Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८१ बुधबार | 25th September, 2024 Wed
NIMB

विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

खबरडबली संवाददाता

काठमाडौं । देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जनाएका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार भक्तपुर नगरपालिका-२ व्यासी औद्योगिक क्षेत्रमा रहेको सोभुगाड नेपाल दुधडेरीमा काम गर्ने सुर्यबिनायक नगरपालिका-७ बाराहीस्थान बस्ने शंखुवासभा स्वाटी घर भएका ६४ वर्षीय तुलाराम तामाङ मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी धनुषाको मिथिला नगरपालिका-३ हरिहरपुरस्थित गोठमा जनकपुर उपमहानगरपालिका-१० देवी चोक बस्ने ६५ वर्षीय जोगी यादव मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

संखुवासभाको खादबारी नगरपालिका-९ तुम्लिङटार मनकामनास्थित अरुण नदीको किनारमा पनि अन्दाजी ३० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।     

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सार्वजनिक जग्गामा बनेको लायन्स भवनमा भरतपुर महानगरले डोजर चलायो

चितवन। सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरेको नारायणगढको लायन्स क्लबको पाँच तले भवन भत्काइएको छ । नारायणगढ ओरालो सकिने स्थानमा रहेको भवन पुङगी खोल...

थाइल्याण्डको समलिङ्गी कानुनमा राजाको हस्ताक्षर, १२० दिनपछि लागु हुने

काठमाडौँ । थाइल्याण्डमा समलिङ्गी विवाहलाई कानुनी मान्यता पाएको छ ।  थाइल्याण्डका राजा माहा वजिरालोङकर्नले संसदले पारित गरेको समलिङ्गी कानुनमा हस्ता...

हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ जाने सडक पुनः सञ्चालन

मकवानपुर । हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ जाने सडक पुनः सञ्चालन गरिएको छ । उक्त खण्डको छैमलेमा सडक स्तरोन्नति गर्न सवारी चापका कारण समस्या भ...

सामाजिक सञ्जाल ‘एक्स’मा खाता ब्लक हुने फिचरमा परिवर्तन

वाशिङ्गटन। सामाजिक सञ्जाल ‘एक्स’ले ब्लक गर्न मिल्ने फिचरमा परिवर्तन ल्याउने घोषणा गरेको छ । अब अवरुद्ध प्रयोगकर्ताहरूले लाइक, जवाफ वा पुनः पोस्टहरूमार...

कैलालीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

धनगढी। कैलालीको कैलारी गाउँपालिका–५ मनिकापुरमा मोटरसाइकल अनियन्त्रित भइ पल्टिदा पछाडि सवार एकको मृत्यु भएको छ । सोही वडाको बैजपुरका १८ वर्षीय जोनसन...

मधेश प्रदेश सरकारको सय दिने कार्य सार्वजनिक

जनकपुरधाम। मधेश प्रदेश सरकारले सय दिनको अवधिमा भएका कार्यको सार्वजनिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार जनकपुरधाममा आयोजना ग...

गणतन्त्रको नायक प्रचण्डनै हुन्ः रविन्द्र मिश्र

काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै भएको बताएका छन् । मिश्रले यस अघि नेकपा माओवादी...

लगातार बढ्दै सुनको मुल्य, तोलाको १ लाख ६० हजार नाघ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको तोलामा ७ सयले ब...

लेबनानमा इजरायलको ठूलो हवाई आक्रमण, मृत्यु हुनेको सङ्ख्या ५५८ पुग्यो

लेबनान। इजरायल–प्यालेस्टाइन द्वन्द्व सुरु भएदेखि लेबनानमा भएको सबैभन्दा ठूलो इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५५८ पुगेको छ । एक हजार ६४५ ज...

छविलाल जोशीको आजको बयान सकियो

पोखरा । जोशी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन आरोपमा पक्राउ परेका गोर्खा मिडियाका सञ्चालकछविलाल जोशीको पहिलो दिनको बयान सकिएको छ । म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy