पाटन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आदिवासी जनजातिकोे सभ्यता, संस्कृति र परम्पराको निरन्तरताबाट ज्ञान प्राप्त गरी समृद्धि हासिल गर्नुपर्ने बताएको छन् । आदिवासी जनजाति आयोगले ललितपुरमा आज आयोजना गरेको आदिवासी जनजाति ज्ञान सम्मेलनमा उहाँले खोज, अनुसन्धान, सङ्घर्ष र निरन्तरताबाट सभ्यता र संस्कृतिको जगेर्ना गर्दै सीप, सिर्जनालाई ज्ञान क्षेत्रमा जोडेर समृद्धि हासिल गर्न लाग्नुपर्ने बताए ।
“सभ्यता, संस्कृति र परम्पराको निरन्तरताबाट ज्ञान प्राप्त हुन्छ । सभ्यतासँग संस्कृति जोडिएको हुन्छ । सभ्यता र संस्कृति नै रहेन भने अस्तित्व रहँदैन”, मन्त्री पौडेलले भने, “समाजमा विभिन्न किसिमका विशेषता हुन्छन्, त्यसलाई हामीले ज्ञान क्षेत्रमा जोड्न सकेनौँ भने सभ्यता र संस्कृतिको संरक्षण र विकास पनि हुन सक्दैन र हामी पनि अगाडि बढ्न सक्दैनौँ । विश्वविद्यालयहरूमा यो बहस आवश्यक छ ।”
थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आदिवासी जनजातिको ज्ञानको संरक्षण र संवद्र्धन गर्दै विविधतालाई सम्पत्तिको रूपमा स्वीकार गर्नुपर्ने बताए । “नेपालको विविधतालाई हाम्रो सम्पत्तिको रूपमा स्वीकार गरेर जानुपर्छ, यसलाई अहिले गम्भीरतापूर्वक लिइएको छैन ।” अध्यक्ष चौधरीले भने, “आदिवासी जनजातिका ज्ञान भाषा, संस्कृतिसँग जोडिएका विषय छन्, अहिले भाषा संरक्षण नै चुनौतीपूर्ण अवस्थामा छन् । हामीले भाषिक विकास र संरक्षणका लागि पाठ्यक्रममा भाषालाई समेट्नुपर्ने आवश्यकता छ ।”
राष्ट्रियसभाका सदस्य सुरेश आलेमगरले संवैधानिक अङ्गका रूपमा रहेको आदिवासी जनजाति आयोग आदिवासी जनजाति आन्दोलनको सफलता भएको बताउँदै यसले आफ्ना गतिविधिलाई राज्यको नीति र अभ्यासअनुसार आदिवासी जनजातिको संस्कृति, सभ्यता र ऐतिहासिक परम्पराको संरक्षण, प्रवद्र्धन र व्यापकतामा ध्यान दिने अपेक्षा गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: