Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

युवामाथि सिंगो राष्ट्रको भरोसा छ : प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवामाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन्। टुँडिखेलमा आज आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै उनले वर्तमान अवस्थामा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताए।

‘तपाईंहरुमाथि अभिभावकको मात्र आशा र सपना निहित नभई प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ। त्यसैले उत्कृष्ट समाज निर्माणका लागि यसै युवा अवस्थामा तपाईंहरूले आफ्नो मनोबल उच्च बनाउनुका साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र सोअनुरूपको कार्यभार पूरा गर्न सबल नागरिक बन्ने कार्य पनि उत्तिकै महत्त्वपूर्ण छ,’ उनले भने।

युवाको व्यक्तित्व विकास गर्ने उद्देश्यले विसं २०२२ बाट ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने मान्यतासहित राष्ट्रिय सेवा दलको स्थापना भएको थियो। राष्ट्रिय आवश्यकताको अनुपातमा राष्ट्रिय दलको तालिमको मात्रात्मक उपस्थिति पर्याप्त नभएको उल्लेख गर्दै उनले आगामी दिनमा तालिममा सहभागीको संख्या विस्तार गर्न सरकार गम्भीर रहेको बताए।

उनले आगामी दिनमा संख्या वृद्धि गरी तालिमको गुणस्तरमासमेत थप प्रभावकारिता ल्याइने प्रतिबद्धता व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले सरकारको उच्च प्राथमिकतामा परेको यस कार्यक्रमले युवालाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुका साथै विपद्को समयमा परिचालन गर्न सकिने तालिम प्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको बताए।

नैतिकवान्, क्षमतावान् र देशभक्त युवा तयार गरी राष्ट्रको आवश्यकता सम्बोधन गर्ने उद्देश्यसहित राष्ट्रिय सेवा दल स्थापना भएको उल्लेख गर्दै उनले राष्ट्रलाई आवश्यक परेको बेलामा निःस्वार्थ सेवाभावबाट समर्पित भई नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

सैनिक पोशाकमा विभिन्न सैनिक कला तथा समसामयिक विषयमा ज्ञान मात्र नदिई विभिन्न प्राकृतिक भू-बनोट, संस्कृति, परम्परा र संस्कारबाट आई राष्ट्रिय सेवा दलको एउटै छानामुनि बसी एक अर्काको भावना एवं संस्कृति, परम्परा, संस्कार र इतिहास बुझ्ने मौका पनि मिल्दछ भन्दै उनले यसबाट राष्ट्रिय एकताको भावनामा थप प्रतिबद्धताको विकास हुने विश्वास व्यक्त गरे। उनले युवाको शारीरिक, मानसिक, बौद्धिक विकासका निम्ति सरकार निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।

सेवा दलले प्रदर्शन गरेको कवाज, कला र प्रस्तुतिको अवलोकनले आफूलाई विगतमा राष्ट्रिय सेवा दल तालिम गर्दाको सुखद क्षण स्मरण भइरहेको जनाउँदै प्रधानमन्त्री प्रचण्डले हाल प्रधानमन्त्रीका रूपमा कार्यरत रहँदा राष्ट्रिय दलको लक्ष्यअनुरूप यस तालिमबाट प्राप्त हुने ज्ञानले देशप्रति थप जिम्मेवारी र कर्तव्य बोधको ऊर्जा प्राप्त भएको बताए।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसदमा प्रधानमन्त्री प्रचण्डको दमदार सम्बोधन : विश्वासको मत सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल हो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलवाड नगर्न आग्रह गरेका छन् ।समावेशीतालाई खारेज गर्ने...

नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन कुनै रूचि थिएन, छैन : प्रधानमन्त्री

काठमाडौं। असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन आफूलाई कुनै रूचि नभएको प्रष्ट पार्नुभएको छ ।   प...

देशैभरका ८ शहरहरुमा ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ आयोजना गर्दै राइटपाथ

काठमाडाैं । राइटपाथ करियर काउन्सिलिङले यहि आउदाे वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म देशका प्रमुख सहरहरूमा 'ग्राण्ड एजुकेशन कन्क्लेभ' आयाेजना गर्ने...

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको...

सुचना प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ...

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy