Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

रासायनिक मलको माग उच्च, आधा मात्रै मौज्दात

खबरडबली संवाददाता

विराटनगर । तोरी र गहुँ खेतीको लागि चाहिने रासायनिक मलको अभाव भएको छ । किसानको मागअनुसार रासायनिक मल परिपूर्ति हुन नसक्दा पूर्वीका किसानलाई मलको अभाव भएको हो ।

विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयका अनुसार भण्डार रहेको मलको भन्दा दोब्बर माग रहेको छ । गहुँ छर्ने बेलमा डिएपी र युरिया मल लिन किसान भौतारिनुपर्ने अवस्था छ । प्रादेशिक कार्यालयमा हाल युरिया तीन हजार सात सय ७२ दशमलव छ सय ५० मेट्रिक टन र डिएपी पाँच हजार नौ सय ४१ दशमलव छ सय ५० मेट्रिक टन मौज्दात छ ।

प्रादेशिक कार्यालयमा उपलब्ध मल किसानको मागभन्दा आधा भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय विराटनगरका कायममुकायम प्रबन्धक नरेशकुमार सापकोटाले बताए। केन्द्रीय कार्यालयले आयात गरेको मलको २१ दशमलव पाँच प्रतिशत मात्र प्रादेशिक कार्यालय रासायनिक मल उपलब्ध गराउँदै आएको छ । प्रदेश नं १ मा ४० हजार मेट्रिक टन रासायनिक मलको बर्सेनि माग रहेको बताइएको छ । मल आपूर्ति तथा व्यवस्थापन समितिले निर्धारण गरेको कोटाअनुसार कार्यालयले स्थानीय तहको सिफारिसमा सहकारी संस्थामार्फत बिक्री गरिँदै आएको छ ।  

धान रोपाइँका बेला मल नपाएका किसानले हिउँदे तरकारीलगायत तोरी र गहँुमा राख्नसमेत पाएका छैनन् । स्थानीय तहको सिफारिसअनुसार सहकारीमार्फत पाउनुपर्ने मल पनि साना किसान पाउन सकेका छैन । कृषि सामग्री कम्पनी लिमिटेडमार्फत मल वितरण गर्दै आएका कार्यालय तथा सहकारी संस्थामा बिहानैदेखि दौडधुप गर्दासमेत मल नपाएको देवानगञ्जका दरोली मेहताले बताए । “अहिले गहँुका लागि मल दिनुपर्ने हो, कतै पाएनाँै”, उनले भने, “मल बिना गहँु र उखुसहित तरकारी खेती गर्दा फल्दैन ।”

 मल किन्न कृषि सामग्री कम्पनी लिमिटेडमा आएका किसानहरू खाली हात फर्किरहेका छन् । भारतको सीमावर्ती क्षेत्रमा समेत मल पाइएको उनीहरूको गुनासो छ । विगतको तथ्याङ्कअनुसार प्रदेश नं १ मा गहँु हिउँदे बालीको लागि रासायनिक मल डिएपी १५ हजार मेट्रिक टन, युरिया ३० मेट्रिक टन र पोटास सात सय मेट्रिक आवश्यक पर्छ । 

विराटनगरको कृषि सामग्री लिमिटेडले प्रदेश नं १ सहित मधेस प्रदेशका सप्तरी र सिरहा जिल्लामा पठाउने गरेको छ । प्रदेश नं १ का इलाम, बिर्तामोड, सुनसरीको इटहरी, धनकुटा, गाईघाट, विराटनगरसहित मधेश प्रदेशका राजविराज, लहानसहित आठ स्थानमा रहेको कम्पनीको कार्यालयले एक सय ७० वटा सहकारीमार्फत रासायनिक मल किसानलाई बिक्री वितरण गरिँदै आएको छ । पछिल्लो समय कोरोना महामारीका कारण रासायनिक मल उत्पादनमा कमी आएको र अन्तर्राष्ट्रिय मूल्य तीन सय प्रतिशत बढेकाले नेपाल सरकारले मल नल्याउँदा अभाव हुँदै आएको छ । 

गत वर्ष पनि हिउँदे बाली लगाउने समयमा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले पर्याप्त मल आयात गर्न नसक्दा पूर्वमा मल अभाव भएको थियो । ‘सिजन’का बालीमा चाहिने डिएपी मल अभाव हुँदा कृषक मर्कामा पर्दै आएका छन् । नेपालमा मल अभाव हँुदा किसानले भारतीय कमसल मल प्रयोग गर्दा उत्पादनमा समेत ह्रास आउने गरेको कृषक बताउँछन् । सरकारले २०५५ सालदेखि किसानलाई मलमा अनुदान दिँदै आएको छ । यस पटक भारतमा समेत मलको अभाव भएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

शेखर कोइरालाको प्रश्न: पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिएर कस्तो चुनाव गर्न खोजिएको हो

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिने निर्णयप्रति आपत्ति जनाउँदै सरकारसँग कस्तो चुनाव गराउ...

रवि लामिछाने आज काठमाडौँ फर्किँदै

काठमाडौँ। तुलसीपुर उच्च अदालतको आदेशअनुसार थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौँ फर्किने भएका छन्। ...

नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा आज सुरु हुँदैछ। भृकुटीमण्डपमा हुने सभाका लाग...

अमेरिकाद्वारा सिरियामा आईएसविरुद्ध अहिलेसम्मकै ठूलो हवाई आक्रमण

वासिङ्टन डिसी। अमेरिकी सेनाले सिरियामा सक्रिय इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध अहिलेसम्मकै ठूलो र ‘शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको छ। आफ्ना सैनि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending