काठमाडौ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले मुलुकको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै स्थायी शान्ति कायम गर्ने बताएको छन् ।
आज ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रमको अवलोकन एवं निरीक्षण गर्दै उनले भने, “निर्वाचनपछि एकखालको दुर्घटना भयो, प्राकृतिकरुपमा जुन गठबन्धनको सरकार बन्नुपथ्र्यो, बन्न सकेन, त्यसपछि विकसित घटनाक्रमले अहिले यो सरकार बनेको छ, हिजो निर्वाचनका बेला जनतासामु जेजे एजेन्डा लिएर गएका थियौँ, ती एजेन्डामा सहमत हुने दल एक ठाउँमा आइपुगेका छौँ ।”
उनले अहिलेको सरकारको प्राथमिकता मुलुकको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै स्थायी शान्ति कायम गर्नु, शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनु, स्थायी शान्तिको जगमा आर्थिक समृद्धि हासिल गर्नु रहेको बताए ।
उनले नेपाल राष्ट्र र नेपाली जनताको आर्थिक वृद्धि गर्दै निश्चित वर्षभित्रै नेपाललाई विकसित राष्ट्रका रुपमा पु¥याउनु वर्तमान सरकारको प्राथमिकता भएको बसंताए। उपप्रधानमन्त्री खड्काले संसद्मा रहेका सबै दल र ससद् बाहिर रहेका दललाई समेत समेटेर एकताबद्ध गराउँदै न्यूनतम साझा कार्यक्रमभित्र समेटेर मुलुकको स्वाभिमान, सुरक्षा, नेपाली जनताको हितमा एकताको भाव बोकेर वर्तमान सरकार अगाडि बढ्नेमा जोड दिए।
उनले आश्रममा रहेको नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पूर्णकदको सालिक अगाडि दीप प्रज्वलन गर्दै सालिकमा माल्यार्पण गरे।
सो अवसरमा उपप्रधानमन्त्री खड्कालाई आश्रमका सञ्चालिका अमिता कपाली, नेपाली कांग्रेस ललितपुरका सभापति जीतेन्द्रकुमार श्रेष्ठ, प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणा, प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनलगायतले स्वागत गरेको थिए। उपप्रधानमन्त्री खड्कालाई आश्रमका सञ्चालिका कपालीले आश्रमको गतिविधिबारे जानकारी गराएको थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १९ गते, २०८३ - १६:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा आज भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने भएका छन्...
जेष्ठ १९ गते, २०८३ - १६:४२
काठमाडौँ। नेपालका लेग स्पिनर सन्दीप लामिछाने, अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले लङ्का प्रिमियर लिग खेल्ने भएको छ । श्रीलङ्कामा सोमबा...
जेष्ठ १९ गते, २०८३ - १६:३६
काठमाडौं । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग धरौटी माग गर्ने आदेश दिएको छ। जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको ...
जेष्ठ १९ गते, २०८३ - १६:०६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलाई प्रधानमन्त्रीको भनिएको गम्भी...
जेष्ठ १९ गते, २०८३ - १५:४७
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। सभामुखले बैठक स्थगित गर्ने निर्णय गरेका हुन्। विपक्षी दलहरूको व...
जेष्ठ १९ गते, २०८३ - १५:४०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ‘नेपालको भारतको भूमि मिचेको’ भन्ने प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिउपर सत्तारुढ दल राष्ट्रिय स्वतन्त...
जेष्ठ १९ गते, २०८३ - १५:३२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहको उपस्थिति (हाजिरी) सम्बन्धी विषय उठाउँदै प्रश्न गरेका...
जेष्ठ १९ गते, २०८३ - १५:२३
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई नौ विकेटल...
जेष्ठ १९ गते, २०८३ - १५:१२
काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरूले अवरोध गरेका छन्। दिउँसो १ बजे बस्ने भनिएको बैठक करिब दुई घण्टा ढिलोगरी ३ बजे मात्र सुरु भए पनि क...
जेष्ठ १९ गते, २०८३ - १५:०६
धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चुलिएको छ। संसदीय दलको नेताबाट हटाउने निर्णयपछि मुख्यमन्त्री कमलबहादुर शाह आन्तरिक परा...



प्रतिकृया लेख्नुहोस्: