सोलु । बाँदर आतङ्कले सोलुखुम्बुका कृषक आजित बनेका छन् । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–८ रणेम क्षेत्रका सुन्तला, कोदो, धान बाली सखाप पारेसँगै कृषक आजित बनेका हुन् ।
आफूहरूले घाम पानी नभनी लगाएको बालीबाट उत्पादन लिने समयमा बाँदरले खाएर सखाप पारेको कृषक नीरकुमार राईको गुनासो छ । उब्जनी भएका अन्नबाली उठाउन नपाउँदै खान थालेपछि बाँदर धपाउन गोठालो बस्नुपर्ने अवस्था आएको कृषक बताउँछन् ।
जङ्गलबाट ठूलो सङ्ख्याका बाँदर हुल बाँधेर आउने भएकाले धपाउन समस्या हुने र एकैचोटिमा धेरैको खेतबारीमा फलेको अन्नबाली सखाप पार्ने गरेको दिप्लीका रत्नकुविर राईको दुःखेसो छ । कोशीवारि रहेको यो क्षेत्रलाई माप्य दूधकोशीको वाकुसँग जोड्न इंखु खोलामा पुल थापेसँगै वाकु जङ्गलको बाँदर दिप्ली क्षेत्रमा प्रवेश गरेको कृषकको भनाइ छ । वर्षभरि दुःख गरेर लगाएको बालीनालीमा बाँदरको आतङ्क बढ्न थालेसँगै खेतीयोग्य जमिन नै बाँझो राख्ने मनस्थितिमा कृषक पुगेका छन् ।
रोग किराको प्रकोपसँगै जङ्गली जीवजन्तुको आतङ्कले आजित बनेका कृषक उब्जनी भएको आधाभन्दा बढी लगानी रोग किरा र जङ्गली जीवजन्तुले नै सखाप पार्ने गरेको अर्का कृषक राजकुमारी राईले बताए । यो वर्ष मात्र नभई बर्सेनि यहाँका कृषकले बाँदर आतङ्क खेप्दै आएका छन् ।
विगतका वर्षमा बाँदर धपाउनका लागि भन्दै डिभिजन वन कार्यालय सोलुखुम्बुबाट यन्त्र वितरण गरिएको थियो । तर उक्त यन्त्र पड्काएर बाँदर धपाए पनि फेरि फर्केर आइहाल्ने भएकाले खासै प्रभावकारी नबनेको कृषकको भनाइ छ । थुलुङ दुधकोशी गाउँपालिका–८ का वडाध्यक्ष राजेश राईले कृषकको समस्या समाधानका लागि गाउँपालिकाको कार्यपालिका बैठकमा कुरा उठाउने र बाँदर आतङ्कबाट कृषकलाई छुट्कारा दिलाउन आफूले सक्दो प्रयास गर्ने प्रतिक्रिया दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: