Khabar Dabali १९ जेष्ठ २०८३ मंगलवार | 2nd June, 2026 Tue
Investment bank

मध्यपूर्वी पृतनामा भूपू सैनिक सम्मेलन सुरु

खबरडबली संवाददाता

बर्दिबास । नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वार्टर मातहतका आठ जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकलाई लक्षित गरी ‘भूतपूर्व सैनिक सम्मेलन–२०७९’ यहाँ सुरु भएको छ । सम्मेलन जङ्गी अड्डाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा भएको हो । प्रधानसेनापति प्रभुराम शर्माले महोत्तरीस्थित सेनाको मध्य पुर्वी पृतना, बर्दिबास सैनिक शिविरमा आज आयोजित विशेष समारोहबीच सम्मेलन उद्घाटन गरेका छन् ।

सम्मेलनमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, बारा, पर्सा, रौतहट र सप्तरीमा स्थायी बसोबास गर्ने करिब दुई हजार भूपू सैनिकको सहभागिता रहेको  सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । भूपू सैनिकहरुको कल्याणकारी कार्यलाई समन्वय गर्ने उद्देश्यले विस २०७० असोज २१ गते नेपाली सैनिक कल्याणकारी बोर्डको स्थापना भएको हो । नेपाली सैनिक कल्याणकारी बोर्डको स्थापना भएसँगै नेपाली सेनाले मुलुकका विभिन्न क्षेत्रमा निरन्तर रुपमा भूपू सैनिक सम्मेलन गर्दै आएको छ । 

हाल निवृत्तिभरणमा राजीनामा स्वीकृति भएका भूपू सैनिकको सङ्ख्या ८१ हजार छ सय ४३ रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या १५ हजार आठ सय ७२ समेत गरी कूल निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या ९७ हजार पाँच सय १५ छ । सम्मेलनमा भूपू सैनिकका प्रतिनिधिद्वारा मार्च, झाँकी प्रदर्शन, राष्ट्रिय गीतमा सामूहिक नृत्य, पिटी र सैनिक ब्याण्ड प्रदर्शन, ज्येष्ठ सैनिक सम्मान, ‘ह्वील चियर’ तथा बैसाखी वितरण, चारभन्दा बढी सन्ततिलाई सेनामा प्रवेश गराउने आमा÷बाबुलाई सम्मान, शताब्दी पुरुष÷महिला सम्मान र अन्तरक्रिया तथा छलफल हुनेछ ।

अवकाश प्राप्त सैनिक एवं पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिप्रति लक्षित सम्मेलनले विभिन्न दर्जा, नियुक्ति, युनिट र स्थानमा तैनाथ रही योगदान पु¥याएका पूर्वसैनिकको पुनर्मिलनको ठूलो अवसर प्रदान गरेको छ ।  सम्मेलनबाट सैनिक नेतृत्वले विभिन्न स्थानमा पुगेर पूर्वसैनिक एवं तिनका परिवारसँग अन्तरक्रिया गर्ने हुँदा सेनाले आफ्ना हिताधिकारीको कल्याणका लागि गरिरहेका प्रयासको मूल्याङ्कन तथा भावी योजना तर्जुमा गर्न महत्वपूर्ण सुझाव प्राप्त हुनेछ ।

सेना, सैनिक नेतृत्व र हिताधिकारीबीच आत्मियता, भरोसा एवं विश्वास वृद्धि हुने यस्तो जमघटबाट सम्पूर्ण हिताधिकारीको सामाजिक प्रतिष्ठा र आत्मसम्मानसमेत वृद्धि हुने सेनाले अपेक्षा गरेको छ । पूर्वसैनिकमा देश तथा संस्थाप्रतिको आस्था र भरोसालाई सम्मान गर्ने उद्देश्य रहेको सम्मेलन उनीहरूले राष्ट्रसेवामा पुर्याएको योगदानको कदर गर्ने अवसर रुपमा रहने गरेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमा मामिला पूर्णत: द्विपक्षीय विषय हो, द्विपक्षीय संयन्त्रबाटै समाधान गर्नुपर्छ: भारतीय विदेश मन्त्रालय

नयाँ दिल्ली। भारतको विदेश मन्त्रालयले नेपाल र भारतबिचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत नै समाधान गरिने स्पष्ट पारेको छ । मन्त्रालय...

सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ। नवलपरासीको त्रिवेणी गाउँपालिका वडा नंं ७ स्थायी वतन भएका ईश्वरीप्रसाद गौतमविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरु...

सांसद डम्मरी महराले हस्ताक्षर फिर्ता लिएपछि मुख्यमन्त्री शाहको पद जोगियो

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पद तत्कालका लागि जोगिएको छ। मुख्यमन्त्री शाहविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमा हस...

रवि लामिछाने र भारतीय गृहमन्त्रीबीच शाहबीच भेटवार्ता हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा आज भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने भएका छन्...

सन्दीप, दीपेन्द्र र कुशल लङ्का प्रिमियर लिगमा अनुबन्ध

काठमाडौँ। नेपालका लेग स्पिनर सन्दीप लामिछाने, अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले लङ्का प्रिमियर लिग खेल्ने भएको छ । श्रीलङ्कामा सोमबा...

वीरगञ्ज महानगरका मेयर सिंहसँग ४ लाख धरौटी माग गर्ने अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग धरौटी माग गर्ने आदेश दिएको छ। जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको ...

आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँड्नु दु:खद: सांसद ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलाई प्रधानमन्त्रीको भनिएको गम्भी...

विपक्षीको विरोधपछि संसद् बैठक २५ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। सभामुखले बैठक स्थगित गर्ने निर्णय गरेका हुन्। विपक्षी दलहरूको व...

नेकपाले माग्यो संसदमा प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे रास्वपाको धारणा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ‘नेपालको भारतको भूमि मिचेको’ भन्ने प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिउपर सत्तारुढ दल राष्ट्रिय स्वतन्त...

हर्क साम्पाङले खोजे प्रतिनिधिसभामा प्रधानमन्त्री बालेनको हाजिरी

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहको उपस्थिति (हाजिरी) सम्बन्धी विषय उठाउँदै प्रश्न गरेका...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending