Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

अभावमा गुज्रिँदै साङ्केतिक विद्यालय

खबरडबली संवाददाता

सुर्खेत ।सबै विद्यार्थी केही बोल्न नसक्ने र केही सुन्न नसक्ने छन् । जहाँ अन्य विद्यालयभन्दा फरक तरिकाले पढाउनुपर्छ । १० कक्षासम्मको विद्यालयमा ९६ जना विद्यार्थी छन् । विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई साङ्केतिक भाषामै पढाउनुपर्छ ।

त्यसैले पनि शिक्षकले हात र मुखको इसारा गरेर ती बालबालिकालाई अध्यापन गराउनुपर्छ । सुन्ने र बोल्ने क्षमता नभएका बालबालिकाको शैक्षिक केन्द्रका रूपमा रहेको विद्यालय हो, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित सिद्ध बहिरा बाल स्कुल । 

विद्यालयमा कार्यरत १० शिक्षकमध्ये छ जना विशेष शिक्षा परिषदबाट नियुक्त भएका छन् भने विद्यालयमा चार जना हेरचाहकर्ता र तीन जना कार्यालय सहयोगी रहेका छन् । कूल ९६ जना अध्ययनरत विद्यालयमा ८१ जना बालबालिकाले आवासीय सुविधासहितको शिक्षा लिइरहेका छन् । 

विद्यालयमा विषयगत सङ्केत सामग्रीको अभावका कारण सुन्ने र बोल्ने क्षमता नभएका विद्यार्थीको पठनपाठनमा समस्या भइरहेको छ । “साना कक्षामा साङ्केतिक सङ्केत अभावले खासै समस्या हुँदैन”, विद्यालयका प्रधानाध्यापक चिन्तामणि कँडेलले भन्छन्, “खासगरी पठनपाठनमा प्रयोग हुने साङ्केतिक सङ्केत अभावले माथिल्लो कक्षाका विद्यार्थीहरू भने प्रभावित बन्ने गरेका छन् ।” 

विद्यालयमा गणित, विज्ञान, वातावरण शिक्षालगायतका विषयमा शिक्षकलाई अध्यापनमा समस्या हुन्छ । कक्षा १० सम्म अध्यापन गराइरहेका शिक्षकहरूमा विषयगत सङ्केत अभाव देखिने प्रधानाध्यापक कँडेल बताउँछन् । उनी भन्छन्, “सङ्केत अभावले गर्दा शिक्षकले बुझाउन खोजेको शब्द विद्यार्थीले प्रष्ट बुझ्दैनन् अथवा बुझाइएको शब्दले अर्को अर्थ लगाउन सक्ने जोखिम हुन्छ । विषयगत सङ्केत अभावले विद्यार्थीलाई प्रष्ट अर्थ जनाउन शिक्षकलाई गाह्रो पर्छ ।” 
प्रअ कँडेलका अनुसार नेपालमा विषयगत सङ्केतका लागि कार्यक्रम सञ्चालन तथा अध्ययन अनुसन्धान सुरु नभएको मात्र होइन, विषयगत सङ्केतका विषयमा नेपालमा पुस्तकहरूको पनि अभाव रहेको छ । अन्य मुलुकहरूमा विषयगत सङ्केतहरुको व्यवस्था गरिएको भए पनि नेपालमा भने अन्य मुलुकको सङ्केतले काम गर्दैन ।

“पुराना शिक्षकलाई विज्ञान विषय अध्यापन गराउँदा समस्या उत्पन्न हुन्छ  । यस विषयमा हामी शिक्षकहरूले प्रयास पनि गरेका छौँ”, उनले भने, “साङ्केतिक भाषाका लागि तालिम सञ्चालन गरेका थियौँ । शिक्षकहरूलाई विषयगत सङ्केतका लागि थप तालिमको आवश्यक छ ।”

प्रअ कँडेल सुन्न र बोल्न नसक्ने बालबालिकाको शैक्षिक केन्द्रका रूपमा स्थापित विद्यालय आफैंले भने सधैँ अभाव खेप्नुपरेको बताउँछन् । विसं २०३७ मा स्थापना भएको यस विद्यालयको भवन जीर्ण छ । कक्षा कोठा पनि पर्याप्त छैन भने यहाँ खेल मैदान, पाठ्यपुस्तक, शैक्षिक सामग्री र शिक्षकको पनि अभाव छ । उचित स्रोतसाधन र अपर्याप्त शिक्षक दरबन्दीका कारण विद्यालयको शैक्षिकस्तर माथि उठाउन समस्या भएको प्रअ कँडेलले बताउँछन् ।

यस विद्यालयमा प्राथमिक तहमा एक, निम्न माध्यमिक तहमा चार र माध्यमिक तहमा एक जना गरी ६ जनाको दरबन्दी रहेको छ । विद्यालयमा कम्तीमा नौ जना शिक्षक आवश्यक रहेको प्रअ कँडेलको भनाइ छ । उनी अन्य विद्यालयका शिक्षक सरह यहाँका शिक्षकलाई सेवासुविधा नभएको बताउँछन् ।

वीरेन्द्रनगरमा रहेको यो विद्यालय अहिले सुन्ने र बोल्ने क्षमता नभएका बालबालिका अध्ययन गर्न एउटा मात्र विद्यालयका रूपमा छ । सुर्खेतका बड्डीचौर, मालारानी र गुमीमा रहेको यस्ता प्रकृतिका विद्यालयहरू गाभेर यही विद्यालयमा ल्याइएको हो । अहिले पनि यो विद्यालय सङ्घीय सरकारकै स्वामित्वमा रहेको छ । 

विद्यालयको नौ कोठे भवनभित्र एउटा कोठामा कार्यालय सञ्चालनमा छ भने बाँकी कोठामा पठनपाठन हुने गर्दछ । “पानी पर्दा सबै कक्षाहरू चुहिएर पोखरी बन्छन्, गर्मीमा सिधै सूर्यको प्रकाश कोठाभित्रै पर्छ”, प्रअ कँडेल भन्छन्, “शौचालय जीर्ण अवस्थामा छ भने खानेपानीको व्यवस्था नहुँदा विद्यार्थीलाई पसलबाट किनेर ल्याउनुपर्दछ ।” 

विशेष शिक्षामार्फत सञ्चालन भएको विद्यालयमा बहिरा विद्यार्थीलाई पढाउने शैक्षिक सामग्री नहुँदा अध्यापनमा समस्या परेको विद्यालयका अङ्ग्रेजी शिक्षक रमेशकुमार कार्कीले बताउँछन् । साङ्केतिक भाषाका लागि आवश्यक सामग्री नहुँदा पठनपाठनमा समस्या रहेको उनको भनाइ छ । उनका अनुसार नेपालीमा अनुवाद गरी फेरि साङ्केतिक रूपमा बुझाउन गाह्रो हुन्छ । सम्बन्धित विभागले नै पाठ्यक्रमअनुसार साङ्केतिक सङ्केत चिन्हको विकास तथा अनुसन्धानमा ध्यान दिनुपर्ने उनको धारणा छ । 

श्रवण शक्ति नभएका विद्यार्थीका लागि अध्ययन गर्ने प्रदेशकै एकमात्र विद्यालय भएकाले पनि यहाँ विद्यार्थी आउने क्रम बढ्दो छ । आर्थिक अवस्था र पूर्वाधार नहुँदा विद्यालयमा दिनहुँ समस्या हुने गरेको छ । प्रधानाध्यापक कँडेलका अनुसार वीरेन्द्रनगर नगरपालिकाले गत आर्थिक वर्षमा नयाँ भवनका लागि दिएको ५० लाख रूपैयाँले अहिले भवन बनिरहेको छ ।  

जीर्ण अवस्थामा रहेको प्रदेशकै एकमात्र बहिरा स्कुलको पूर्वाधार तथा शैक्षिक गुणस्तर विकासमा कुनै जनप्रतिनिधिको ध्यान नपुगेको अभिभावकहरूको गुनासो छ । साङ्केतिक भाषाको पठनपाठन हुने यस विद्यालयको पहिचान जोगाउन र विद्यालयको शैक्षिकस्तर सुधारका लागि राज्यले ध्यान दिनुपर्नेमा स्थानीय अभिभावक लक्ष्मी उपाध्याय जोड दिन्छिन् । उनले भनिन्– “राज्यले नै ध्यान नदिँदा बालबालिकाहरूको पठनपाठन प्रभावित भइरहेको छ ।” 

विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक सामग्री खरिद गर्न सरकारले प्रति विद्यार्थी मासिक ५०० रूपैयाँ उपलब्ध गराउँदै आएको छ । विद्यालयमा हाल सुर्खेत, दैलेख, कालिकोट, हुम्ला, डोल्पा, जाजरकोट, मुगु, सल्यान, बाँके, बर्दिया र कैलालीका विद्यार्थी अध्ययनरत छन् ।

कूल ९६ जना विद्यार्थी अध्ययनरत सिद्ध बहिरा बाल स्कुलमा ४६ छात्रा र ५० छात्र रहेका छन् । यहाँ पाँच छात्र र नौ छात्रा गरी १४ दलित विद्यार्थी रहेका छन् । विद्यालयमा ८१ जना आवासीय रुपमै अध्ययन गरिरहेका छन् भने १५ जना घरबाटै आवतजावत गर्दै आएका छन् ।

विद्यालयमा सबैभन्दा धेरै दैलेख जिल्लाका ३४ जना विद्यार्थी अध्ययनरत छन् भने सुर्खेतका २८, कालिकोटका १५, हुम्लाका १५, जाजरकोटका चार, कैलालीका तीन, अछामका तीन, डोल्पाका दुई तथा मुगु र डोटीका एक÷एक जना विद्यार्थी अध्ययनरत छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापा–५ बाट निर्वाचित बालेन शाहले बुझे प्रमाणपत्र

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचन प्रम...

झापा-५ मा बालेनले ओलीलाई करिब ५० हजार मतान्तरले हराए

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहले ...

मोरङ–२ मा कृष्ण कार्की ठूलो मतान्तरले निर्वाचित, मिनेन्द्र रिजाल तेस्रो

विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की प्रतिनिधिसभा सदस्यमा निर्वा...

नेपाली जनता र सरकारलाई मोदीको बधाइ - दिए ‘ऐतिहासिक कोशेढुंगा’को संज्ञा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ...

झापा-५ को अन्तिम परिणाम सार्वजनिक गरिदै, सुरक्षा व्यवस्था कडा

काठमाडौं । सर्वाधिक चासोको क्षेत्र मानिएको झापा–५ को मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ ...

तोसिमा कार्की ललितपुर–३ बाट भारी मतान्तरले निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नं. ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। निर्वाचन परिणामअन...

सिन्धुली–१ मा रास्वपाका धनेन्द्र कार्की विजयी

काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी ...

लमजुङमा रास्वपाका धर्मराज केसी विजयी, पृथ्वी सुब्बा गुरुङ पराजित

गोरखा । लमजुङ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार धर्मराज केसी विजयी भएका छन्। उनले नेकपा एमाले का उम्मे...

गुल्मी–१ मा रास्वपाका सागर ढकाल विजयी

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल विजयी भएका छन्। उनल...

काठमाडौं ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE