काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले तीन महिनामा महत्वपूर्ण काम सम्पादन गरेर जनतामा आशा जगाउन सफल भएको बताएको छन् ।
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले थिति बसाल्न तीन महिनामा महत्वपूर्ण काम भएको बताएको छन् ।
प्रधानमन्त्रीले भने, “बेथितिहरू अन्त्य गर्न र थिति बसाल्न यस अवधिमा महत्वपूर्ण काम भएका छन् । मन्त्रिपरिषद्को बैठकले निजी क्षेत्रको समस्या समाधानका लागि मौद्रिक नीतिमा सहजीकरण गरिएको छ ।”
राजस्व सङ्कलनमा सुधार आएको, विदेशी मुद्रा सञ्चिति बढेको र विप्रेषणमा सुधार आएको उल्लेख गर्दै उनले सेवा प्रवाह गर्ने कार्यालयका लामा–लामा लाइन हटेको बताए । राहदानी, सवारी चालक अनुमतिपत्रलगायतका काममा विगतको झन्झट हटेको जानकारी दिँदै प्रधानमन्त्रीले यसलाई ठीक ढङ्गले बुझेर जनतामा लैजानुपर्ने बताए ।
“सुशासन र समृद्धिका लागि महत्वपूर्ण काम भएका छन् । कानुन निर्माणका कामले गति लिएका छन्”, प्रधानमन्त्रीले भने, “एउटा समीकरणबाट सरकार गठन भयो, तर राष्ट्रिय सहमति खोज्दै जाँदा सहमति भएन, त्यसपछि अर्को गठबन्धनमा जानुपर्ने परिस्थिति आयो । त्यसले गर्दा कतिपय भएका काम पनि ओझेल परेकोजस्तो छ । आज सरकार विस्तार भएपछि सरकारले गति लिन्छ ।”
नेपालको क्रान्तिकारी आन्दोलनमा महिलाले प्रदर्शन गरेको वीरता र बलिदानबाट नेपालमा युगान्तकारी परिवर्तन आएको स्पष्ट पार्दै प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको र संविधानले महिला अधिकारलाई उचाइका साथ प्रबन्ध गरेको बताए ।
प्रधानमन्त्रीले भने, “विश्व राजनीति नै नयाँ ध्रुवीकरणमा छ । त्यसको विश्वव्यापी प्रभाव छ । रूस–युक्रेन युद्धपछि विश्व परिस्थितिमा आएका फेरबदललाई ठीक ढङ्गले बुझ्न र सोहीअनुरूपको राष्ट्रिय नीति आवश्यक छ ।”
बैठकमा अखिल नेपाल महिला सङ्घ ९क्रान्तिकारी०का अध्यक्ष अमृता थापाले सङ्गठनको पछिल्लो अवस्था र आगामी दिनमा सम्पादन गर्नुपर्ने कामका बारेमा जानकारी गराएको थिए
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २६ गते, २०८३ - १७:४७
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा दायर गरिएको मुद्दामा लगाइएको संगठित अपराधसम्बन्धी ...
जेष्ठ २६ गते, २०८३ - १७:३५
काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रूपमा सुझाव सङ्कलन कार्यक्रम सञ्च...
जेष्ठ २६ गते, २०८३ - १७:१४
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले व...
जेष्ठ २६ गते, २०८३ - १७:०३
तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, देउरालीमा मङ्गलबार दिउँसो कार दुर्घटना हुँदा तीन जना भारतीय पर्यटक घाइते भएका छन् । डुम...
जेष्ठ २६ गते, २०८३ - १६:५९
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारमा पर्यटक माइक्रो र कार आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। मङ्गलबार दिउँ...
जेष्ठ २६ गते, २०८३ - १६:४६
काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएलगत्तै नेपाली कांग्रेसले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक अहिले जारी ...
जेष्ठ २६ गते, २०८३ - १६:३०
काठमाडौं । मन्त्रिपरिषद् विस्तारअन्तर्गत गृह मन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले आज पद तथा गोपनीयताको शपथ लि...
जेष्ठ २६ गते, २०८३ - १६:०२
काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादन वितरण गर्दै स्वदेशी वस्तुको प्रवर्द्धन र किसान...
जेष्ठ २६ गते, २०८३ - १५:४१
हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशस्तरीय अधिवेशनको सुरुवात बागमती प्रदेशबाट गरेको छ। हेटौंडा उपमहानगरपालिका–१ स्थित हिमालयन दरबा...
जेष्ठ २६ गते, २०८३ - १५:१४
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक मंगलबार दिउँसो सवा ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको...



प्रतिकृया लेख्नुहोस्: