Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

भोजपुरको मानेभञ्ज्याङ बस्तीको खानेपानी समस्या हट्यो

खबरडबली संवाददाता

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका(५ मानेभञ्ज्याङका स्थानीयको खानेपानीे समस्या अब समाधान हुनेभएको छ । तीन हजार दुई सय मिटर तलको पिखुवा खोलाको पानी लिफ्टिङ गरी मानेभञ्ज्याङमा पुर्‍याइएसँगै लामो समयदेखिको खानेपानी समस्या समाधान भएको हो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरको रु दश करोड ५० लाख लागतमा पिखुवा खोला मानेभञ्याङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीयवासीलाई राहत मिलेको हो । पानीको समस्या रहेका यहाँका तीन सय १८ बढी घरमा धारा जडान गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । 

पानी खोलाबाट बस्तीसम्म पु¥याउनका लागि मुख्य लाइनमा ४० हजार लिटर क्षमताका चार वटा ट्याङ्की निर्माण भएका छन् ।  त्यस्तै पानी वितरणका लागि ७५ र ५५ हजार लिटरका ट्याङ्की निर्माण गरिएको छ । 

यहाँ २० हजार लिटर क्षमताका छ ओटा शाखा ट्याङ्की निर्माण गरिएको आयोजनाले जनाएको छ । विगतमा पानीको खास समस्या नभए पनि २०७२ सालको भूकम्पपछि यहाँका पानीको मुहान सुक्दै गएपछि स्थानीयमा पानीको समस्या जटिल बन्दै भएको थियो । पानीका मुहान सुक्दै गएपछि यहाँका स्थानीयवासीले गाउँबस्ती नै छाड्दै गएका थिए । 

पानीका कारण बसाइँसराइ बढ्दा विगतमा आठ सय ७५ घर रहेकोमा अहिले चार सय ३५ घर मात्र बाँकी रहेको वडा नं ५ का वडाध्यक्ष जगत चौहानले बताउनुभयो । पानी बस्तीमा आएपछि यहाँका स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुगेको वडाध्यक्ष चौहानको भनाइ छ ।

“मानेभञ्याङ निकै उर्वरभूमि हो”, वडाध्यक्ष चौहानले भन्नुभयो, “तर पानीको कारण धेरै मानिसले बस्ती छोडे । अहिले खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीयवासीलाई राहत मिलेको छ । स्थानीयवासीले पिउने पानी पाएका छन् ।”
लामो प्रतिक्षापछि पिउने पानी पाउँदा सहज भएको स्थानीयवासी इन्दिरा पाण्डेले बताउनुभयो । पिखुवा खोला मानेभञ्याङ आयोजना सञ्चालनमा आएपछि घण्टाँैं लाइनमा बसेर पानीको जोह गर्नुपर्ने बाध्यता हटेको उहाँको भनाइ छ । 

“एक गाग्री पानीको जोह गर्न घण्टाँै लाइनमा बस्नुपर्ने अवस्था थियो”, विगतलाई स्मरण गर्दै पाण्डेले भन्नुभयो, “अहिले घर÷घरमा पानीको धारा जडान भएको छ । बस्तीमा पानी आएपछि हाम्रो दैनिकी नै परिवर्तन भएको छ ।”

पानी आएपछि गाउँको मुहार नै फेरिएको स्थानीय गोमा खत्रीले बताउनुभयो । विगतमा पानीको खोजीमा एक जनाको दिन बित्ने भए पनि अहिले त्यस्तो अवस्थाको अन्त्य भएको उहाँको भनाइ छ । “बिहान २ बजे उठेर जाँदा बल्ल १० बजे घर आइपुन्थ्यिो”, उहाँले भन्नुभयो, “पानीको समस्याले धेरैले गाउँ छाडे । ढिलै भए पनि खानेपानीको सपना पूरा भयो । खेर गएको पानीलाई सदुपयोग गरेर तरकारी उत्पादन गर्न सकिएको छ ।”

लिफ्टिङ प्रविधिबाट पानी बस्तीमा लैजानु परेकाले बेला बेलामा समस्या हुने गरेको खानेपानी आयोजना उपभोक्ता समितिका सचिव नगेन्द्र चौहानले बताउनुभयो । विद्युत्का कारण पानी तान्ने पम्पमा जोडिएका उपकरणमा समस्या आउँदा पानी वितरणमा अवरोध हुने गरेको उहाँको भनाइ छ ।

“प्रविधिमा आउने समस्याका कारण पानी वितरणमा समस्या हुने गरेको छ”, सचिव चौहानले भन्नुभयो, “हामीसँग दक्षजनशक्ति नहुँदा उपकरण विग्रदा बाहिरबाट मान्छे ल्याउदा बढी खर्च हुन्छ । विद्युत् महसुल बढी उठ्ने भएकाले स्थानीयवासीलाई मार परेको अवस्था छ । महसुलमा छुट भए हामीलाई सहज हुने थियो ।”
 
आयोजनालाई सहज रुपमा सञ्चालन गर्न भूमिका खेल्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले जनाएको छ । केही स्थानीयवासीबाट नियमित रुपमा पानी आउन नसकेको गुनासो आएकाले आयोजनाको स्थलगत रुपमा अनुगमन गरेको खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख देवनाथ सिहंले जानकारी दिनुभयो ।

 अनुगमनका क्रममा उपभोक्ता समिति गम्भीर भएर लागि परेको नदेखिएको प्रमुख सिंहले बताउनुभयो । “नियमित रुपमा पानी नआएको स्थानीयवासीको गुनासोपछि हामीले स्थलगत अनुगमन गरेका छौँ”, उहाँले भन्नुभयो, “पानी वितरणमा उपभोक्ता समितिले लापरबाही  गरेको देखियो । यहाँ भएका समस्याको बारेमासमेत समितिले कार्यालयमा जानकारी नगराएको अवस्था पाइयो । स्थानीयवासीलाई नियमित रुपमा पानी पु¥याउन हामी भूमिका खेल्छौँ ।”

निर्माणको काम सकिएकाले उपभोक्ता समिति निष्क्रिय झैँ बनेको उहाँको भनाइ छ । अनुगमनका क्रममा देखा परेका विभिन्न त्रुटि सच्याउन उपभोक्ता समितिको ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो । पानी वितरणलाई नियमित र थप व्यवस्थित गर्न कार्यालयले सहयोग गर्ने सिंहले जानकारी दिनुभयो । 

“हामीले योजनाका लागि लाग्ने बजेट दिएका छौँ”, उहाँले भन्नुभयो, “नियमित पानी वितरणमा उपभोक्ता समितिले खास भूमिका खेलेको पाइएन् । उपभोक्ता समितिलाई थप सक्रिय बनाउन खानेपानी योजना व्यवस्थापन समिति गठन गर्न लगाएका छौँ ।”

आयोजनामा आउने विभिन्न प्राविधिक समस्या समाधानका लागि दुई जनालाई तालिमको व्यवस्था गरिदिने कार्यालयले जनाएको छ । आवश्यक अन्य सहयोगसमेत गर्दै आएको भए पनि पछिल्लो समय उपभोक्त समितिले प्रभावकारी भूमिका खेल्न नसकेको कार्यालयले जनाएको छ ।  

विद्युत् महसुल बढी आउने गरेकाले स्थानीयवासीलाई बढी मार परेको रामप्रसादराई गाउँपालिका उपाध्यक्ष बीरेन्द्र राईले बताउनुभयो । गाउँपालिकाले आयोजनाका कर्मचारीको तलब लगायत विषयमा केही आर्थिक सहयोग गरिरहेको उहाँको भनाइ छ । तर पनि सहज रुपमा योजना धान्न समस्या रहेको उहाँले बताउनुभयो । 
 
“लिफ्टिङ प्रविधि अलि बढी खर्चिलो देखियो”, उपाध्यक्ष राईले भन्नुभयो, “बढी महसुल उठ्दा स्थानीयवासीलाई मार परेको अवस्था छ । एक परिवारले महिनामा रु एक हजार पाँच सय बढी तिर्नुपर्न अवस्था छ । यसमा विद्युत् प्राधिकरण ध्यान दिन आवश्यक छ । यही अवस्था हो भने स्थानीयवासीले पानी खानसक्ने अवस्था छैन ।”

स्थानीयवासीलाई मिटर जडान गरेर प्रतिलिटर दश पैसा लिने गरेको उपभोक्ता समितिका उपाध्यक्ष हस्तबहादुर थापाले जानकारी दिनुभयो । पानी वितरणका लागि तीन जना कर्मचारी रहेको उहाँको भनाइ छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

राज्यका मुख्य अङ्गहरु कमजोर बन्दैछन् : महासचिव पोखरेल

बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् ।   राष्ट्रिय बाणिज्य बै...

ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि लालबन्दीमा तनाव

सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...

बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् ।  सन्दीप आबद्ध टिम राजशाही वारियर्स...

रवि, बालेन र घिसिङबीच पार्टी एकताको लागि आजै हस्ताक्षर हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...

सर्वोच्चले खारेज गर्याे गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गरिएको रिट

काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...

प्रचण्ड कहाँ–कहाँबाट उम्मेदवार सिफारिस भए ?

काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...

१२ जिल्लाका सीडीओ र कारागार विभागका महानिर्देशक हेरफेर

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...

पूर्वरथी बालानन्द शर्माले लिए परराष्ट्रमन्त्री पदको शपथ

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending