जसमा नेपाली कांग्रेसको  १६ हजार ७४६, नेकपा एमाको १५ हजार ८९७, रास्वपाको छ हजार ८२० नेपाली कम्युन...

पाल्पामा समानुपातिकतर्फ रास्वपा पहिलो

तानसेन। पाल्पामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो बनेको छ । रास्वपाले पाल्पाको दुई निर्वाचन क्षेत्रबाट ५० हजार ४५२ मत ल्याएको...

आज दिनभर साधारणतया बादल लाग्ने

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रक...

विश्वकै सबैभन्दा प्रदूषित सहरको पहिलो स्थानमा काठमाडौँ

काठमाडौँ । अन्तर्राष्ट्रिय वायु प्रदूषण मापन संस्था ‘आईक्यू एयर’का अनुसार काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा पहिलो स्थानमा प...

समानुपातिकतर्फ राप्रपाले पार गर्‍यो ३ प्रतिशतको थ्रेसहोल्ड

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ तीन लाख मत पार गर्दै आवश्यक थ्रेसहोल्ड पार गरेको छ। २१ फ...

गोरखा–१ मा रास्वपाका सुधन गुरुङ भारी मतान्तरले विजयी, कांग्रेस उम्मेदवार खत्री दोस्रो

गोरखा । गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङ विजयी भएका छन्। मतगणनाको अन्तिम परिणामअनुसार गुर...

इलाम–१ मा कांग्रेसका निस्कल राई विजयी, त्रिपक्षीय प्रतिस्पर्धामा नेम्वाङ दोस्रो

काठमाडौं । इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निस्कल राई विजयी भएका छन्। त्रिपक्षीय प्रतिस्पर्धा भएको निर्वाचनमा र...

धनुषा–१ मा रास्वपा उम्मेदवारको उम्मेदवारी खारेजीबारे सर्वोच्चको कारण देखाऊ आदेश, मतपरिणाम अझै स्थगित

काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन आयोगद्वारा उम्मेदवारी खारेज गरिएका धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किश...

ओखलढुंगामा हराएका मतपत्र समानुपातिक ढ्वाङमा भेटिए, अब के होला ?

काठमाडौँ । ओखलढुंगा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा प्रत्यक्षतर्फ हराएका भनिएका मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटिएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE