सिड्नी । अष्ट्रेलियाले आफ्नो ब्याङ्कनोटमा बेलायती नरेशको तस्बिर नछाप्ने घोषणा गरेको छ । अष्ट्रेलियाको केन्द्रीय ब्याङ्कले आज उक्त घोषणा गरेको हो ।
बेलायतकी महारानी एलिजावेथ द्वितीयको तस्बिर अङ्कित अष्ट्रेलियाको पाँच डलरको नोटमा अब देशको इतिहास र आदिवासी संस्कृतिको सम्मान गर्ने चित्र छापिने उक्त ब्याङ्कले जनाएको छ । केन्द्रीय ब्याङ्कको यो निर्णयसँगै हालै राजसिंहासन सम्हाल्नुभएका बेलायतका राजा चाल्र्स तृतीयको फोटो नोटमा छापिने छैन । नोटबाट राजाहरूको फोटो हटाउने निर्णयको अर्थ अष्ट्रेलियाको कुनै पनि कागजी मुद्रामा राजसंस्था प्रमुख रहने छैनन् ।
गत सेप्टेम्बर ८ मा महारानी एलिजाबेथको मृत्यु भएपछि राष्ट्राध्यक्षको सम्मानमा अष्ट्रेलियाले राष्ट्रिय शोकको घोषणा गरेकामा केही आदिवासी समूहले त्यसको विरोध गरेका थिए । विरोधका क्रममा उनीहरूले राजतन्त्रको उन्मूलनका निम्ति आह्वान गरेका थिए । यसले संवैधानिक राजतन्त्रको भविष्यबारेको बहसलाई पुनः सतहमा ल्याएको छ । संवैधानिक राजतन्त्रात्मक लोकतान्त्रिक मुलुक अष्ट्रेलियाका राष्ट्राध्याक्ष राजा चाल्र्स तृतीय हुनुहुन्छ । सन् १९९९ मा भएको जनमत सङ्ग्रहमा गणतन्त्र झिनो मतले पराजित भएको थियो ।
केन्द्रीय ब्याङ्कको उक्त निर्णयलाई एन्थोनी अल्बानिजको वामपन्थी सरकारले समर्थन गरेको बताएको छ । सरकारको यो समर्थनबाट अष्ट्रेलिया गणतन्त्रको मार्गमा उन्मुख भएको सङ्केत गरेको छ । नयाँ नोट छापिन केही वर्ष लाग्ने बताइएको छ भने सरकारले पनि आदिवासी समूहहरूसँग परामर्श गर्ने जनाएको छ । नयाँ नोटको प्रारूप पनि तयार भइसकेको छैन भने त्यसबारे थप निर्णय पनि नभएको केन्द्रीय ब्याङ्कका अधिकारीहरूले बताएका छन् ।
राजा चाल्र्स तृतीयको फोटो नोटमा नछाप्ने निर्णयको आदिवासी राजनीतिज्ञ तथा समुदायका नेताले स्वागत गरेका छन् । बेलायतको उपनिवेशबाट मुक्त हुने आफ्नो चाहनापूर्तिको दिशामा यो पहिलो विजय भएको टिप्पणी आदिवासी नेताले गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८१ - १७:००
वालिङ। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सागर गैह्रेको निधन भएको छ । स्याङ्जा क्षेत्र नं. २ (क) का सभापति समेत रहेका नेता गैह्रेको ६२ बर्षको उमेरमा ...
पौष १० गते, २०८१ - १६:३२
ताप्लेजुङ। ताप्लेजुङस्थित लाखेजात्रा सञ्चालन समितिको अध्यक्षमा सागर मादेन चयन हुनुभएको छ।समितिको १६ औं साधारणसभाले मादेन अध्यक्ष रहेको नयाँ कार्यसमिति...
पौष १० गते, २०८१ - १६:०९
भक्तपुर। सभामुख देवराज घिमिरेले संसदीय लोकतन्त्र प्रवर्द्धनका लागि सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताएको छन । आज भक्तपुरको नगरकोटमा सम्पन्न ...
पौष १० गते, २०८१ - १५:५८
काठमाडौं। कजाकस्तानमा ६७ जना यात्रु बोकेको विमान दुर्घटना भएको छ । सो दुर्घटनामा परी दर्जनौं व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा २५ जनालाई जिबितै उ...
पौष १० गते, २०८१ - १५:४५
काठमाडौं। भारतीय चर्चित गायक सोनु निगम काठमाडौं आइपुगेका छन्। बुधबार दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका उनलाई आयोजक टिमले ढाकाटोपी...
पौष १० गते, २०८१ - १५:३५
गुल्मी। गुल्मीको रेसुङ्गा नगरपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ को हालसम्म तीन करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । १६ औं नगरसभामा नगरप्...
पौष १० गते, २०८१ - १५:२७
रौतहट । रौतहट जिल्लाको समग्र विकास र बिभिन्न समस्या समाधानको लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराइएको छ। नेकपा एमालेका केन्द्रीय सदस...
पौष १० गते, २०८१ - १५:०९
काबुल। अफगानिस्तानको पूर्वी सीमावर्ती प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु भएको तालिबान सरकारका प्रवक्ताले बुधबार एएफपीलाई जा...
पौष १० गते, २०८१ - १४:५६
रामपुर। रामपुर नगरपालिका–५ सानीअमराईका पुरुषोत्तम ढुंगानाले पशुपालन व्यवसायबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । उनले गाउँमा कृषिकर्मबाट...
पौष १० गते, २०८१ - १४:४१
काठमाडौँ। नेपालका प्रिन्स दाहाल र रसिला महर्जनको जोडी काठमाडौँमा जारी योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज अन्तर्गत मिक्स युगलको सेमिफाइनलमा प्रव...
प्रतिकृया लेख्नुहोस्: