Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

खबरडबली संवाददाता

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त संयोजनमा शिवपुरीमा सञ्चालित आठौँ संस्करणको राष्ट्रिय सुरक्षा तालिम सम्पन्न भएको छ  । शिवपुरीस्थित सेनाको ‘आर्मी कमान्ड एन्ड स्टाफ कलेज’मा आयोजना भएको १५ दिनको तालिम आज समापन भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तालिम समापनको घोषणा गर्दै सहभागीलाई प्रमाणपत्र प्रदान गर्नुभयो । तालिममा राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, रक्षा नीति तथा रणनीतिक योजनालगायत विषयमा सहभागीलाई प्रशिक्षण दिइएको थियो । सेनाले २०७२ सालदेखि उक्त तालिम दिन थालेको हो । उक्त कलेजबाट हालसम्म एक सय ६६ जनाले राष्ट्रिय सुरक्षा तालिम लिइसकेका छन् । 

तालिममा मन्त्रालय, सुरक्षा निकाय, सार्वजनिक संस्था र गैरसरकारी संस्थाबाट २७ जना सहभागी भएका थिए । तालिममा परराष्ट्र, सहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला, शिक्षा, विज्ञान तथा प्रविधि, भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, नेपाल राष्ट्र बैंक,  त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन, नेपाल रेडक्रस सोसाइटी, कान्तिपुर मिडिया ग्रुप, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाबाट प्रतिनिधिको सहभागिता थियो । 

राष्ट्रिय सुरक्षासँग सम्बन्धित रहेको चुनौतीलाई सुक्ष्मरुपमा अध्ययन गरी सामूहिक रुपमा समस्या समाधान पहिचान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको सेनाले जनाएको छ । तालिमका क्रममा विभिन्न विषयका विज्ञलाई विषयगतरुपमा कक्षा सञ्चालन र छलफलमार्फत ज्ञानको दायरा विस्तार गरिएको छ  । 

ल्बदष् िदबलप
तालिमले भूराजनीतिक र विदेश नीति, राष्ट्रिय सुरक्षा, राष्ट्रिय शक्तिका मुख्य तत्व, नागरिक–सैनिक सम्बन्ध, मानवीय सहयोग तथा विपद् व्यवस्थापन, रणनीतिक योजना तथा नेपाली अर्थतन्त्रको कारक तत्वलगायत विषयमा जोड दिइएको सेनाले जनाएको छ । 

तालिम समापन समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले विद्यमान अन्तर्राष्ट्रिय सुरक्षा स्थिति महाशक्ति राष्ट्रको सुरक्षा स्वार्थ एवं टकरावका कारण थप अनिश्चित, जटिल र तरल हुँदै गएको उल्लेख गर्दै यसप्रकारका टकरावले साना विकाशशील राष्ट्रको सुरक्षा तथा समुन्नतिमा असर पर्ने बताउनुभयो । राष्ट्रिय सुरक्षालाई प्रतिकूल असल पर्ने सम्भावित खतराको पहिचान र उक्त खतराबाट हुन सक्ने चुनौतीलाई यथोचित ढङ्गबाट सम्बोधन गर्न यस प्रकारका तालिमले सहयोग पु¥याउनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । 

परम्परागत चुनौतीको अलवा वातावरण, ऊर्जा, खाद्यान्न, साइबर तथा मानव सभ्यताका सुरक्षासम्बन्धी विषय पनि थप चुनौतीका रुपमा प्रस्तुत भइरहेको परिस्थितिमा यस्ता खतराको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिवेशमा दीर्घकालीन प्रभाव पार्न सक्ने उहाँको भनाइ छ । उहाँले राष्ट्रिय सुरक्षाका विविध आयामबारे छलफल गरी राष्ट्रिय स्वार्थ तथा अन्तरनिहित हितलाई प्रवद्र्धन गर्न ताजा अवधारणा तय गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । 

कलेजका शिक्षाध्यक्ष उपरथि सन्तोषकुमार ढकालले तालिमबाट सहभागीबीच राष्ट्रिय सुरक्षाको विषयमा साझा बुझाइको विकास हुनाका साथै नयाँ शिराबाट सोच तथा विचार गरी सोसम्बन्धी तथ्यपरक दृष्टिकोण विकास गर्ने अवसर मिलेको बताउनुभयो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापा–५ बाट निर्वाचित बालेन शाहले बुझे प्रमाणपत्र

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचन प्रम...

झापा-५ मा बालेनले ओलीलाई करिब ५० हजार मतान्तरले हराए

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहले ...

मोरङ–२ मा कृष्ण कार्की ठूलो मतान्तरले निर्वाचित, मिनेन्द्र रिजाल तेस्रो

विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की प्रतिनिधिसभा सदस्यमा निर्वा...

नेपाली जनता र सरकारलाई मोदीको बधाइ - दिए ‘ऐतिहासिक कोशेढुंगा’को संज्ञा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ...

झापा-५ को अन्तिम परिणाम सार्वजनिक गरिदै, सुरक्षा व्यवस्था कडा

काठमाडौं । सर्वाधिक चासोको क्षेत्र मानिएको झापा–५ को मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ ...

तोसिमा कार्की ललितपुर–३ बाट भारी मतान्तरले निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नं. ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। निर्वाचन परिणामअन...

सिन्धुली–१ मा रास्वपाका धनेन्द्र कार्की विजयी

काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी ...

लमजुङमा रास्वपाका धर्मराज केसी विजयी, पृथ्वी सुब्बा गुरुङ पराजित

गोरखा । लमजुङ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार धर्मराज केसी विजयी भएका छन्। उनले नेकपा एमाले का उम्मे...

गुल्मी–१ मा रास्वपाका सागर ढकाल विजयी

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल विजयी भएका छन्। उनल...

काठमाडौं ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE