Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

भारतमा उत्पादित ‘डक–१ म्याक्स’ प्रयोग नगर्न डब्लुएचओको चेतावनी

खबरडबली संवाददाता

नयाँ दिल्ली । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले उज्बेकिस्तानमा कम्तीमा २० जना बालबालिकाको मृत्युका लागि जिम्मेवार ठहरिएका भारतमा उत्पादित ‘कफ सिरप’को प्रयोग नगर्न आग्रह गरेको छ । 

डब्लुएचओले भारतको मेरियन बायोटेकले उत्पादन गरेका यी उत्पादनहरू ‘गुणस्तरहीन’ भएको र कम्पनीले उनीहरूको ‘सुरक्षा र गुणस्तर’ को बारेमा सुनिश्चितता प्रदान गर्न असफल भएको बताएको छ ।

कम्पनीले बनाएको ‘डक–१ म्याक्स’ नामको खोकी रोक्ने झोल औषधि खाँदा कम्तीमा २० बालबालिकाको मृत्यु भएको उज्बेकिस्तानका अधिकारीहरूले गत महिना बताएपछि भएको अनुसन्धानपछि बुधबार यो चेतावनी जारी गरिएको हो ।

त्यसपछि भारतको स्वास्थ्य मन्त्रालयले उक्त कम्पनीको उत्पादन रोकेको थियो भने उज्बेकिस्तानले ‘डक–१ म्याक्स’को आयात र बिक्रीमा प्रतिबन्ध लगाएको थियो ।

उज्बेकिस्तानको गुणस्तर नियन्त्रण प्रयोगशालाले सिरपको नमूनाको विश्लेषण गर्दा ‘डाइथिलीन ग्लाइकोल’ वा ‘इथिलीन ग्लाइकोल’को अस्वीकार्य मात्रा प्रदूषकहरूको रूपमा रहेको’ पाइएको डब्ल्यूएचओले जनाएको छ । 

‘डाइथिलीन ग्लाइकोल’ र ‘इथिलीन ग्लाइकोल’ मानव स्वास्थ्यका लागि विषाक्त मानिन्छन् र यो प्राणघातक साबित हुन सक्छ ।

“यी दुवै उत्पादनहरूले यस क्षेत्रका अन्य देशहरूमा मार्केटिङ अनुमति प्राप्त गरेका हुन सक्छन् अनौपचारिक बजारमार्फत अन्य देश वा क्षेत्रमा पनि वितरण गरिएको हुन सक्ने हुँदा यसको प्रयोग नगर्न सुझाब दिइएको छ,” डब्लुएचओले भनेको छ ।

“ती उत्पादनहरू ‘असुरक्षित पाइएको छ र विशेष गरी बालबालिकाहरूमा यसको प्रयोगले उनीहरूको स्वास्थ्यमा गम्भीर आघात वा मृत्यु हुन सक्छ,” विज्ञप्तिमा भनिएको छ ।

मेरियन बायोटेकका अधिकारीहरूसँग यसबारे प्रतिक्रियाका लागि एएफपीले प्रयास गरेको तर तत्काल सम्पर्क हुन सकेन । 

गत अक्टोबरमा डब्लुएचओले गाम्बियामा बालबालिकाको मृत्युको घटनासँग अर्को फर्मको औषधिलाई जोडेपछि नियामकहरूको अनुसन्धानको सामना गर्ने यो दोस्रो भारतीय औषधि निर्माता कम्पनी हो ।

मेडन फर्मास्युटिकल्सले विषाक्त खोकी र रुघाखोकीको औषधि उत्पादन गरेको आरोप लागेको थियो जसका कारण अफ्रिकी देशमा कम्तीमा ६६ जना बालबालिकाको मृत्यु भएको थियो । औषधि सेवन गरेका पाँच महिनादेखि चार वर्षसम्मका ती बालबालिकाको मृगौला फेल भएर मृत्यु भएको हो । 

भारतले मेडेन फर्मास्युटिकल्समाथि अनुसन्धान सुरु गरेको तर अनुसन्धानले औषधिहरू ‘गुणस्तरीय’ भएको बताएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत

काठमाडौँ। राष्ट्रिय सभाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ लाई बहुमतले स्वीकृत गरेको छ । शुक्रब...

रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग हटाउन अदालतको अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन ...

बर्डफ्लु सङ्क्रमणपछि जावलाखेल चिडियाखाना दुई साताका लागि बन्द

काठमाडौंँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही पक्षीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको ...

झापामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मामा र भान्जीको घटनास्थलमै मृत्यु

बिर्तामोड। झापाको कन्काई नगरपालिका–५ स्थित चप्रामारी भन्ने स्थानमा जोत्न निकालेको ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार ५ वर्षीया बालिकासह...

जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको सिफारिस गैरसंवैधानिक: बार अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बार एशोसिएशन का अध्यक्ष डा. विजयप्रसाद मिश्रले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग को सिफारिस गैरसंवैधानिक रहेको बताएका ...

प्रहरी हिरासतमा श्रीकृष्ण विकको मृत्यु प्रकरण, यातना दिएको पुष्टि भएन: गृहमन्त्री

काठमाडौं । सिन्धुली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका श्रीकृष्ण विकको मृत्यु प्रकरणमा प्रहरीले कुनै पनि प्रकारको शारीरिक वा मानसिक यातना दिएको प...

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ। नेपाल सरकारको मन्त्रिपरिषद् बैठक आज अपराह्न ४:३० बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजन...

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, १४० कम्पनीको शेयर मूल्य ओरालो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ६३ अङ्कले उक...

सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत

काठमाडौँ। ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ प्रतिनिधि सभाबाट स्वीकृत भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गर...

प्रतिनिधिसभाबाट ४ अध्यादेश स्वीकृत, ६ दिनपछि बस्ने गरी बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गर्दै ६ दिनपछि बस्ने गरी बैठक स्थगित गरेको छ। अब अर्को बैठक असार ११ गते बिहान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending