काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो गर्ने, राम्रो बाहेक नगर्ने रहेको बताएका छन्। नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका नेता तथा कार्यकर्ताहरुलाई निवास बालुवाटारमा निर्देशन दिँदै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीले राम्रो काम गरेर जनताको विश्वास जित्न जरुरी भएको बताउँदै गर्न चाहे हुने रहेछ भन्ने आभाष जनतामा दिलाउन सकिने बताए । उनले भने, ‘दुःख, मेहनत, त्याग र तपस्या जेजे गरेर हुन्छ राम्रो गर्नु पर्दछ । आफूले गरेको राम्रो कामको प्रचार नगरेर पनि हामीले दुःख पाएको हो । मध्यपहाडी लोकमार्गदेखि उत्तर–दक्षिण कोरिडोर म पहिलो पटक प्रधानमन्त्री भएपछि प्रस्तावित गरेका परियोजना हुन् । अहिले नेपाल त्यतै हिँडिरहेको छ । तर ती माओवादीले गरेका परियोजना भनेर स्थापित भने भएका छैनन् ।’
अहिलेको परिवर्तनका लागि मुख्य भूमिका खेलेको र उज्यालो नेपाल जस्ता विकास कार्यक्रममा माओवादीकै नेतृत्व र पहलमा भए पनि त्यसको स्वामित्व लिनेमा समस्या भएको उनको भनाइ थियो ।
कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने र समाजवादी फोरम बनाउने चर्चा परिचर्चा चलिरहेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो । कर्णाली प्रदेशमा आफ्नो पार्टी सबैभन्दा अगाडि रहेकोमा खुसी व्यक्त गर्दै सो क्षेत्रको विकासका लागि वर्तमान सरकारको ध्यान रहेको बताए । प्रधानमन्त्रीले कर्णालीमा बन्ने आगामी सरकारले कर्णालीका जनताका निम्ति र कर्णाली प्रदेशका निम्ति आर्थिक विकासमा गति दिने, जनतासँग जीवन्त सम्बन्ध बनाउने र जनताको विश्वास जित्ने काममा लाग्न निर्देशन दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २२ गते, २०७९ - १२:४१
काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले दुईमहिने राजनीतिक अभियान चलाउने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेक...
माघ २२ गते, २०७९ - ११:०२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । पार्टी केन्द्रिय समिति र संसदीय दलको संयुक...
माघ २२ गते, २०७९ - १०:५८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रलाई समर्थन गर्दै उम्मेदवारी नदिने निर्णय गरेको छ । ...
माघ २२ गते, २०७९ - १०:५३
काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरस्थित एक घरमा डेरा गरी बस्ने बाबुछोरी मृत फेला परेका छन् । रामेछाप स्थायी घर भएका ४२ वर्षिय किशोर भण्डारी र उ...
माघ २२ गते, २०७९ - १०:४२
काठमाडौं । राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आज १९औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा टेलिकमले आज बिहान भद...
माघ २१ गते, २०७९ - १३:४३
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्डले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताउनुभएको छ । आदिबासी जनजाति...
माघ २१ गते, २०७९ - १३:३८
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक शनिवार ललितपुरको बालकुमारीमा सुरु भएको हो । आजबाट सुरु भएको...
माघ २१ गते, २०७९ - १३:०२
काठमाडौं । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहितका दलले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारी आइतबारसम्ममा टुङ्गो लगाउने भएका छन् । ...
माघ २१ गते, २०७९ - १२:३०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उचित मूल्य नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेको समाचारप्रति कृषि तथा पशुपक्षी मन्त्राल...
माघ २० गते, २०७९ - १४:२८
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोक पुगेका छन् । सिन्धुपाल्चोकको जुगलगाउँपालिका– ५ चनौटेमा चीन सरकारको आर्थिक तथा प...
प्रतिकृया लेख्नुहोस्: