Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

गण्डकी प्रदेशको जनसङ्ख्या २४ लाख ६६ हजार चार सय २७

खबरडबली संवाददाता

कास्की । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कमा गण्डकी प्रदेशको जनसङ्ख्या २४ लाख ६६ हजार चार सय  २७  रहेको छ । राष्ट्रिय जनगणना २०६८ मा गण्डकी प्रदेशको अन्र्तगतका जिल्लाको जनसङ्ख्या २४ लाख तीन हजार सात सय ५७ थियो ।

तथ्याङ्क कार्यालय कास्कीले मङ्गलबार पोखरामा एक कार्यक्रमको आयोजना गरी  प्रदेशका ११ जिल्लामा रहेको जनसङ्ख्याको तथ्याङ्क सार्वजनिक गरेको हो । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।  

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कूल जनसङ्ख्या दुई करोड ९१ लाख  ६४ हजार  पाँच  सय ७८ छ । जस अन्तरगत पुरुषको सङ्ख्या एक करोड ४२ लाख ५३ हजार  पाँच सय ५१ अर्थात ४८.८७ प्रतिशत छ, भने  महिलाको सङ्ख्या एक करोड ४९ लाख ११ हजार २७  अर्थात ५१.१३ प्रतिशत रहेको छ । 

जनगणनाअनुसार गण्डकी प्रदेशका ११ जिल्लामा पुरुषको सङ्ख्या ११ लाख ७० हजार आठ सय ३३ अर्थात ४७.४७ प्रतिशत छ भने महिलाको सङ्ख्या १२ लाख ९५ हजार पाँच सय ९४ अर्थात ५२.५३ प्रतिशत रहेको छ । 

जनगणनामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै जनसङ्ख्या कास्कीमा छ लाख ५१ जना छ भने सबैभन्दा कम जनसङ्ख्या मनाङ जिल्लामा पाँच हजार छ सय ५८ जना छ । जनधनत्वको हिसाबमा पनि कास्की जिल्लामा २९५ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम मनाङमा तीन जना प्रतिवर्ग किलोमिटरमा बसोबास गर्छन् । 

पछिल्लो मतगणनाको नजिता प्रस्तुत गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले गण्डकीका ११ जिल्लामध्ये कास्कीमा वार्षिक जनसङ्ख्या वृद्धिदर १.९० प्रतिशत र सबैभन्दा कम मनाङमा वार्षिक वृद्धिदर माइनस १.३९ प्रतिशत रहेको जानकारी दिए । 

लैङ्गिक अनुपातमा गण्डकी प्रद्ेशमा प्रति सय जना महिलामा पुरुषको सङ्ख्या ९०.३७ छ । लैङ्गिक अनुपातमा गण्डकी प्रदेशको मनाङ जिल्लामा एक सय जना महिलामा पुरुषको सङ्ख्या सबैभन्दा धेरै १२९.४४ छ । भने सबैभन्दा मक स्याङ्जा जिल्लामा एक सय महिलामा ८५. ५७ जना पुरुष छन् । 

दश वर्षको अवधिमा नेपालकमा सबैभन्दा कम जनसङ्ख्या वृद्धिदर र परिवर्तन गण्डकीमा ०.२५ प्रतिशतले भएको छ भने सबैभन्दा वढी वृद्धिदर लुम्बिनी प्रदेशमा १३.८४ प्रतिशतले भएको छ । 

गण्डकी प्रदेश अन्तर्गत औषत परिवार सदस्य सङ्ख्या सबैभन्दा वढी नवलपुरमा ४.०३ जना र सबैभन्दा कम गोरखामा ३ं ४९ जना तथ्याङ्कले देखाएको छ । नेपालभरी परिवारमा अनुपस्थित जनसङ्ख्या अर्थात विदेशमा रहेका मानि २१ लाख ९० हजार पाँच सय ९२ जना छन् भने विस २०६८ को जनगणनामा विदेशमा हुने सङ्ख्या १९ लाख २१ हजार चार सय ९४ जना थियो । नेपालमा साक्षरता दर ७६.२ प्रतिशत रहेको छ । गण्डकी प्रदेशमा अपाङ्गता दर २.९ रहेको छ भने नेपालमा त्यो दर २।२ रहेको छ । आर्थिक कामको औद्योगिक क्षेत्र वर्गीकरणअनुसार गण्डकी प्रदेशमा आर्थिक काममा सम्लग्न १३ लाख २० हजार एक सय ९४ जना रहेको र तीमध्ये धेरै कृषि, वन र माछापालन क्षेत्रमा ५७.६ प्रतिशत र थोक तथा खुद्रा व्यापारमा १२ं८ प्रतिशत र निर्माणमा ७ प्रतिशत र शिक्षामा ३.७ प्रतिशत र औद्योगिक उत्पादनमा ३.२ र अन्य सेवामा ३.२ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ । 

नतिजा सार्वजनिक गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले नेपालबाट युवा जनशक्तिविदेश पलायन हुने क्रम वढिरहेकाले नेपालको युवा जनशक्तिलाई नेपालमा नै बस्ने वातावरण सरकारले बनाउनु पर्ने आवश्यकता रहेको बताए।  राष्ट्रिय तथ्याङ्क केन्द्रीय कार्यालयका सचिव रामप्रसाद थपलियाले तथ्याङ्कले नतिजाले नेपालको जनसङ्ख्याको वस्तुस्थिति देखाएकाले सरकारले पनि जनताको हितमा काम गरेर विदेश पलायन हुने जनसङ्ख्या नेपालमा जै रोक्नुपर्नेमा जोड दिए । 

गण्डकी प्रदेश सरका मुख्यमन्त्री कार्यालयका सचिव वद्री अधिकारीले नेपालको नेपालको शैक्षिक र दक्ष जनशक्ति नेपालमा नै राखेर विकासको ढोका खोल्नुपर्नेमा जोड दिए।  सो अवसरमा जिल्ला समन्वय समिति कास्की समन्वय अधिकारी नवराज बराल, तथ्याङ्क कार्यालय  प्रमुख जगुलाल बस्याललगायतले शैक्षि कर दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोक्नुपर्नेमा जोड दिनुभएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सबै राष्ट्रिय दलका समानुपातिक मत जोड्दा पनि रास्वपालाई साढे ४ लाखभन्दा बढी मत

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...

अध्यक्ष ओलीका पिताको निधनप्रति सभापति लामिछानेद्वारा दु:ख व्यक्त

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन

काठमाडौँ। स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराएकामा सरकारलाई बधाई ज्ञापन गरेको छ । अभिया...

अध्यक्ष ओलीका बुवा मोहनप्रसादको पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको...

बालेन शाहलाई संसदीय दलको नेता बनाउन विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाह लाई संसदीय दलको नेता बना...

दार्चुलामा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।  भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालि...

दार्चुलामा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।  भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालि...

अध्यक्ष ओलीका पिताको निधनमा कांग्रेस र नेकपाका शीर्ष नेताद्वारा दुस्ख व्यक्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली का पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ। उनको निधनप्रति नेपाली कांग्रेस र नेकपा दु...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौँ । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री हटाउन थालेको छ ।  सार्वजनिक निजी ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: