वीरगञ्ज । फाइबर विच्छ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंँदेखि अलपत्र छाडेको आरोप लगाउँदै वीरगञ्ज महानगरपालिकाले वीरगञ्जस्थित नेपाल टेलिकम कार्यालय हाताभित्र फोहर थुपारेर विरोध जनाएको छ ।
टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर सडक विगार्दा नगरवासीले पीडा भोग्नु परेपछि निर्माणका लागि पटकपटकको आग्रहलाई अटेर गरेकाले श्रीपुरस्थित टेलिकमको क्षेत्रीय कार्यालय परिसरमा महानगरले साङ्केतिक विरोधस्वरुप फोहर थुपारेको हो ।
वीरगञ्जमा सञ्चालन भइरहेको सरसफाइ तथा स्वच्छता अभियानमा टेलिकमले भाँजो हालेको भन्दै महानगरपालिकाका कर्मचारी र नगर प्रहरीसहितको टोलीले सात ट्र्याक्टर फोहर टेलिकमको परिसरभित्र लगेर फालेको जनाइएको छ ।
टेलिकमले अप्टिकल फाइबार विच्छ््याउने क्रममा बाइपास सडकखण्डको करिब पाँच किलोमिटर कालोपत्र सडक र फुटपाथ खनेर महिनौँदेखि अलपत्र छाडेको र पटकपटक सडक मर्मत गर्न आग्रह गर्दा पनि अटेर गरेपछि बाध्य भएर टेलिकम परिसरमा फोहर फाल्नुपरेको महानगरप्रमुख राजेशमान सिंहले बताउनुभयो ।
कार्यालयमै फोहर फालेपछि खनेर अलपत्र छाडिएका सडक र फुटपाथ मर्मतका लागि अब टेलिकमलाई दबाब पर्ने उहाँको भनाइ थियो । गत फागुन ३ गते प्रमुख जिल्ला अधिकारीकै उपस्थितिमा बसेको सरोकारवाला निकायको बैठकमा टेलिकमले खनिएका सडक र फुटपाथ फागुन मसान्तभित्रै मर्मत गरिसक्ने लिखित सहमति जनाएकामा हालसम्म पनि सहमति कार्यान्वयन नगरेकाले यस्तो गरिएको महानगरप्रमुख सिंहले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २३ गते, २०८२ - १८:४०
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचन प्रम...
फाल्गुन २३ गते, २०८२ - १८:२४
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहले ...
फाल्गुन २३ गते, २०८२ - १७:४४
विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की प्रतिनिधिसभा सदस्यमा निर्वा...
फाल्गुन २३ गते, २०८२ - १७:३४
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ...
फाल्गुन २३ गते, २०८२ - १७:२७
काठमाडौं । सर्वाधिक चासोको क्षेत्र मानिएको झापा–५ को मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ ...
फाल्गुन २३ गते, २०८२ - १७:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नं. ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। निर्वाचन परिणामअन...
फाल्गुन २३ गते, २०८२ - १७:०५
काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी ...
फाल्गुन २३ गते, २०८२ - १६:२५
गोरखा । लमजुङ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार धर्मराज केसी विजयी भएका छन्। उनले नेकपा एमाले का उम्मे...
फाल्गुन २३ गते, २०८२ - १६:१६
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल विजयी भएका छन्। उनल...
फाल्गुन २२ गते, २०८२ - १७:३१
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...



प्रतिकृया लेख्नुहोस्: