Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

अर्थतन्त्र चलायमान बनाउन बलियो साझेदारी आवश्यक’

खबरडबली संवाददाता

काठमाडौ । मुलुकको अर्थतन्त्र चलायमान बनाउनका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको राजनीतिक दलका नेता तथा सरोकारवालाले जोड दिएका छन् । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औंँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले अर्थतन्त्र सुधारको बाटोमा अघि बढेको भन्दै यसलाई थप चलायमान बनाउन नीतिगत र संरचनागत सुधारको आवश्यक रहेको बताए । 

कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रमा सङ्कट नभएको र समग्र अर्थतन्त्रका सूचकाङ्क पनि सुधारोन्मुख रहेको बताए । उनले अर्थतन्त्रमा देखिएका केही चुनौतीहरुलाई सामना गर्न सरोकारवालासँग छलफल र सहकार्य आवश्यक रहेको धाराा राखे । 
     
‘अर्थतन्त्र सङ्कटमा छ’ भन्नु बुझाइमा कमजोरी हो भन्दै उहाँले यस क्षेत्रमा देखिएका चुनौतीलाई निजी क्षेत्रसँगको सहकार्यमा समाधान खोजिनुपर्नेमा जोड दिए। अर्थमन्त्री शर्माले पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्दै गएकाले अर्थतन्त्रमा सुधार भइरहेको उल्लेख गरे। 

“नेपालको अर्थतन्त्र सङ्कटमा छैन, हाम्रा अगाडि केही चुनौती छन् ती चुनौती सामना गर्ने उपाय खोज्नुपर्छ तर, अर्थतन्त्र सङ्कटमा छ भन्नु बुझाइमा कमजोरी हो । नेपालको मिश्रित खालको अर्थतन्त्र भएकाले तत्कालै सङ्कट र उचाइमा पुग्ने होइन”, उनले भने ।
     
यसअघि मुलुकको अर्थतन्त्रको सवाल र आगामी कार्यदिशाबारेको छलफलमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएको छन् । 

उनले अर्थतन्त्रको समस्यालाई अब बन्ने सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताए। “मुलुकको अर्थतन्त्र यहीँ अवस्थामा चल्न सक्दैन”, उनले भने, “अब बन्ने सरकारले यो कुरालाई महसुस गरी प्राथमिकताका साथ निजी क्षेत्रको सहकार्यमा काम गर्नेछ ।” अर्थतन्त्र सबल बनाउनका लागि निजी क्षेत्रको साथ आवश्यक भएको उनको भनाइ छ ।
  
नेकपा ९एमाले०का उपाध्यक्ष विष्णु पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको साथ आवश्यक भएको बताए । 

“निजीकरण मोडेलमा त्रुटि भए सुधार गर्नुपर्छ”, उनले भन्नुभयो,“अर्थतन्त्र चलायमान बनाउनका लागि सही नीति र सही नेतृत्व आवश्यक छ । उनले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि नीतिगत र संरक्षनागत सुधार हुनुपर्नेमा जोड दिए ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारको बाटमा अघि बढेपछि यसभित्र केही कमजोरी भएको बताए । “अर्थतन्त्रमा रहेका कमजोरी सुधार गर्न जरुरी छ, बजार सुधार्नेका लागि हामी खुला छौँ यसका लागि निजी क्षेत्रसँग छलफल र सहकार्य आवश्यक छ ।”

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढे समृद्धिको लक्ष्य सार्थक हुने विश्वास व्यक्त गरे ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवालले नेपालले आर्थिक मुद्दालाई प्राथमिकतामा नराखेसम्म विकास र समृद्धि हासिल गर्न नसकिने भन्दै सरकार र निजी क्षेत्रको सहकार्य अझ बलियो बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई चलायमान बनाउन सरोकारवाला गम्भीर हुनुपर्ने धारणा राखे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

शेखर कोइरालाको प्रश्न: पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिएर कस्तो चुनाव गर्न खोजिएको हो

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिने निर्णयप्रति आपत्ति जनाउँदै सरकारसँग कस्तो चुनाव गराउ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending