Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

कम्युनिष्ट एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउन अध्यक्ष ओलीको आग्रह

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको नेतृत्वमा नेपाली कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाउन सक्दा मात्रै बलियो राष्ट्रिय शक्ति थप सशक्त बन्न सक्ने बताएका छन्।

झापा विद्रोहका सन्दर्भमा सहिद भएकाहरुको स्मृति दिवसका अवसरमा आज वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनको पुनर्गठन, पुनःनिर्माण, एकीकरण, निःस्वार्थ जनसेवा, बलिदान र समृद्ध एवं समुन्नत राष्ट्रका सपना जस्ता झापा आन्दोलनले स्थापित गरेका मूल्य आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेका छन्।

नेपाली कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी भावधाराका साथ पुनर्गठन गर्ने उद्देश्यसहित सुरु भएको झापा विद्रोहका अग्रज योद्धाहरु रामनाथ दहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई जेल सार्ने निहुँमा चन्द्रगढी कारागारबाट निकालेर सुखानीको जङ्गलमा लगी २००९ फागुन २१ गते हत्या गरिएको थियो।

‘विश्वको बदलिँदो शक्ति सन्तुलन, परिवर्तित भूराजनीति र दक्षिण एसियामा देखिन थालेका शक्ति राष्ट्रहरुका प्रतिस्पर्धाबाट राष्ट्रिय स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानको रक्षा गर्ने हाम्रो मार्ग जोखिमपूर्ण बन्दै गएको छ’, जारी वक्तव्यमा भनिएको छ।

राजनीतिमा देखा परेको अस्थिरता, अवाञ्छित सत्तालिप्सा र आत्मसमर्पणवादले यस चुनौतीलाई अझ जटिल बनाएको उल्लेख गर्दै उनले मुलुकको अर्थतन्त्र सङ्कुचन, मन्दी र सङ्कटको चरणबाट गुज्रिएको र विगतमा अवलम्बन गरिएका कतिपय आर्थिक विचलन र हानीकारक नीतिका कारण अन्तर्राष्ट्रिय वित्त क्षेत्रमा नेपालको विश्वसनीयता र प्रतिष्ठामाथि प्रश्नचिह्न खडा भएको बताए।

‘विकास र समृद्धिको यात्रालाई अवरुद्ध पारिँदा, जनताको सेवाप्रवाहमा बाधा सिर्जना गरिँदा, राजनीति भनेकै जसरी पनि सत्ता प्राप्तिका लागि हो र सत्ता भनेकै भागबण्डाका लागि हो भन्ने जस्ता गलत मान्यता स्थापित हुँदैछन्’, उनले भने।

राजनीतिमा जवाफदेहिता, पारदर्शीता, विश्वसनीयता र मूल्यको केही अर्थ छैन भन्ने जस्ता विकृतिलाई संस्थागत गरिँदा जनतामा नैराश्य निरन्तर बढिरहेको उहाँको भनाइ छ।

सामाजिक सद्भाव, सौहार्दता र मौलिक मूल्यको विघटन तीव्र बन्दै गएको भन्दै अध्यक्ष ओलीले यो नैराश्यबाट लाभ लिन एकातिर पश्चगामी शक्ति सलबलाई रहेको र अर्कातिर समाजलाई अराजकतातिर धकेल्ने प्रयास पनि तीव्र बन्दै गएको दाबी गरे।

बलियो राष्ट्रिय शक्तिको जगमा मात्रै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सम्भव भएको भन्दै उनले स्थायित्वको बलमा मात्रै राष्ट्रिय हितको रक्षा, विकास र समृद्धि प्राप्ति, सुशासन एवं सामाजिक न्यायको प्रत्याभूति हुने बताए।

‘कम्युनिष्ट आन्दोलनलाई विभाजित गरी पुँजीवादीलाई नेतृत्वमा स्थापित गर्ने, दक्षिणपन्थी शक्ति बलियो बन्दा गौरवबोध गर्ने तथा सत्तालिप्सा, आत्मसमर्पण र कम्युनिष्ट आदर्शको स्खलनका माध्यमबाट आन्दोलनलाई भित्रैदेखि समाप्त पार्ने दक्षिणपन्थी अवसरवाद अहिले कम्युनिष्ट आन्दोलनको सशक्तीकरणका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ’, उनले भने।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक जारी, समसामयिक विषयमा छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक: छ अर्ब ५५ करोडको कार्यक्रम पारित

काठमाडौँ। चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का लागि छ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको ...

कर्णालीका मुख्यमन्त्री शाहीले लिए शपथ, मन्त्रिपरिषद् विस्तार भने रोकियो

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेश प्रमु...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की अनुमोदित, दुई आयुक्तको नाम पनि सर्वसम्मत पारित

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस भएका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तका लागि सिफारिस भएका गुरु वाग्ले र डा...

यी चार प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले आवश्यक नीति, निर्देशिका र मापदण्ड तयार नभएसम्म चार प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आफ्नै प्रशासनका नाममा अन्तरिम...

विश्वकप लिग-२ : नेपाल र नेदरल्यान्ड्स भिड्दै, सन्दीप लामिछाने बेन्चमा

काठमाडौँ । नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको चौथो तथा अन्तिम खेलमा अहिले नेपाल घरेलु टोली नेदरल्यान्...

रास्वपा केन्द्रीय समिति बैठक सुरु, महाधिवेशन समीक्षा र आगामी रणनीतिमा छलफल हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति बैठक बुधबारदेखि सुरु भएको छ। पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको बै...

सर्वेक्षणको नतिजा सार्वजनिक, नेपालमा ४२९ बाघ

काठमाडौँ। नेपालमा बाघको संख्या बढेको छ । यस वर्ष गरेको बाघ सर्वेक्षणमा बाघको संख्या ४२९ पुगेको सरकारले बुधबार घोषणा गरेको छ ।  विश्व बाघ दिवसको अवस...

शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्यो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५० पुगेको छ । राष्ट्रिय बाघ सर्वेक्षण २०८२ को नतिजाअनुसार शुक्लाफाँटामा बाघक...

मन्त्रिपरिषद् बैठक तीन बजे बस्दै

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३:०० बजे बैठक बस्न लागेको सरकारका प्रव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending