वासिङ्टन । आहार नियन्त्रण र परिवर्तन (डाइटिङ)ले मस्तिष्कमा सञ्चार परिवर्तन हुने एक अमेरिकी अनुसन्धान रिपोर्टले देखाएको छ ।
म्याक्स प्लाङ्क इन्स्टिच्युट फर मेटाबोलिज्म रिसर्च र हार्वर्ड मेडिकल स्कूलका अनुसन्धाताहरूले मुसामा गरेको अनुसन्धानका क्रममा यो पुष्टि गरिएको हो ।
डाइटिङका कारण भोकको भावनालाई मध्यस्थता गर्ने स्नायु कोषहरूले मस्तिष्क सञ्चार परिवर्तनको बलियो सङ्केत प्राप्त गर्छन्, जसले गर्दा मुसाहरूले आहार नियन्त्रणपछि धेरै खान्छन् र छिटो वजन बढाउँछन् ।
दीर्घकालीन रूपमा, यी निष्कर्षहरूले यो प्रवर्धन रोक्न औषधिहरू विकास गर्न मद्दत गर्न सक्छ र आहार नियन्त्रणपछि शरीरको वजन कम गर्न मद्दत गर्दछ ।
“मानिसहरूले मुख्यतया डाइटिङको अल्पकालीन प्रभावलाई हेरेका छन् । हामी दीर्घकालीन रूपमा मस्तिष्कमा के परिवर्तन हुन्छ भनेर हेर्न चाहन्थ्यौं,” संस्थाका अनुसन्धाता हेनिङ फेन्सेलाउ भने ।
यसका लागि अनुसन्धानकर्ताहरूले मुसालाई आहार नियन्त्रणको अध्ययनका लागि छाने र मस्तिष्कमा कुन कोष परिवर्तन भयो भनेर मूल्याङ्कन गरे ।
विशेष गरी, उनीहरूले हाइपोथैलेमस नामक मस्तिष्कको केन्द्रभागमा रहेको सानो भाग र एजीआरपी न्यूरोन्स ९कोष०को एक समूहको परीक्षण गरेको बताए ।
हाइपोथैलेमसले मुटुको गतिविधि, शरीरको तापक्रम, भोक, निद्रा र ब्युझिनेलाई नियमन गर्छ भने एजीआरपी न्यूरोन्सले भोकको भावनालाई नियन्त्रण गर्छ ।
उनीहरूले एजीआरपी न्यूरोन्सलाई उत्तेजित गर्ने न्यूरोनले मुसाहरू आहार नियन्त्रणमा हुँदा तौल बढेको सङ्केतहरू पठाएका जानकारी प्राप्त गरेका थिए । मस्तिष्कमा हुने यो गहिरो परिवर्तन आहार नियन्त्रणको लामो समयपछि पत्ता लगाउन सकिन्छ । यो–यो प्रभावलाई रोक्न अनुसन्धानकर्ताहरूले एजीआरपी न्यूरोन्स सक्रिय हुने मुसाहरूमा तन्त्रिका मार्गहरू चयन गर्न पनि सफल भए । यसले गर्दा आहारपछि तौल निकै कम भयो ।
फेन्सेलाउ भन्न्छन्, “दीर्घकालमा, हाम्रो लक्ष्य मानवका लागि उपचारहरू फेला पार्नु हो जसले डाइटिङ पछि शरीरको वजन घटाउन मद्दत गर्न सक्छ । यसको परिपक्व नतिजा प्राप्त गर्न, हामीले अन्वेषणलाई जारी राख्नेछौं र हामी कसरी मानवमा तन्त्रिका मार्गहरूको सुदृढीकरणको मध्यस्थता गर्ने संयन्त्रहरू रोक्न सक्छौं भन्ने पत्ता लगाउनेछौँ ।
“यो कामले तन्त्रिकामा फैलिएका कोष तथा रेखाचित्रले भोकलाई कसरी नियन्त्रण गर्दछ भन्ने कुराको जानकारी गराउँछ ।
हामीले पहिले माथिल्ला भागकोे न्यूरोन्सको एक प्रमुख सेट पत्ता लगाएका थियौं जुन शारीरिक रूपमा एजीआरपी न्यूरोन्समा उत्तेजित गर्दछ ।
“हाम्रो वर्तमान अध्ययनमा, हामीले पत्ता लगायौं कि यी दुई न्यूरोन्सबीचको भौतिक न्यूरोट्रान्समीटर जडान, सिनाप्टिक प्लास्टिसिटी नामक प्रक्रियामा, डाइटिंग र वजन घटाउँदा धेरै बढ्छ, र यसले लामो समयसम्म अत्यधिक भोक निम्त्याउँछ,” हार्वर्ड मेडिकल स्कूलका सह–लेखक ब्राडफोर्ड लोवेलले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...
पौष ११ गते, २०८२ - १६:४०
बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् । राष्ट्रिय बाणिज्य बै...
पौष ११ गते, २०८२ - १६:२८
सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...
पौष ११ गते, २०८२ - १६:१८
काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् । सन्दीप आबद्ध टिम राजशाही वारियर्स...
पौष ११ गते, २०८२ - १६:०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...
पौष ११ गते, २०८२ - १५:३०
काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...
पौष ११ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...




प्रतिकृया लेख्नुहोस्: