Khabar Dabali १९ जेष्ठ २०८३ मंगलवार | 2nd June, 2026 Tue
Investment bank

आहार डाइटिङले मस्तिष्कको कार्यक्षमतामा प्रभाव पार्छ : अध्ययन

खबरडबली संवाददाता

वासिङ्टन । आहार नियन्त्रण र परिवर्तन (डाइटिङ)ले मस्तिष्कमा सञ्चार परिवर्तन हुने एक अमेरिकी अनुसन्धान रिपोर्टले देखाएको छ ।

म्याक्स प्लाङ्क इन्स्टिच्युट फर मेटाबोलिज्म रिसर्च र हार्वर्ड मेडिकल स्कूलका अनुसन्धाताहरूले मुसामा गरेको अनुसन्धानका क्रममा यो पुष्टि गरिएको हो ।

डाइटिङका कारण भोकको भावनालाई मध्यस्थता गर्ने स्नायु कोषहरूले मस्तिष्क सञ्चार परिवर्तनको बलियो सङ्केत प्राप्त गर्छन्, जसले गर्दा मुसाहरूले आहार नियन्त्रणपछि धेरै खान्छन् र छिटो वजन बढाउँछन् ।   

दीर्घकालीन रूपमा, यी निष्कर्षहरूले यो प्रवर्धन रोक्न औषधिहरू विकास गर्न मद्दत गर्न सक्छ र आहार नियन्त्रणपछि शरीरको वजन कम गर्न मद्दत गर्दछ ।

“मानिसहरूले मुख्यतया डाइटिङको अल्पकालीन प्रभावलाई हेरेका छन् । हामी दीर्घकालीन रूपमा मस्तिष्कमा के परिवर्तन हुन्छ भनेर हेर्न चाहन्थ्यौं,” संस्थाका अनुसन्धाता हेनिङ फेन्सेलाउ भने । 

यसका लागि अनुसन्धानकर्ताहरूले मुसालाई आहार नियन्त्रणको अध्ययनका लागि छाने र मस्तिष्कमा कुन कोष परिवर्तन भयो भनेर मूल्याङ्कन गरे । 

विशेष गरी, उनीहरूले हाइपोथैलेमस नामक मस्तिष्कको केन्द्रभागमा रहेको सानो भाग र एजीआरपी न्यूरोन्स ९कोष०को एक समूहको परीक्षण गरेको बताए । 

हाइपोथैलेमसले मुटुको गतिविधि, शरीरको तापक्रम, भोक, निद्रा र ब्युझिनेलाई नियमन गर्छ भने एजीआरपी न्यूरोन्सले भोकको भावनालाई नियन्त्रण गर्छ । 

उनीहरूले एजीआरपी न्यूरोन्सलाई उत्तेजित गर्ने न्यूरोनले मुसाहरू आहार नियन्त्रणमा हुँदा तौल बढेको सङ्केतहरू पठाएका जानकारी प्राप्त गरेका थिए ।  मस्तिष्कमा हुने यो गहिरो परिवर्तन आहार नियन्त्रणको लामो समयपछि पत्ता लगाउन सकिन्छ । यो–यो प्रभावलाई रोक्न अनुसन्धानकर्ताहरूले एजीआरपी न्यूरोन्स सक्रिय हुने मुसाहरूमा तन्त्रिका मार्गहरू चयन गर्न पनि सफल भए । यसले गर्दा आहारपछि तौल निकै कम भयो ।

फेन्सेलाउ भन्न्छन्, “दीर्घकालमा, हाम्रो लक्ष्य मानवका लागि उपचारहरू फेला पार्नु हो जसले डाइटिङ पछि शरीरको वजन घटाउन मद्दत गर्न सक्छ । यसको परिपक्व नतिजा प्राप्त गर्न, हामीले अन्वेषणलाई जारी राख्नेछौं र हामी कसरी मानवमा तन्त्रिका मार्गहरूको सुदृढीकरणको मध्यस्थता गर्ने संयन्त्रहरू रोक्न सक्छौं भन्ने पत्ता लगाउनेछौँ । 

“यो कामले तन्त्रिकामा फैलिएका कोष तथा रेखाचित्रले भोकलाई कसरी नियन्त्रण गर्दछ भन्ने कुराको जानकारी गराउँछ । 

हामीले पहिले माथिल्ला भागकोे न्यूरोन्सको एक प्रमुख सेट पत्ता लगाएका थियौं जुन शारीरिक रूपमा एजीआरपी न्यूरोन्समा उत्तेजित गर्दछ ।

“हाम्रो वर्तमान अध्ययनमा, हामीले पत्ता लगायौं कि यी दुई न्यूरोन्सबीचको भौतिक न्यूरोट्रान्समीटर जडान, सिनाप्टिक प्लास्टिसिटी नामक प्रक्रियामा, डाइटिंग र वजन घटाउँदा धेरै बढ्छ, र यसले लामो समयसम्म अत्यधिक भोक निम्त्याउँछ,” हार्वर्ड मेडिकल स्कूलका सह–लेखक ब्राडफोर्ड लोवेलले भने ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमा मामिला पूर्णत: द्विपक्षीय विषय हो, द्विपक्षीय संयन्त्रबाटै समाधान गर्नुपर्छ: भारतीय विदेश मन्त्रालय

नयाँ दिल्ली। भारतको विदेश मन्त्रालयले नेपाल र भारतबिचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत नै समाधान गरिने स्पष्ट पारेको छ । मन्त्रालय...

सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ। नवलपरासीको त्रिवेणी गाउँपालिका वडा नंं ७ स्थायी वतन भएका ईश्वरीप्रसाद गौतमविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरु...

सांसद डम्मरी महराले हस्ताक्षर फिर्ता लिएपछि मुख्यमन्त्री शाहको पद जोगियो

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पद तत्कालका लागि जोगिएको छ। मुख्यमन्त्री शाहविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमा हस...

रवि लामिछाने र भारतीय गृहमन्त्रीबीच शाहबीच भेटवार्ता हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा आज भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने भएका छन्...

सन्दीप, दीपेन्द्र र कुशल लङ्का प्रिमियर लिगमा अनुबन्ध

काठमाडौँ। नेपालका लेग स्पिनर सन्दीप लामिछाने, अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले लङ्का प्रिमियर लिग खेल्ने भएको छ । श्रीलङ्कामा सोमबा...

वीरगञ्ज महानगरका मेयर सिंहसँग ४ लाख धरौटी माग गर्ने अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग धरौटी माग गर्ने आदेश दिएको छ। जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको ...

आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँड्नु दु:खद: सांसद ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलाई प्रधानमन्त्रीको भनिएको गम्भी...

विपक्षीको विरोधपछि संसद् बैठक २५ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। सभामुखले बैठक स्थगित गर्ने निर्णय गरेका हुन्। विपक्षी दलहरूको व...

नेकपाले माग्यो संसदमा प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे रास्वपाको धारणा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ‘नेपालको भारतको भूमि मिचेको’ भन्ने प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिउपर सत्तारुढ दल राष्ट्रिय स्वतन्त...

हर्क साम्पाङले खोजे प्रतिनिधिसभामा प्रधानमन्त्री बालेनको हाजिरी

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहको उपस्थिति (हाजिरी) सम्बन्धी विषय उठाउँदै प्रश्न गरेका...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending