Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

भोजपुरको मानेभञ्ज्याङ बस्तीको खानेपानी समस्या हट्यो

खबरडबली संवाददाता

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका(५ मानेभञ्ज्याङका स्थानीयको खानेपानीे समस्या अब समाधान हुनेभएको छ । तीन हजार दुई सय मिटर तलको पिखुवा खोलाको पानी लिफ्टिङ गरी मानेभञ्ज्याङमा पुर्‍याइएसँगै लामो समयदेखिको खानेपानी समस्या समाधान भएको हो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरको रु दश करोड ५० लाख लागतमा पिखुवा खोला मानेभञ्याङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीयवासीलाई राहत मिलेको हो । पानीको समस्या रहेका यहाँका तीन सय १८ बढी घरमा धारा जडान गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । 

पानी खोलाबाट बस्तीसम्म पु¥याउनका लागि मुख्य लाइनमा ४० हजार लिटर क्षमताका चार वटा ट्याङ्की निर्माण भएका छन् ।  त्यस्तै पानी वितरणका लागि ७५ र ५५ हजार लिटरका ट्याङ्की निर्माण गरिएको छ । 

यहाँ २० हजार लिटर क्षमताका छ ओटा शाखा ट्याङ्की निर्माण गरिएको आयोजनाले जनाएको छ । विगतमा पानीको खास समस्या नभए पनि २०७२ सालको भूकम्पपछि यहाँका पानीको मुहान सुक्दै गएपछि स्थानीयमा पानीको समस्या जटिल बन्दै भएको थियो । पानीका मुहान सुक्दै गएपछि यहाँका स्थानीयवासीले गाउँबस्ती नै छाड्दै गएका थिए । 

पानीका कारण बसाइँसराइ बढ्दा विगतमा आठ सय ७५ घर रहेकोमा अहिले चार सय ३५ घर मात्र बाँकी रहेको वडा नं ५ का वडाध्यक्ष जगत चौहानले बताउनुभयो । पानी बस्तीमा आएपछि यहाँका स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुगेको वडाध्यक्ष चौहानको भनाइ छ ।

“मानेभञ्याङ निकै उर्वरभूमि हो”, वडाध्यक्ष चौहानले भन्नुभयो, “तर पानीको कारण धेरै मानिसले बस्ती छोडे । अहिले खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीयवासीलाई राहत मिलेको छ । स्थानीयवासीले पिउने पानी पाएका छन् ।”
लामो प्रतिक्षापछि पिउने पानी पाउँदा सहज भएको स्थानीयवासी इन्दिरा पाण्डेले बताउनुभयो । पिखुवा खोला मानेभञ्याङ आयोजना सञ्चालनमा आएपछि घण्टाँैं लाइनमा बसेर पानीको जोह गर्नुपर्ने बाध्यता हटेको उहाँको भनाइ छ । 

“एक गाग्री पानीको जोह गर्न घण्टाँै लाइनमा बस्नुपर्ने अवस्था थियो”, विगतलाई स्मरण गर्दै पाण्डेले भन्नुभयो, “अहिले घर÷घरमा पानीको धारा जडान भएको छ । बस्तीमा पानी आएपछि हाम्रो दैनिकी नै परिवर्तन भएको छ ।”

पानी आएपछि गाउँको मुहार नै फेरिएको स्थानीय गोमा खत्रीले बताउनुभयो । विगतमा पानीको खोजीमा एक जनाको दिन बित्ने भए पनि अहिले त्यस्तो अवस्थाको अन्त्य भएको उहाँको भनाइ छ । “बिहान २ बजे उठेर जाँदा बल्ल १० बजे घर आइपुन्थ्यिो”, उहाँले भन्नुभयो, “पानीको समस्याले धेरैले गाउँ छाडे । ढिलै भए पनि खानेपानीको सपना पूरा भयो । खेर गएको पानीलाई सदुपयोग गरेर तरकारी उत्पादन गर्न सकिएको छ ।”

लिफ्टिङ प्रविधिबाट पानी बस्तीमा लैजानु परेकाले बेला बेलामा समस्या हुने गरेको खानेपानी आयोजना उपभोक्ता समितिका सचिव नगेन्द्र चौहानले बताउनुभयो । विद्युत्का कारण पानी तान्ने पम्पमा जोडिएका उपकरणमा समस्या आउँदा पानी वितरणमा अवरोध हुने गरेको उहाँको भनाइ छ ।

“प्रविधिमा आउने समस्याका कारण पानी वितरणमा समस्या हुने गरेको छ”, सचिव चौहानले भन्नुभयो, “हामीसँग दक्षजनशक्ति नहुँदा उपकरण विग्रदा बाहिरबाट मान्छे ल्याउदा बढी खर्च हुन्छ । विद्युत् महसुल बढी उठ्ने भएकाले स्थानीयवासीलाई मार परेको अवस्था छ । महसुलमा छुट भए हामीलाई सहज हुने थियो ।”
 
आयोजनालाई सहज रुपमा सञ्चालन गर्न भूमिका खेल्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले जनाएको छ । केही स्थानीयवासीबाट नियमित रुपमा पानी आउन नसकेको गुनासो आएकाले आयोजनाको स्थलगत रुपमा अनुगमन गरेको खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख देवनाथ सिहंले जानकारी दिनुभयो ।

 अनुगमनका क्रममा उपभोक्ता समिति गम्भीर भएर लागि परेको नदेखिएको प्रमुख सिंहले बताउनुभयो । “नियमित रुपमा पानी नआएको स्थानीयवासीको गुनासोपछि हामीले स्थलगत अनुगमन गरेका छौँ”, उहाँले भन्नुभयो, “पानी वितरणमा उपभोक्ता समितिले लापरबाही  गरेको देखियो । यहाँ भएका समस्याको बारेमासमेत समितिले कार्यालयमा जानकारी नगराएको अवस्था पाइयो । स्थानीयवासीलाई नियमित रुपमा पानी पु¥याउन हामी भूमिका खेल्छौँ ।”

निर्माणको काम सकिएकाले उपभोक्ता समिति निष्क्रिय झैँ बनेको उहाँको भनाइ छ । अनुगमनका क्रममा देखा परेका विभिन्न त्रुटि सच्याउन उपभोक्ता समितिको ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो । पानी वितरणलाई नियमित र थप व्यवस्थित गर्न कार्यालयले सहयोग गर्ने सिंहले जानकारी दिनुभयो । 

“हामीले योजनाका लागि लाग्ने बजेट दिएका छौँ”, उहाँले भन्नुभयो, “नियमित पानी वितरणमा उपभोक्ता समितिले खास भूमिका खेलेको पाइएन् । उपभोक्ता समितिलाई थप सक्रिय बनाउन खानेपानी योजना व्यवस्थापन समिति गठन गर्न लगाएका छौँ ।”

आयोजनामा आउने विभिन्न प्राविधिक समस्या समाधानका लागि दुई जनालाई तालिमको व्यवस्था गरिदिने कार्यालयले जनाएको छ । आवश्यक अन्य सहयोगसमेत गर्दै आएको भए पनि पछिल्लो समय उपभोक्त समितिले प्रभावकारी भूमिका खेल्न नसकेको कार्यालयले जनाएको छ ।  

विद्युत् महसुल बढी आउने गरेकाले स्थानीयवासीलाई बढी मार परेको रामप्रसादराई गाउँपालिका उपाध्यक्ष बीरेन्द्र राईले बताउनुभयो । गाउँपालिकाले आयोजनाका कर्मचारीको तलब लगायत विषयमा केही आर्थिक सहयोग गरिरहेको उहाँको भनाइ छ । तर पनि सहज रुपमा योजना धान्न समस्या रहेको उहाँले बताउनुभयो । 
 
“लिफ्टिङ प्रविधि अलि बढी खर्चिलो देखियो”, उपाध्यक्ष राईले भन्नुभयो, “बढी महसुल उठ्दा स्थानीयवासीलाई मार परेको अवस्था छ । एक परिवारले महिनामा रु एक हजार पाँच सय बढी तिर्नुपर्न अवस्था छ । यसमा विद्युत् प्राधिकरण ध्यान दिन आवश्यक छ । यही अवस्था हो भने स्थानीयवासीले पानी खानसक्ने अवस्था छैन ।”

स्थानीयवासीलाई मिटर जडान गरेर प्रतिलिटर दश पैसा लिने गरेको उपभोक्ता समितिका उपाध्यक्ष हस्तबहादुर थापाले जानकारी दिनुभयो । पानी वितरणका लागि तीन जना कर्मचारी रहेको उहाँको भनाइ छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापा–५ बाट निर्वाचित बालेन शाहले बुझे प्रमाणपत्र

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचन प्रम...

झापा-५ मा बालेनले ओलीलाई करिब ५० हजार मतान्तरले हराए

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहले ...

मोरङ–२ मा कृष्ण कार्की ठूलो मतान्तरले निर्वाचित, मिनेन्द्र रिजाल तेस्रो

विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की प्रतिनिधिसभा सदस्यमा निर्वा...

नेपाली जनता र सरकारलाई मोदीको बधाइ - दिए ‘ऐतिहासिक कोशेढुंगा’को संज्ञा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ...

झापा-५ को अन्तिम परिणाम सार्वजनिक गरिदै, सुरक्षा व्यवस्था कडा

काठमाडौं । सर्वाधिक चासोको क्षेत्र मानिएको झापा–५ को मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ ...

तोसिमा कार्की ललितपुर–३ बाट भारी मतान्तरले निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नं. ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। निर्वाचन परिणामअन...

सिन्धुली–१ मा रास्वपाका धनेन्द्र कार्की विजयी

काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी ...

लमजुङमा रास्वपाका धर्मराज केसी विजयी, पृथ्वी सुब्बा गुरुङ पराजित

गोरखा । लमजुङ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार धर्मराज केसी विजयी भएका छन्। उनले नेकपा एमाले का उम्मे...

गुल्मी–१ मा रास्वपाका सागर ढकाल विजयी

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल विजयी भएका छन्। उनल...

काठमाडौं ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE