Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

गण्डकी प्रदेशको जनसङ्ख्या २४ लाख ६६ हजार चार सय २७

खबरडबली संवाददाता

कास्की । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कमा गण्डकी प्रदेशको जनसङ्ख्या २४ लाख ६६ हजार चार सय  २७  रहेको छ । राष्ट्रिय जनगणना २०६८ मा गण्डकी प्रदेशको अन्र्तगतका जिल्लाको जनसङ्ख्या २४ लाख तीन हजार सात सय ५७ थियो ।

तथ्याङ्क कार्यालय कास्कीले मङ्गलबार पोखरामा एक कार्यक्रमको आयोजना गरी  प्रदेशका ११ जिल्लामा रहेको जनसङ्ख्याको तथ्याङ्क सार्वजनिक गरेको हो । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।  

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कूल जनसङ्ख्या दुई करोड ९१ लाख  ६४ हजार  पाँच  सय ७८ छ । जस अन्तरगत पुरुषको सङ्ख्या एक करोड ४२ लाख ५३ हजार  पाँच सय ५१ अर्थात ४८.८७ प्रतिशत छ, भने  महिलाको सङ्ख्या एक करोड ४९ लाख ११ हजार २७  अर्थात ५१.१३ प्रतिशत रहेको छ । 

जनगणनाअनुसार गण्डकी प्रदेशका ११ जिल्लामा पुरुषको सङ्ख्या ११ लाख ७० हजार आठ सय ३३ अर्थात ४७.४७ प्रतिशत छ भने महिलाको सङ्ख्या १२ लाख ९५ हजार पाँच सय ९४ अर्थात ५२.५३ प्रतिशत रहेको छ । 

जनगणनामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै जनसङ्ख्या कास्कीमा छ लाख ५१ जना छ भने सबैभन्दा कम जनसङ्ख्या मनाङ जिल्लामा पाँच हजार छ सय ५८ जना छ । जनधनत्वको हिसाबमा पनि कास्की जिल्लामा २९५ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम मनाङमा तीन जना प्रतिवर्ग किलोमिटरमा बसोबास गर्छन् । 

पछिल्लो मतगणनाको नजिता प्रस्तुत गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले गण्डकीका ११ जिल्लामध्ये कास्कीमा वार्षिक जनसङ्ख्या वृद्धिदर १.९० प्रतिशत र सबैभन्दा कम मनाङमा वार्षिक वृद्धिदर माइनस १.३९ प्रतिशत रहेको जानकारी दिए । 

लैङ्गिक अनुपातमा गण्डकी प्रद्ेशमा प्रति सय जना महिलामा पुरुषको सङ्ख्या ९०.३७ छ । लैङ्गिक अनुपातमा गण्डकी प्रदेशको मनाङ जिल्लामा एक सय जना महिलामा पुरुषको सङ्ख्या सबैभन्दा धेरै १२९.४४ छ । भने सबैभन्दा मक स्याङ्जा जिल्लामा एक सय महिलामा ८५. ५७ जना पुरुष छन् । 

दश वर्षको अवधिमा नेपालकमा सबैभन्दा कम जनसङ्ख्या वृद्धिदर र परिवर्तन गण्डकीमा ०.२५ प्रतिशतले भएको छ भने सबैभन्दा वढी वृद्धिदर लुम्बिनी प्रदेशमा १३.८४ प्रतिशतले भएको छ । 

गण्डकी प्रदेश अन्तर्गत औषत परिवार सदस्य सङ्ख्या सबैभन्दा वढी नवलपुरमा ४.०३ जना र सबैभन्दा कम गोरखामा ३ं ४९ जना तथ्याङ्कले देखाएको छ । नेपालभरी परिवारमा अनुपस्थित जनसङ्ख्या अर्थात विदेशमा रहेका मानि २१ लाख ९० हजार पाँच सय ९२ जना छन् भने विस २०६८ को जनगणनामा विदेशमा हुने सङ्ख्या १९ लाख २१ हजार चार सय ९४ जना थियो । नेपालमा साक्षरता दर ७६.२ प्रतिशत रहेको छ । गण्डकी प्रदेशमा अपाङ्गता दर २.९ रहेको छ भने नेपालमा त्यो दर २।२ रहेको छ । आर्थिक कामको औद्योगिक क्षेत्र वर्गीकरणअनुसार गण्डकी प्रदेशमा आर्थिक काममा सम्लग्न १३ लाख २० हजार एक सय ९४ जना रहेको र तीमध्ये धेरै कृषि, वन र माछापालन क्षेत्रमा ५७.६ प्रतिशत र थोक तथा खुद्रा व्यापारमा १२ं८ प्रतिशत र निर्माणमा ७ प्रतिशत र शिक्षामा ३.७ प्रतिशत र औद्योगिक उत्पादनमा ३.२ र अन्य सेवामा ३.२ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ । 

नतिजा सार्वजनिक गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले नेपालबाट युवा जनशक्तिविदेश पलायन हुने क्रम वढिरहेकाले नेपालको युवा जनशक्तिलाई नेपालमा नै बस्ने वातावरण सरकारले बनाउनु पर्ने आवश्यकता रहेको बताए।  राष्ट्रिय तथ्याङ्क केन्द्रीय कार्यालयका सचिव रामप्रसाद थपलियाले तथ्याङ्कले नतिजाले नेपालको जनसङ्ख्याको वस्तुस्थिति देखाएकाले सरकारले पनि जनताको हितमा काम गरेर विदेश पलायन हुने जनसङ्ख्या नेपालमा जै रोक्नुपर्नेमा जोड दिए । 

गण्डकी प्रदेश सरका मुख्यमन्त्री कार्यालयका सचिव वद्री अधिकारीले नेपालको नेपालको शैक्षिक र दक्ष जनशक्ति नेपालमा नै राखेर विकासको ढोका खोल्नुपर्नेमा जोड दिए।  सो अवसरमा जिल्ला समन्वय समिति कास्की समन्वय अधिकारी नवराज बराल, तथ्याङ्क कार्यालय  प्रमुख जगुलाल बस्याललगायतले शैक्षि कर दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोक्नुपर्नेमा जोड दिनुभएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending