Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

मुद्रास्फीति १२ प्रतिशतको हाराहारीमा पुग्ने राष्ट्र बैंकको सर्वेक्षण

खबरडबली संवाददाता
काठमाडौ । मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा सहभागीले मुद्रास्फीति तोकिएको सीमाभन्दा बढी पुग्ने देखाएको हो । 
 
चालु आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीति सात प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएको भए पनि पहिलो त्रैमासमा आठ दशमलब पाँच प्रतिशतको हाराहारीमा पुगिसकेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार आगामी मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । 
 
केन्द्रीय बैंकले चालु आवको पहिलो त्रैमासको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै तीन महिना र एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १० र १२ प्रतिशत छ । केन्द्रीय बैंकले २०७९ असोज २३ देखि असोज २९ सम्म देशका ५७ सहरका ६० बजारक्षेत्रका व्यक्तिसँग अन्तवार्तामार्फत अध्ययन गरेको थियो । 
 
अध्ययनमा दुई हजार ४० जना सहभागी थिए । अघिल्लो सर्वेक्षणको तुलनामा यस सर्वेक्षणमा आठ सय ९९ थप व्यक्ति थपिएको राष्ट्र बैंकको भनाइ छ । सर्वेक्षणमा सहभागी ८६ दशमलव छ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । 
त्यसैगरी, ९५ दशमलव सात प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । खाद्य र खाद्य वस्तुको सबै उपसमूह, गैरखाद्य वस्तु तथा सेवा र सबै उपसमूह, तथा घरजग्गा ९आवास० समूहमा आगामी तीन महिनामा मूल्यवृद्धि हुने अध्ययनले देखाएको छ । 
 
खाद्य र खाद्य समूहअन्तर्गतका गेडागुडी, दाल, चिनी तथा मसाला र गैरखाद्य र सेवा समूहबाहेकका अन्य समूह तथा उपसमूहको मूल्यवृद्धि हुनेछ । राष्ट्र बैंकले कसिलो नीति अवलम्बन गरेपश्चात् अपेक्षित मुद्रास्फीतिमा कमी आउन थालेकोसमेत उक्त प्रतिवेदनमा उल्लेख छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापा–५ बाट निर्वाचित बालेन शाहले बुझे प्रमाणपत्र

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचन प्रम...

झापा-५ मा बालेनले ओलीलाई करिब ५० हजार मतान्तरले हराए

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहले ...

मोरङ–२ मा कृष्ण कार्की ठूलो मतान्तरले निर्वाचित, मिनेन्द्र रिजाल तेस्रो

विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की प्रतिनिधिसभा सदस्यमा निर्वा...

नेपाली जनता र सरकारलाई मोदीको बधाइ - दिए ‘ऐतिहासिक कोशेढुंगा’को संज्ञा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ...

झापा-५ को अन्तिम परिणाम सार्वजनिक गरिदै, सुरक्षा व्यवस्था कडा

काठमाडौं । सर्वाधिक चासोको क्षेत्र मानिएको झापा–५ को मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ ...

तोसिमा कार्की ललितपुर–३ बाट भारी मतान्तरले निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नं. ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। निर्वाचन परिणामअन...

सिन्धुली–१ मा रास्वपाका धनेन्द्र कार्की विजयी

काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी ...

लमजुङमा रास्वपाका धर्मराज केसी विजयी, पृथ्वी सुब्बा गुरुङ पराजित

गोरखा । लमजुङ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार धर्मराज केसी विजयी भएका छन्। उनले नेकपा एमाले का उम्मे...

गुल्मी–१ मा रास्वपाका सागर ढकाल विजयी

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल विजयी भएका छन्। उनल...

काठमाडौं ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE