दाङमा प्रतिनिधिसभातर्फ १४ हजार सात सय नौ र प्रदेशसभामा ११ हजार आठ सय ३३ मत बदर
मंसिर १२ गते, २०७९ सोमवार 28th November, 2022 Mon१३:३७:५५ मा प्रकाशित
खबरडबली संवाददाता
दाङ। यही मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा दाङमा जिल्लामा प्रतिनिधिसभातर्फ ५ दशमलव ९२ प्रतिशत र प्रदेशसभातर्फ ४ दशमलव ७७ प्रतिशत मत बदर भएको छ ।
तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा ठूलो सङ्ख्यामा मत बदर हुनुलाई मतदातामा शिक्षा अपुग भएको विश्लेषण गरिएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा १२ प्रतिशत आंशिक र ३ प्रतिशत पूर्णरुपमा बदर भएको थियो ।
जिल्लामा कूल चार लाख १४ हजार नौ सय ५६ मतदाता रहेकोमा प्रतिनिधिसभातर्फ १४ हजार सात सय नौ मत बदर भएको छ । साथै, प्रदेशसभामा ११ हजार आठ सय ३३ मत बदर भएको प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसारसमानुपातिकतर्फ २० हजार दुई सय ३५ मत बदर भएका छन् ।
उनले प्रतिनिधिसभा भन्दा धेरै प्रदेशसभाको मत बदर भएको बताए । बदर मतमा औंँठा छाप लगाएका मतपत्र धेरै भेटिएको उनले जानकारी दिए ।
दाङ जिल्ला क्षेत्र नं १ मा एक लाख ३४ हजार सात सय ३३ मतदाता रहेकोमा ७८ हजार दुई सय ६७ मत खसेको थियो । जसमा चार हजार पाँच सय ८० मत बदर भएको थियो । यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ७० हजार दुई सय ६७ मतदाता रहेकोमा ३९ हजार आठ सय ४४ मत खसेको थियो । जसमा दुई हजार चार सय १० मत बदर भएको थियो । त्यसैगरी प्रदेशसभा २ मा ६४ हजार चार सय ६६ मतदाता रहेकोमा ३८ हजार चार सय ५४ मत खसेको थियो जसमा एक हजार सात सय ६३ मत बदर भएको थियो ।
निर्वाचन क्षेत्र नं २ मा एक लाख ३३ हजार सात सय ४८ मतदाता रहेकोमा ७९ हजार तीन सय ३७ मत खसेको थियो । जसमा चार हजार सात सय छ मत बदर भएको थियो । यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ६३ हजार तीन सय २२ मतदाता रहेकोमा ३६ हजार नौ सय ९३ मत खसेको थियो । जसमा एक हजार चार सय ८५ मत बदर भएको थियो । साथै, प्रदेशसभा २ मा ७० हजार चार सय २६ मतदाता रहेकोमा ४२ हजार एक सय ५२ मत खसेको थियो । जसमा दुई हजार ३९ मत बदर भएको थियो ।
निर्वाचन क्षेत्र नं ३ मा एक लाख ४६ हजार चार सय ७५ मतदाता रहेकोमा ९० हजार पाँच सय ३५ मत खसेको थियो । जसमध्ये पाँच हजार चार सय २३ मत बदर भएको थियो । यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ६६ हजार चार सय ८६ मतदाता रहेकोमा ४० हजार चार सय ७४ मत खसेको थियो । जसमा एक हजार सात सय ७८ मत बदर भएको थियो । साथै, प्रदेशसभा २ मा ७९ हजार नौ सय ८९ मतदाता रहेकोमा ४९ हजार नौ सय ३३ मत खसेको थियो । जसमा दुई हजार दुई सय ५८ मत बदर भएको थियो ।(((
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।आज बकको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने न...
चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले पत्रकारलाई भ्रष्टाचारविरुद्ध कलम चलाउन आग्रह गरेको छन् । प्रेस चौतारी नेपालको २५औँं स्थापना दिवसको अ...
काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने बताएको छन्...
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आधुनिक प्रविधिको उच्चतम् प्रयोग गर्दै टेलिकम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन निर्देश...
काठमाडौंं । आइतबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटारबाट निराश भएर फर्केक...
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ चितवन क्षेत्र नम्बर २ मा आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै निर्वाचन आयोग पुगेका छन् ।
...
प्रतिकृया लेख्नुहोस्: