Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

क्रिप्टो कारोबार हुने वेवसाइट र एप्लिकेसन बन्द गर्न निर्देशन

खबरडबली संवाददाता

काठमाडौ ।क्रिप्टो कारोबार, हाइपर नेटवर्किङ र अनलाइन जुवा ९बेटिङ०सँग सम्बन्धित वेवसाइट तथा एप्लिकेसनहरू बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ ।
 
नेपालको मौजुदा कानूनी व्यवस्थाले क्रिप्टो कारोबार, नेटवर्किङ र अनलाइन जुवालाई अवैध मानेको छ । तर, यस्ता वेवसाइट र एप्लिकेसन भने निर्वाध चलिरहेका छन् । सरकारले यसअघि नै अनलाइन प्रविधिमार्फत् हुने क्रिप्टो करेन्सी कारोबार, हाइपर नेटवर्किङ्ग, अनलाइन जुवालगायत गैरकानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेवसाइट, एप्लिकेसन र अनलाइन सञ्जाललाई बन्द गर्न निर्देशन दिए पनि इन्टरनेट सेवा प्रदायकहरूले अटेरी गरेपछि फेरी निर्देशन दिनु परेको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
 
यस्ता वेवसाइट र एप्लिकेसन बन्द गर्नका लागि सेवा प्रदायकहरूलाई दोस्रोपटक निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए “अर्थ मन्त्रालयबाट परिपत्र भए बमोजिम हामीले करिब एक वर्षअघि इन्टरनेट सेवा प्रदायकहरूलाई यस्ता साइट बन्द गर्न निर्देशन दिएका थियौँ । तर उक्त निर्देशनको प्रभावकारी पालना भएको नदेखिएपछि अहिले फेरी निर्देशन दिइएको हो ।”, पौडेलले भने । यो निर्देशन पालना नगर्ने सेवा प्रदायकहरूलाई कारबाही गरिने पनि प्राधिकरणले जनाएको छ ।

दूरसञ्चार प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, विट क्वाइन, हाइपर नेटवर्किङ्ग, अनलाइन जुवालगायतका विषयसँग सम्बन्धित वेवसाइट र एप्लिकेसन सञ्चालनमा रोक लगाउन भनेको छ । त्यस्तो वेवसाइट, एप्लिकेसन वा अनलाइन सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न सबै इन्टरनेट (इमेल सहित) सेवा प्रदायक संस्थाहरुलाई दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको हो । यसअघि सरकारले अश्लील साइटहरु पनि बन्द गर्न सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सैनिक कल्याणकारी भवनको भाडा विवाद, अदालतको आदेश उल्लङ्घन

काठमाडौँ । न्युरोडको महाङ्कालस्थित सैनिक कल्याणकारी भवनको भाडा विवाद अझै टुङ्गिएको छैन। सैनिक कल्याणकारी कोषले जयन्ती निर्माण सेवा प्रालिसँगको करार सम...

क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडालाई अमेरिकामा बिक्री हुने कुनै पनि विमानमा ५० प्रतिशत कर लगाउने चेतावनी दिनु भएको छ । क्...

जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१५ गिरावट, वार्षिक आधारमा वृद्धि

टोकियो। जापानको सरकारी तथ्याङ्कले जनाए अनुसार डिसेम्बर सन् २०२५ मा जापानको औद्योगिक उत्पादन ०.१ प्रतिशतले घटेको छ । यो जानकारी जापानी अर्थ मन्त्रालयले...

प्रचण्डले एकताको नाममा झुट बोले—विप्लव

काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एकताको नाममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झुट बोले...

भ्रष्टाचार विरोधी अभियानका कारण सरकारबाट बाहिरिनुपरेको थियो, रुकुम पूर्वबाट जनताको बीचमा फर्कन्छु: प्रचण्ड

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका संयोजक ८८पुष्पकमल दाहाल ‘प्रचण्ड’८८ले भ्रष्टाचार विरोधी अभियान मन नपर्ने वर्ग र तत्त्वले आफूलाई सरकारबाट बाहिर जान...

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौँ।अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले बजेट कार्य...

निर्वाचन विशेष तयारी: गृह मन्त्रालयले ल्यायो वडा तहसम्मको सुरक्षा अवधारणा

काठमाडौँ। गृह मन्त्रालयले वडातहमा क्रियाशील रहेका राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिको सहभागिता अभिवृद्धि गरी निजलाई निर्वाचनका सबै प्रक्रिय...

धनकुटामा बस दुर्घटना, ६ जना घाइते

धनकुटा । कोशी लोकमार्गअन्तर्गत धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका–१ को सिमानामा पर्ने त्रिशुलेमा बस दुर्घटना भएको छ। तेह्रथुमबाट धरा...

ललितपुरमा श्रीमतीको हत्या गरि श्रीमानद्धारा प्रहरीमा आत्मसमर्पण

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनादे पाख्रिनले आफ्नी पत्नी कोपिला पाख्रिन (२३) लाई हत्या गरी प्रहरी कार्यालयमा आत्मसमर्...

उद्योग वाणिज्य संघद्वारा उपमहानगरलाई २५ वटा आगो निभाउने फायर स्ट्रिगुसर हस्तान्तरण

नेपालगन्ज। पछिल्लो समयमा नेपालगन्जका विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानमा आगलागिका घट्नाहरु बढ्दै जाँदा नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज उपम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending