काठमाडौ । नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्थाबारे बुझ्न र सुझाव लिन सरोकारवाला निकायसँग सम्वाद थालेको छन् । आइतबार नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घलगायत निजी क्षेत्रका छाता सङ्गठनसँग छलफल गरेका अर्थमन्त्री महतले आज सोमबार नेपाल बैंकर्स सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको पूँजीबजार फोरमसँग छलफल गरेको हो ।
विभिन्न निकायसँगको छलफलपछि अहिले अर्थतन्त्रमा देखिएका समस्यालाई सम्बोधन गर्ने र निजी क्षेत्रको खस्किएको मनोबल उकास्ने प्रतिबद्धता अर्थमन्त्रीले जनाएको छन् । “हाम्रा नीति निर्माता र नियामकको अस्थिरताका कारण सिर्जित भएको मसस्याका कारण पूँजीबजार घटेको हो भन्ने हाम्रो बुझाइ छ । नेपालको पूँजीबजारमा ठूलो सङ्ख्यामा लगानीकर्ता जोडीएकाले उनीहरुको मनोविज्ञान बुझिदिन अर्थमन्त्रीलाई आग्रह गरेका छौँ ।”, अर्थमन्त्रीसँगको भेटबारे पूँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले रासससँग भने। अर्थमन्त्री महतले तत्कालका लागि मनोबल उकास्न आवश्यक पहलकदमी लिने प्रतिबद्धता जनाउनुभएको पनि पौडेलले रासससँग बताए।
अर्थमन्त्रीको सचिवालयकाअनुसार आज नेपाल बैंकर्स सङ्घसँगको छलफलका क्रममा पनि उहाँले यो प्रतिबद्धता दोहो¥याएको छन् । “नेपाल बैंकर्स सङ्घसँग बैंकको ब्याजदर, तरलता अभाव र कर्जा असुलीमा देखिएका समस्याका बारे छलफल भएको छ । छलफलका क्रममा अर्थमन्त्री महतले सबै क्षेत्रको सुझाव सल्लाह लिएर अघि बढ्ने बताउँदै आगामी दिनमा सम्बादलाई निरन्तरता दिनेसमेत आश्वासन दिनुभएको छ ।”, अर्थमन्त्रीको सचिवालयले जनाएको छ । फोरम र बैंकर्स सङ्घसँगको भेटलगत्तै अर्थमन्त्री महतले नेपाल धितोपत्र बोर्डलाई केही दिनभित्रै पूँजीबजार सुधारका लागि ठोस योजना बनाएर सकारात्मक नतिजा निकाल्ने गरी अघि बढ्न निर्देशनसमेत दिनुभएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १९ गते, २०८३ - १७:५२
नयाँ दिल्ली। भारतको विदेश मन्त्रालयले नेपाल र भारतबिचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत नै समाधान गरिने स्पष्ट पारेको छ । मन्त्रालय...
जेष्ठ १९ गते, २०८३ - १७:१९
काठमाडौँ। नवलपरासीको त्रिवेणी गाउँपालिका वडा नंं ७ स्थायी वतन भएका ईश्वरीप्रसाद गौतमविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरु...
जेष्ठ १९ गते, २०८३ - १७:०३
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पद तत्कालका लागि जोगिएको छ। मुख्यमन्त्री शाहविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमा हस...
जेष्ठ १९ गते, २०८३ - १६:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा आज भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने भएका छन्...
जेष्ठ १९ गते, २०८३ - १६:४२
काठमाडौँ। नेपालका लेग स्पिनर सन्दीप लामिछाने, अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले लङ्का प्रिमियर लिग खेल्ने भएको छ । श्रीलङ्कामा सोमबा...
जेष्ठ १९ गते, २०८३ - १६:३६
काठमाडौं । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग धरौटी माग गर्ने आदेश दिएको छ। जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको ...
जेष्ठ १९ गते, २०८३ - १६:०६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलाई प्रधानमन्त्रीको भनिएको गम्भी...
जेष्ठ १९ गते, २०८३ - १५:४७
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। सभामुखले बैठक स्थगित गर्ने निर्णय गरेका हुन्। विपक्षी दलहरूको व...
जेष्ठ १९ गते, २०८३ - १५:४०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ‘नेपालको भारतको भूमि मिचेको’ भन्ने प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिउपर सत्तारुढ दल राष्ट्रिय स्वतन्त...
जेष्ठ १९ गते, २०८३ - १५:३२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहको उपस्थिति (हाजिरी) सम्बन्धी विषय उठाउँदै प्रश्न गरेका...



प्रतिकृया लेख्नुहोस्: