Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

ओलीको आरोप- अर्थतन्त्र धराशायी बन्दापनि गठबन्धनले भागबण्डामा देश लुट्न छाडेन (पूर्णपाठ)

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बितेको वर्ष सुखद हुन नसकेको बताएका छ।  नयाँ वर्ष २०८० को शुभकामना दिँदै अध्यक्ष ओलीले राजनीतिक स्थिरताको दृष्टिकोणले बितेको वर्ष सुखद हुन नसकेको बताएका हुन्।

एमालेले सरकार छोडेपछि राष्ट्रहित संरक्षण, सुशासन, विकास र समृद्धिको यात्रा अवरुद्ध भएको भन्दै ओलीले विकास र समृद्धिको यात्रा अघि बढाउने प्रयास गरे पनि अवसरवादी चरित्रका कारण उक्त प्रयास सफल नभएको ओलीको दाबी छ। 

उनले मुलुकमा निर्माणको प्राथमिकताबाट विमुख, भ्रष्टाचार, कुशासन, विसंगति, बेथिति र अस्थिरताका पुराना दुःषित खेलको पुनरावृत्ति भएको टिप्पणी गरे। 

उनले भनेका छन्, बितेको वर्षमा भएको आम निर्वाचनबाट हामीले चाहेजस्तो बलियो राष्ट्रिय शक्ति निर्माण हुन नसक्दा गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्यशक्तिको दुरुपयोगमा सक्रिय छ। राष्ट्रिय हितलाई तिलाञ्जली दिँदै क्षणिक र निजी स्वार्थ आधारित कुटनीतिक चरित्रका कारण राष्ट्रिय हितमाथि गम्भीर प्रहार भइरहेको छ।

उनले आर्थिक तरलताको संकट भयावह भइरहेको बेलामा सरकार यसको कारणको खोजीमा नभएर भागबण्डामा राज्य दोहनको तारतम्य मिलाउनै व्यस्त रहेको आरोप छ। 

नयाँ वर्षको शुभकामना

आज विक्रम संवत् २०८० को पहिलो दिन, अर्थात् वैशाख १ गते। यस दिनलाई हामी नेपालीले आफ्नो मौलिक परम्परा अनुरूपको नयाँ वर्षको पहिलो दिनको रूपमा मनाउँदै आएका छौं। यस सुखद अवसरमा म स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु।

हाम्रो तीव्र दवावका कारण संविधान प्राप्तिपछिको दोस्रो स्थानीय, प्रदेशसभा र संघीय तहको आम निर्वाचन यही बीचमा सम्पन्न भयो। नेकपा (एमाले) ले सिद्धान्तहीन राजनीतिक सिण्डीकेटको आधारमा बनेको सत्ता गठबन्धनसँग एक्लै चुनावको सामना गर्नु पर्‍यो। हामीले सरकार छोडेसँगै अवरुद्ध भएको राष्ट्रहित संरक्षण, सुशासन, विकास र समृद्धिको यात्रा पुनः अघि बढाउन राजनीतिक स्थिरता आवश्यक थियो। तर निर्वाचन एजेण्डामा आधारित नभएर सिद्धान्तहीन गठबन्धन गरी सत्ता हत्याउने औपचारिकतामा मात्र सीमित हुन पुगेकाले राजनीतिक स्थिरताको दृष्टिकोणबाट बितेको वर्ष सुखद रहन सकेन।

निर्वाचनपछि नेकपा (एमाले) ले मुलुकलाई स्थिर राजनीतिमा फर्काएर अवरुद्ध रहेको विकास र समृद्धिको यात्रा अघि बढाउने प्रयास गरेको थियो। तर बारम्बार प्रकट हुने अवसरवादी चरित्रका कारण हाम्रो उक्त प्रयास सफल हुन सकेन र मुलुकमा निर्माणको प्राथमिकताबाट विमुख, भ्रष्टाचार, कुशासन, विसंगति, बेथिति र अस्थिरताका पुराना दुःषित खेलको पुनरावृत्ति हुन पुग्यो। बितेको वर्षमा भएको आम निर्वाचनबाट हामीले चाहेजस्तो बलियो राष्ट्रिय शक्ति निर्माण हुन नसक्दा गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्यशक्तिको दुरुपयोगमा सक्रिय छ। राष्ट्रिय हितलाई तिलाञ्जली दिँदै क्षणिक र निजी स्वार्थ आधारित कुटनीतिक चरित्रका कारण राष्ट्रिय हितमाथि गम्भीर प्रहार भइरहेको छ।

केही वर्षयता हामीले सुरु गरेको विकासको राष्ट्रिय बहस सेलाएको छ र त्यसको ठाउँमा सत्ताशक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्यस्रोतको दोहन मौलाएको छ। यस्ता कुराहरुलाई सामान्य र स्वाभाविक रूपमा लिन थालिएको छ। यतिखेर मुलुक आर्थिक सङ्कट उन्मुख छ। राज्यको ढुकुटी ऋणात्मक बन्न पुगेको छ। हामीले नागरिकहरुको सामाजिक सुरक्षाका लागि सुरु गरेका कार्यक्रमहरू बन्द गर्ने बहस सत्तापक्षले बाहिर ल्याइरहेको छ। हाम्रो नेतृत्वको सरकारले दुरुस्त छोडेको अर्थतन्त्र भत्किएको छ। तर गठबन्धनवालाहरुको ध्यान भने आर्थिक समस्या समाधानमा भन्दा आफ्नै स्वार्थसिद्धिमा केन्द्रित छ। मूल्य वृद्धिदर हाम्रो सरकारको समयमा भन्दा दोब्वर भएको छ। बैंकिङ प्रणालीवाट वाहिर गएको रकम बैंकमा फर्कन सकेको छैन। तरलताको संकट भयावह हुँदैछ। आर्थिक मन्दी र वित्तीय अराजकताले नागरिकहरु चरम रूपमा निराश हुन थालेका छन्। सरकार यसको कारणको खोजीमा होइन, भागबण्डामा राज्य दोहनको तारतम्य मिलाउनै व्यस्त छ। यसले देशको अर्थतन्त्र धराशायी बन्दै गएको छ।

एमाले विरुद्ध महागठबन्धन निर्माण गरी भएको चुनावमा पनि जनताको विश्वासका कारण नेकपा (एमाले) पहिलो लोकप्रिय राजनीतिक दलको रूपमा रहन सक्यो। अस्थिरताको लाभ लिएर राजनीतिलाई विकृत तुल्याउने र राजनीतिलाई झन् अन्योलपूर्ण बनाउँदै मुलुकको विकास र समृद्धिको यात्रा बिथोल्ने प्रवृत्तिलाई निस्तेज पार्न एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनु पर्दछ। मुलुक निर्माणको स्पष्ट दृष्टिकोण, दिशा र कार्यक्रम रहेको पार्टी नेकपा (एमाले) लाई बलियो नबनाई राजनीतिक स्थिरता सम्भव छैन र राजनीतिक स्थिरता बिना विगतमा हामीले थालनी गरेका विकास र समृद्धिका कार्यक्रमहरू अघि बढ्न सक्दैनन्। बलियो राष्ट्रिय शक्ति निर्माणले नै राष्ट्रहितको रक्षा र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा प्रतिकूलका दुश्प्रयासहरुलाई परास्त गर्दै विकास र समृद्धि तर्फको यात्रामा मुलुकलाई अघि बढाउन सम्भव हुन्छ।

त्यसका लागि जनतालाई आफू र आफ्ना सन्ततिको सुनिश्चित भविष्यप्रति आश्वस्त बनाउनु पर्छ। जनतामा पैदा भएको निराशा चिर्दै बलियो राष्ट्रिय शक्ति मार्फत मुलुकलाई अघि बढाउन नेकपा (एमाले) सक्रिय छ। हामीले बितेको वर्षका अन्तिम दुई महीना नेकपा (एमाले) लाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न ‘मिसन ग्रासरुट’ अभियान थालनी गरेका छौं। सिद्धान्तहीन सिण्डीकेटको राजनीतिबाट मुक्त गर्दै जनताको निराशा चिर्न, सुशासन, विकास र राष्ट्रिय हितको रक्षा गर्न नेकपा (एमाले)लाई बलियो बनाउन यस अभियानले मद्दत पुग्ने छ।

नयाँ वर्षको यस अवसरमा म समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्ने हाम्रो गन्तव्यमा साथ र सहयोग प्रदान गर्न आम देशवासी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आह्वान गर्दछु।

नयाँ वर्ष संवत् २०८० को पुनः हार्दिक शुभकामना।

१ वैशाख २०८०
ओली केपी शर्मा ओली
अध्यक्ष
नेपाल कम्युनिस्ट पार्टी (एमाले)

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

के पानी इरान युद्धमा हतियारका रूपमा प्रयोग हुन सक्छ ?

काठमाडौं । त्रासदीपूर्ण भविष्य चित्रण गरिएका उपन्यास र चलचित्रहरूमा रित्तिँदो प्राकृतिक स्रोतका कारण निम्तिने द्वन्द्वको दृश्य अब वास्तविक संसारमा पनि...

चितवनमा तोरीको उत्पादन घट्यो

चितवन । जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ ।  कृषि विकास कार्यालयका कृषि ...

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क...

नेकपाले पनि समानुपातिक सांसद आज टुंगो लगाउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाले प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिकको सूची आइतबार टुङ्गो लगाउने भएको छ।  निर्वाचन आयोगले तीन दिनभित्र सम...

समानुपातिक सांसद छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ।  कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिनिध...

रास्वपा बैठकको एजेन्डा- समानुपातिक सांसद छान्नेदेखि बालेनलाई दलको नेता बनाउनेबारे छलफलसम्म

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालयको बैठक आज बस्ने भएको छ । यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि...

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त ...

अपर ठूलोखोला जलविद्युत आयोजनाको बिजुली केन्द्रीय ‘लाइन’मा जोडियो

म्याग्दी । २२.५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठू...

मनकामना माइक्रोबस दुर्घटनाः ७ जनाको मृत्यु, घाइतेको आँबुखैरेनी अस्पतालमा उपचार हुँदै

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।  मनकामना मन्दिर दर्शन गरेर फर्कंद...

ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना

कास्की । जिल्ला प्रशासन कार्यालयले ग्यास सिलिण्डर लुकाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने एक ग्यास डिलरलाई ५० हजार जरिवाना गरेको छ ।   बजार अनुगमनका ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: