बागलुङ । प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यहाँ भक्तजनको घुइँचो लागेको हो । नवरात्र सुरु भएदेखि नै यहाँ दर्शनार्थीको चाप बढ्दै गएको थियो । चैतेदशैँको मुख्य दिन आज बिहानैदेखि मन्दिर परिसरमा दर्शनार्थी पुजाका लागि लाइनमा लागेका कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । चैतेदशैँमा राँगो, बोका र कुखुराको बलि दिने चलन छ ।
चैतेदशैँका अवसरमा छिमेकी मुलुक भारतसहित, मुलुकका विभिन्न क्षेत्रबाट पाँच लाख बढी दर्शनार्थी यहाँ आउने समितिले जनाएको छ । मन्दिरमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । गुठी व्यवस्थापन समितिले चैत्राष्टमी मेलाको समेत आयोजना गरेको छ । मेलाको मुख्य समारोहलाई आज गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सम्बोधन गर्ने कार्यक्रम छ । मेला १७ गतेसम्म चल्नेछ । चैतेदशैँका अवसरमा कालिका मन्दिर परिसरमा नेपालकै प्राचीन ‘चैते दशैँ मेला’ लाग्ने गरेको छ ।
पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिका मूर्ति घना जङ्गलको बीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरी पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ । कालिका भगवती मन्दिर विसं १५९१ मा स्थापना गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १७ गते, २०८० - १७:२२
नागरिकता विधेयक प्रमाणीकरणले संसद्को सर्वोच्चता कायम भयो: निधि जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण भएपछि सबैभन्दा...
जेष्ठ १७ गते, २०८० - १७:०९
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा उपचारको लागि आउने विपन्न, असहाय, बेवारिसे विरामीको लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याएर ...
जेष्ठ १७ गते, २०८० - १६:५५
काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका कम्युनिष्ट नेता सहभागी ‘नागरिकता विधेयक र देशको सीमा रेखा’ सम...
जेष्ठ १७ गते, २०८० - १६:३९
काठमाडौ । नेपाल सरकार र विश्व बैंकबीच रू १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र रू दुई अर्ब ६० करोड (अमेरिकी डलर एक करोड ९७ लाख...
जेष्ठ १७ गते, २०८० - १६:१०
नयाँदिल्ली । चारदिने भारत भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँदिल्ली पुगेका छन् । उनलाई भारतीय विदेशराज्यमन्त्री मिनाक्षी लेखीले इन्दिरा गान...
जेष्ठ १७ गते, २०८० - १५:४७
बागमती । बागमती नदी र त्यसका सहायक नदीमा करिडोर निर्माण तथा नदी सफा बनाउने उद्देश्यले बीस बर्षीय गुरुयोजना बनाइने भएको छ । सन् २०४३ सम्म बागमतीला...
जेष्ठ १७ गते, २०८० - १५:२०
युट्युब खोलेर हेरिसक्नु छैन
जेष्ठ १७ गते, २०८० - १४:४७
राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा शीत...
जेष्ठ १७ गते, २०८० - १४:३४
पर्सा । लगातार बढ्दै गएको तापक्रमले पर्सावासीको जनजीवनलाई नराम्ररी प्रभावित गरेको छ । लामो समयदेखि वर्षा नहुँदा दिउँसोको तापाक्रम ४४ डिग्री पुग्न थाले...
जेष्ठ १७ गते, २०८० - १४:२८
काठमाडौ । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा केन्द्रित हुने जानकारी दिएको छन् । उनले भने,“पुँजीगत बजेट केही घटे पनि...
प्रतिकृया लेख्नुहोस्: