Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

जनवरीमा भित्रिए ५५ हजार पर्यटक

खबरडबली संवाददाता

काठमाडौ ।अङ्ग्रेजी वर्ष सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको पहिलो महिना हवाई मार्ग भएर ५५ हजार बढी विदेशी नागरिकले नेपाल भ्रमण गरेका हुन् । पर्यटक आगमन उत्साहवद्र्धक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए। उनले अफ सिजनमा पनि उल्लेख्य सङ्ख्यामा पर्यटक भित्रिनु सकारात्मक सुरुआत भएको उल्लेख गरे। 

जनवरीमा भारतबाट १६ हजार चार यस ३६ पर्यटक आएका छन् । अमेरिकाबाट छ हजार पाँच सय ६१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यस्तै, अष्ट्रेलियाबाट तीन हजार चार सय ४१ र बङ्गलादेशबाट दुई हजार चार सय ६८ पर्यटक भित्रिएको बोर्डको विवरणमा उल्लेख छ ।

सन् २०२२ को जनवरीमा १६ हजार चार सय ३६ पर्यटक आएका थिए भने सन् २०२१ मा आठ हजार छ सय ७४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो विवरण हेर्दा महामारीपछि जनवरी महिनामा हालसम्मकै उल्लेख्य पर्यटक आएको देखिन्छ । 

कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने केही बढेको थियो । उक्त वर्ष छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ पर्यटक नेपाल आएका थिए तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई दुई लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए । 

त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए । जुन सन् २०२० को तुलनामा ३४ दशमलव चार प्रतिशतले कमी हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दोलखामा मतपत्र लुटिएपछि बुथ एजेन्टलाई नै प्रहरीले नियन्त्रणमा लियो

काठमाडौं । तामाकोशी गाउँपालिका-४ को मालु मतदान केन्द्रमा मतदान रोकिएको छ। कर्मचारीमाथि हातपातको प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको थियो। त्यसपछि मत...

बिहान ११ बजेसम्म देशभरि १०.१८ प्रतिशत मत खस्यो

काठमाडौं । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, देशभरि बिहान ११:०० बजेसम्म १९ लाख २३ हजार ८२४ मत खसेको छ। यो कुल मतदाताक...

दोलखाको तामाकोसी–४ मा रोकिएको मतदान पुन: सुचारु

काठमाडौँ। दोलखाको तामाकोसी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान स्थलमा रोकिएको मतदान पुन: सुचारु गर्ने सहमति भएको छ। बागमती प्रदेशका डीआईजी दीप...

सर्लाहीको बलरा–४ मा रोकिएको मतदान पुन: सुरु

काठमाडौं। सर्लाहीको बलरा नगरपालिका–४ स्थित एक मतदान केन्द्रमा केही समयका लागि रोकिएको मतदान पुन: सुरु भएको छ। उक्त पालिका राष्ट्रिय स्वतन्त्र पार्ट...

बर्दिवासमा पौने घण्टापछि सुरु भयो मतदान

बर्दिवास। महोत्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको कडा सुरक्षावीच विहिवार बिहान निर्धारित समयमा मतदान सुरु भएको छ । सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण...

मतदानपछि बालेन शाह हेलिकप्टरमार्फत झापा जाँदै

काठमाडौं । बालेन शाहले काठमाडौं–२ को मतदान केन्द्रमा मतदान गरेका छन्। मतदान गरेपछि उनी झापा जाने तयारीमा रहेका छन्। सुरक्षा स्रोतका अनुसार बालेन मा...

ओखलढुंगामा मतदान केन्द्र नौ बजेसम्म सुनसान

ओखलढुंगा। ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७, टोक्सलस्थित सहिद स्मृति आधारभूत विद्यालय सातसल्ले मतदान केन्द्र बिहान ९ बजेसम्म सुनसान रहेको छ।...

उदयपुरको कटारीको मतदान केन्द्रमा सुरक्षाकर्मीको हतियार पड्कियो

काठमाडौं। उदयपुरको कटारीको मतदान केन्द्रमा सुरक्षाकर्मीले बोकेको हतियार असावधानीवश पड्किएको छ। कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र ताव...

निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महा...

निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने

इलाम। निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE