चितवन । मिटर ब्याजबाट पीडित भएका र मिटर ब्याज लिएकाको प्रमाण सङ्कलनमा प्रहरी जुटेको छ । सरकारले गत साउन २९ गतेदेखि भदौ ५ गतेसम्मका लागि मिटर ब्याज पीडितलाई निवेदन दिन गरेको आग्रहअनुसार जिल्ला प्रशासनमा परेका उजुरीमध्ये सहमति नभएका उजुरीको प्रमाण सङ्कलनमा प्रहरी लागेको हो ।
मिटर ब्याजीले रकम दिएको र ऋणीले लिएको प्रमाण खोज्ने काम भइरहेको जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रशासन कार्यालयबाट सहमति हुन नसकेर १३ उजुरी कारबाहीका लागि प्रहरी कार्यालय आएको छ । ती उजुरीमाथि आवश्यक अनुसन्धान भइरहेको उनले बताउनुभयो । केही उजुरीका विषयमा सरकारी वकिल कार्यालयसँग राय माग्ने काम भइरहेको उहाँले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत साउन २९ गतेदेखि भदौ ५ गतेसम्म २३ उजुरी परेका थिए । तीमध्ये एउटा उजुरीको सहमति भएको छ भने दुई उजुरी छालफलका क्रममा रहेका छन् । अन्य सात उजुरीको विपक्षी उपस्थित नभएकाले छलफल बाँकी रहेको कार्यालयका नायब सुब्बा विशाल श्रेष्ठले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २३ गते, २०८१ - १६:५६
काठमाडौँ। हमास आतङ्ककारी समूहले इजरायलको गाजा नजिकैको सहरबाट अपहरण गरी लगेका बन्दीमध्ये ३४ जनालाई अपहरण मुक्त गर्ने भएको छ। सन् २०२२ को अक्टोबर ७ मा स...
पौष २३ गते, २०८१ - १६:४३
सोलुखुम्बु। भूकम्पका कारण सोलुखुम्बुमा सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयको भवनसहित आधा दर्जन घरमा क्षति पुगेको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ ...
पौष २३ गते, २०८१ - १६:३६
काठमाडौँ। नेपाल कबड्डी लिग (एनकेएल) खेल्न थाइल्यान्डबाट ६ खेलाडी मङ्गलबार काठमाडौँ आइपुगेका छन् । एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित लिग खेल्न ...
पौष २३ गते, २०८१ - १६:२३
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । मङ्गलबार नेप्से छ दशमलव १६ अङ्कले बढेर दुई हजार छ सय ४६ दशमलव ८४ बि...
पौष २३ गते, २०८१ - १६:०१
काठमाडौं। उपप्रधान एवम् शहरीविकासमन्त्री प्रकाशमान सिंहले कलाकारलाई सम्मान गर्नु राज्यको दायित्व भएको बताएको छन। मङ्गलबार काठमाडौंमा नेपाल व्यवसायि...
पौष २३ गते, २०८१ - १५:५२
काठमाडौं। पटक पटक कम्पन हुँदैमा ठुलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भूकम्पविद्हरुले बताएका छन् । भूकम्पको भविष्यवाणी गर्न नमिल्ने उनीहरुको भनाइ छ । ...
पौष २३ गते, २०८१ - १५:४६
बेइजिङ। चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रमा मङ्गलबार बिहान आएको ६।८ म्याग्निच्युडको भूकम्पपछि राष्ट्रपति सि जिनपिङले सबै प्रकारका उद्धारको प्...
पौष २३ गते, २०८१ - १५:०८
सोलुखुम्बु। भूकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति पुगेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेत्य...
पौष २३ गते, २०८१ - १४:११
काठमाडौं। तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह...
पौष २३ गते, २०८१ - १४:०५
बर्लिन। गत वर्ष जर्मनीमा विद्युतीय कारहरूको बिक्री २७ दशमलव ४ प्रतिशतले घटेको आधिकारिक तथ्याङ्कले सोमबार देखाएको छ । समग्रमा सन् २०२४ मा युरोपको सब...
प्रतिकृया लेख्नुहोस्: