काभ्रेपलाञ्चोक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभित्रै गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउनुपर्ने जनताको अधिकार स्थापित गर्नुपर्ने बताएको छन् । विश्वविद्यालयहरू विशिष्टिकृत हुनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले गुणस्तरीय शिक्षा पाउने अधिकारबाट कसैलाई पनि वञ्चित गर्न नहुने बताए ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा निर्माण गरिएको ‘वातावरण भवन’ को आज उद्घाटन गर्दै मन्त्री पौडेलले काठमाडौँ विश्वविद्यालय प्राविधिक क्षेत्रको विषयमा अरु विश्वविद्यालयमध्येमा उदाहरणीय बन्दै गएको बताए ।
विश्वव्यापीकरणको युगमा इच्छाएको देशमा गएर अध्ययन गर्न पाउनु स्वभाविक भए पनि नागरिकले पढ्न चाहेको शिक्षा देशभित्रैबाट प्राप्त गर्न पाउने वातावरण विश्वविद्यालयहरुले बनाउनुपर्नेमा उनको जोड थियो । “नागरिकले चाहेको शिक्षा देशभित्र नै प्राप्त हुनुपर्छ, त्यस्तो शिक्षा प्रदान गर्नु विश्वविद्यालयको दायित्व हो”, उनले भने, “राज्यले तोकेको प्रक्षेपणअनुसार कुन प्रकृतिको जनशक्ति कति उत्पादन गर्ने भन्ने विवरण विश्वविद्यालयहरुले निर्धारण गर्नुपर्छ ।”
विश्वविद्यालय खुल्दै जाने र पुरानै खालको विषय बढाउँदै जाने हो भने सङ्ख्या मात्रै थपिन्छ तर सङ्ख्याभन्दा पनि गुणस्तरमा जोड दिन उहाँले आग्रह गर्नुभयो । मन्त्री पौडेलले प्रदेशलाई पनि संविधानले दिएको अधिकारअनुसार विश्वविद्यालयहरु खोल्ने मान्यता दिएको बताए ।
काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा।डा। भोला थापाले सरकारको नीति तथा बजेटमा काठमाडौँ विश्वविद्यालयलाई पनि नयाँ कार्यक्रम परेको उल्लेख गर्दै त्यसले नेपालको विकासको अर्को मोडेलमा जाने काममा थप सहयोग पुग्ने बताए । विश्वविद्यालयको इन्भारोमेन्ट साइन्स एण्ड इञ्जिनियरिङ विभागका डा। विकास अधिकारीले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा तीन करोड ११ लाखमा भवन निर्माण भएको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २३ गते, २०८२ - १८:४०
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचन प्रम...
फाल्गुन २३ गते, २०८२ - १८:२४
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहले ...
फाल्गुन २३ गते, २०८२ - १७:४४
विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की प्रतिनिधिसभा सदस्यमा निर्वा...
फाल्गुन २३ गते, २०८२ - १७:३४
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ...
फाल्गुन २३ गते, २०८२ - १७:२७
काठमाडौं । सर्वाधिक चासोको क्षेत्र मानिएको झापा–५ को मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ ...
फाल्गुन २३ गते, २०८२ - १७:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नं. ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। निर्वाचन परिणामअन...
फाल्गुन २३ गते, २०८२ - १७:०५
काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी ...
फाल्गुन २३ गते, २०८२ - १६:२५
गोरखा । लमजुङ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार धर्मराज केसी विजयी भएका छन्। उनले नेकपा एमाले का उम्मे...
फाल्गुन २३ गते, २०८२ - १६:१६
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल विजयी भएका छन्। उनल...
फाल्गुन २२ गते, २०८२ - १७:३१
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...



प्रतिकृया लेख्नुहोस्: